टँडी उपनामले चिरपरिचित विमल नेपाल सिन्धु साहित्य र पत्रकारिता जगतका एक नक्षत्र हुन् । कविता विधामा छुट्टै पहिचान बनाउन सफल नेपालको “पिपला” उपन्यास विधा हो । चौतारा । मानौ जूनै जूनले नुहाएकी, फूलैफूलले कुदेकी – अद्धितीय रुपवती अर्थात” पिपला” ! केही चञ्चल केही शान्त !शालिन र शुशिल ! अपरिमित तर सकारात्क विशेषणवाली – पीपला ! यस्तै यस्तै विशेषणले भरिपूर्ण पीपलालाई बेहुली झैं सिंगरिँदै छ प्रज्ञा प्रतिष्ठान, लेखनाथ हलमा मनसाङ्लो मण्डप बनाएर अनि घुम्टो खोलीको शुभमूर्हत जुराइएको छ कवि, साहित्यकार एवम् पत्रकार विमल नेपालले । शुभ साईत असार दुई गते, घडी…
Category: साहित्य/कला
मन्दिर बन्दा खुशीले भरियो मन (भिडियो रिपोर्ट)
चाैतारा । सिन्धुपाल्चोकको चौतारास्थित ११५ वर्ष पुरानो कृष्ण मन्दिर पुनर्निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ। २०७२ सालको भूकम्पले ध्वस्त भएको कृष्ण मन्दिर ८ वर्षपछि पूरानै शैली र ढाँचामा पुनर्निर्माण हुन लागको हो लामो समयदेखि जस्ताको टहरामा पूजापाठ गर्दै आएका चौताराका स्थानीयले फेरि मन्दिरमा पूजा गर्न पाउने भएका छन् ।पुननिर्माणको काम धमाधम भइरहँदा अबको केहिदिनमा मन्दिरबाट पूजापाठ हुनेमा आशावादी देखिन्छ मन्दिर भत्किएपछि दैनिक हुने भजनकृतन रोकिएको छ। र मन्दिरको निर्माणसंगै यहाँका स्थानीय कला संस्कृतिले सहजता पाउने भएका छन् गत चैत ६ गतेबाट सुरु भएको निर्माण कार्य यही आर्थिक वर्षभित्र सकिने निर्माण…
गायक घमेश दुलालसँगै पूर्व घुम्न जाने हैन त ? ( भिडियोसहित)
कुनै समय नेपाली लोक र दोहोरी गीतमा आफ्नै छुट्टै पहिचान बनाउन सफल गायक दुलाल पछिल्लो समय सांगितिक बाटोबाट केही विराए, हराए जस्तो देखिन थाल्नु भएको थियो । त्यही अनुभूतिलाई आत्मसा गर्दै गायक दुलालले पूर्व घुम्न जाऊ गीतलाई सार्वजनि गर्दै गीत संगीतलाई पहिले जस्तै निरन्तरता दिने प्रतिवद्धता जाहेर गर्नु भएको छ । चौतारा । यतिखेर गायक घमेश दुलाल पूर्वतिर घुम्न व्यस्त हुनुहुन्छ । पूर्वको पाँचथर, इलाम, झापा, खोटाङ लगायतका सुन्दर ठाउँहरु घुम्न व्यस्त गायक दुलालले आफू मात्र हैन तपाई हामीलाई पनि घुम्न आग्रह गर्नु भएको छ ।गायक दुलालसँग पूर्व घुम्नका लागि…
तामाङ सेलो ” खाल्दा निबारी ” सार्वजनिक ( भिडियोसहित)
तामाङ सेलो “खाल्दा निबारी”सार्वजनिक (भिडियोसहित)चौतारा । सुनिरँहू जस्तो मात्र हैन हेरिरहुँ जस्तो पनि लाग्ने तामाङ सेलो भाकाको गीत हिजो भर्खर मात्र सार्वजनिक भएको छ ।पछिल्लो समय सेलो गीतमा धमाका मच्चाएर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सिन्धुपाल्चोकका गायक आश्मान लोप्चनकोको समूहले सार्वजनिक गरेको “खाल्दा निबारी”मा नृत्य पनि उत्तिकै रहर लाग्दो र लोभ लाग्दो पनि छ ।आस्श्मान लोप्चनसँगै यो गीतमा रोस्ना लुङ्बाको मीठासपूर्ण स्वर रहेको छ भने गायक लोप्चनलाई कलाकार बिक्रम लुङ्बा र बिन्दु रुम्बाले नृत्यमा सघाएका छन् ।गीतलाई ओपेरा डिजिटलले आफ्नो युट्युब च्यानलमा बैशाख १ गते सार्वजनिक गरेको…
उठ्दै कृष्ण मन्दिर !
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ स्थित ११४ वर्षपुरानो कृष्ण मन्दिर पुनर्निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ२०७२ साल वैशाख १२ गतेको महाभूकम्पले ढलेको चौतारा पूरानो बजारस्थित कृष्ण मन्दिर ढलेको ७ बर्ष पछि बन्न सुरु भएको हो ।पुरातत्व विभाग काठमाडौंले बजेटको विनियोजन गरेपछि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले गत फागुन १२ गते शिलान्यास गर्नु भएको थियो ।२०६४ सालमा निर्माण गरिएको कृष्ण मन्दिर पुरानै ढाँचा र शैलीमा बन्ने भएको छ ।पुरातत्त्व विभागले विनियोजित रकम रु १ करोड ३० लाखमा मन्दिर पुनर्निर्माण हुने वरिष्ठ पत्रकार सुरेश कसजूले जानकारी दिनुभयोमन्दिर लगभग असार मसान्तसम्म सम्पन्न…
जनमत जनक प्रधान सेवा सम्मानबाट साहित्यकार कसजू सम्मानित
जनमत जनक प्रधान सेवा सम्मानबाट साहित्यकार कसजू सम्मानित बनेपा । पत्रकार तथा साहित्यकार सुरेश कसजू सम्मानित हुनु भएको छ ।जनमत वाङमय प्रतिष्ठानको ३९ औं बार्षिकोत्सवको अवसरमा “जनमत जनक प्रधान सेवा सम्मान ” बाट कसजू सम्मानित हुनु भएको हो ।जनमत वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा शनिबार बनेपामा भएको कार्यक्रममा कसजुलाई साहित्यकार/ प्राध्यापक अभि सुवेदीले दोसल्ला ओढाएर सम्मान गर्नु भयो ।२०२९ सालामा सिन्धुपाल्चोक, चौतारामा जन्मनु भएका कसजू ४० को दसकबाट साहित्य र पत्रकारितामा प्रवेश गर्नु भएको हो । उहाँले जुगल साहित्य मासिक, विप्लव मासिक लगायत पत्रपत्रिकामा सम्पादकको भूमिका निर्वाह गर्नु भएको थियो ।…
डक्टर पढ्दै गरेकी सिन्धु चेली बनिन् मिस तामाङ वल्ड
भाषा संस्कृति देशको पहिचान भएको र कसैले पनि आफ्नो मातृभाषा भूल्न नहुने उहाँ बताउनु हुन्छ । पछिल्लोपटक नयाँ पुस्ताले भाषा विर्सदै गएको बताउँदै तामाङले आफू बच्चैदेखि मातृभाषा बोल्ने गरेकै कारण यो सफलता हात परेको बताउनु भयो । चौतारा । त्यसो उहाँको इच्छा डक्टर बन्ने । सोही अनुसारको अध्ययनमा व्यस्त तर मिस तामाङ वल्ड २०२२ मा सहभागि बन्न सिलगुडी पुग्नु भएकी सिन्धु चेली नमूना तामाङ अन्तत मिस तामाङ वल्ड २०२२ को भाषा विधाको उपाधि जीत्न सफल हुनु भयो ।१८ प्रतिस्पर्धीमध्य सिन्धुृपाल्चोक इन्द्रावती गाउँपालिका वडा न १० की १९ वर्षिय तामाङले भारतको…
आमा याङ्ग्री मुस्कुराउँदा…
हेलम्बु पदयात्रा २०७९ मंसिर २८ देखि पुस २ गतेसम्म सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पदयात्रा गरिएको थियो। पदयात्राको क्लाइमेक्स विन्दु थियो–आमा याङ्ग्री। चारैतिर झलमल्ल खुलेका हिमाल। हातैले छोइएला जस्तै! तल सेताम्मे बादलको तलाउ। पूर्वमा भर्खर उदाउँदै गरेको सूर्यको सुनौला किरण। नजिकै फराकिलो चउर। अनि चउरमा फर्फराईरहेका रंगीन लुङ्दारहरू। बीचमा चार तले गुम्बा। अनि हिमाल र पवित्र लुङ्दारलाई छोएर आएको चिसो हावा। सबैले भन्छन्–धर्म गरे स्वर्ग, पाप गरे नर्क। मरेपछि पुगिने स्वर्ग कस्तो हुन्छ कसैलाई थाहा छैन। आमा याङ्ग्री पिक (३,७७५ मिटर)मा पुग्दा लाग्यो, ‘स्वर्ग यस्तै हुन्छ कि!’ हिमालको काखमा, बादलुको तलाउ माथि,…
सहिद सप्ताहको पहिलो दिन कञ्चनप्रति सम्मान
चौतारा । निर्मल बस्नेतप्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले शहीद सप्ताहकाे पहिलो दिन साहित्यकार एवं पत्रकार कञ्चन प्रियदर्शीलाई श्रद्धासुमन अर्पण गरेको छ ।१० बर्षीय शसस्त्र जनयुद्धको क्रममा शहादत प्राप्त शहीदहरुकाे सम्झनामा माओवादी केन्द्रले फागुन १४ देखी २१ गतेसम्म सप्ताहव्यापी रुपमा शहीद दिवस मनाउने गरेकाे छ । जनयुद्धको पहिलाे शहीद दिल बहादुर रम्तेललाई ११ बर्षकाे उमेरमा सेनाले हत्या गरेकाे थियाे ।नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष एवं सेन्टरकाे सल्लाहकार जीवन श्रेष्ठ र सल्लाहकार सुरेश कसजु लगायत प्रेस सेन्टर सिन्धुपाल्चोककाे पत्रकारहरुले ईश्वरकृष्ण बुढाथोकी `कञ्चन´ काे तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली दिएका हुन ।नेपाल पत्रकार महासंघ…
भोलि विहान ९ बजे निर्वतमान सभामुख सापकोटाद्वारा कृष्ण मन्दिर शिलान्यास हुने
अरनिको लोकमार्ग बन्नु पूर्व काठमाण्डौ भोट आवतजावत गर्ने मुख्य मार्ग चौतारा पुरानोबजार भएको र पुरानो बजारस्थित यो मन्दिरको पेटीमा ढाकारहरुले भारी विसाउने, थकाई मार्ने र साँझ बटुवाहरु यसै मन्दिरमा बास बस्ने गर्थे । राष्ट्रिय विभूति अरनिको र भृकृटी पनि यसै मार्ग भएर तिव्वत गएको बुढापाकाहरु बताउँनु हुन्छ । भोलि शुक्रबार विहान ९ बजे चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिर शिलान्यास हुने भएको छ । २०७२ सालको महाभूकम्पले ध्वस्त बनाएको कृष्ण मन्दिरको शिलान्यास विधिवत रुपमा निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले गर्नुहुनेछ ।भूकम्प गएको ८ वर्षपछि ११५ वर्ष पुरानो ऐतिहासिक एवम् पुरातत्व महत्व बोकेको…
