ऐतिहासिक र धार्मिक महत्व बोकेको लट्टेश्वर महादेवको प्रचारप्रसार गर्दै लाटु क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि पहिलोपटक महोत्सवको आयोजना गर्न लागेको वडा न २ को कार्यालयले जनाएको छ ।
त्रिपुरासुन्दरी । त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ लाटु स्थित लट्टेश्वर महादेवमा ३ दिने धार्मिक महोत्सव हुने भएको छ । लट्टेश्वर महादेव महोत्सव मूल आयोजक समिति र त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ को सहआयोजनामा भोलि ५ गतेबाट ७ गतेसम्म महोत्सव सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष भक्तध्ज बोेहराले जानकारी दिनु भयो ।
ऐतिहासिक र धार्मिक महत्व बोकेको लट्टेश्वर महादेवको प्रचारप्रसार गर्दै लाटु क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि पहिलोपटक महोत्सवको आयोजना गर्न लागेको वडा न २ को कार्यालयले जनाएको छ ।
महाशिवरात्री २०७९ को अवसर पारेर गर्न लागेको यो महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरुको साँगीतिक प्रस्तुतिका साथै थामि संस्कृति, विविध झाँकी, मारुनी नाच र खैजडी भजन लगायत प्रस्तुत हुने पनि अध्यक्ष बोहराले जानकारी दिनुभयो ।