ऐतिहासिक गौराती भीमेश्वर जात्रा यो वर्ष नहुने

चौतारा । प्रत्येक कार्तिक पूर्णिमाको दिनबाट सुरु हुने प्रसिद्ध गौराति जात्र यो वर्षका लागि स्थगित गरिएको छ । बढ्दो कारोना भाइरस जोखिमका कारण यही मंसिर १५ गतेबाट सुरु हुने जात्रा स्थगित भएको हो ।जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मेलामा हुने भीडभाडका कारण कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भन्दैे मेला स्थगित गर्न अनुरोध गरेपछि अनादिकालदेखि चल्दै आएको मेला स्थगन गरिएको गौराती विकास मञ्चका अध्यक्ष वाङगेल लामाले जानकारी दिनुभयो । रथारोहण बारे बैठक बसी टुँग्याईने गौराती भीमेश्वरको मेलाको प्रमुख एवम् आकर्षण मानिने भीमसेन रथारोहण यस वर्ष गर्ने कि नगर्ने भन्ने बारे भने टुँगो…

बाउचा मैचाको प्रतिमा अनावरण

चौतारा । चौतारा साँगाचोकगढी वडा न ५ मा नवनिर्मित बाउचा मैचाको प्रतिमा मेयर अमानसिं तामाङले अनवरण गरे । नेवारी परम्परा र संस्कृतिको झझल्को दिने सो प्रतिमा नेपाल संवत ११४१ को अवसरमा मेयर तामाङले उद्घाटन गरेका हुन ।प्रतिमा निर्माणले नेवार समुदायको साँस्कृतिक पहिचानसँगै चौताराको सौन्दर्य पनि बढेको मेयर तामाङले बताए । विकास निर्माणसँगै संस्कृति र संस्कारको संरक्षणमा आफू संधै प्रतिवद्ध रहेको पनि मेयर तामाङले बताए ।न्हू दँ को उपलक्ष्यमा प्रत्यक वर्ष विविध कार्यक्रम गर्दै आएको सिन्धु नेवा खल र नेवा दे दबु, सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा नेपाल भाषा, नेवारी संस्कृति र…

नेता वामदेव गौतमद्वारा रचित गीत ” यो मुक्तभूमी, यो बुद्धभूमि ” गीत यस्तो छ

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता वामदेव गौतमद्वारा रचित गीत “यो मुक्तिभूमि यो वुद्धभूमि ” गीत युट्युवमा सार्वजनिक भएको छ । नेता गौतम आफैले गीतमा मोडलिङ गरेको यो गीतमा नेपालको सुन्दरतासँगै शान्तिको अग्रदुत गौतमवुद्धको जन्मस्थान लुम्बिनीको पनि वर्णन पाइन्छ । यसअघि नेता गौतमको हामी जुटे नेपाल जुट्छ गीत सार्वजनिक भएको थियो । बिसौनीbisouni.com