हेलम्बुको इच्छेश्वर महादेवमा भव्य मेला लाग्ने

हेलम्बुको इच्छेश्वर महादेवमा भव्य मेला लाग्ने

हेलम्बु । पर्यटकीय गन्तव्यरुपमा परिचित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा न ६ थापाटारस्थित इच्छेश्वर महादेवमा विविध धार्मिक कार्यक्रमसहित भव्य मेला लाग्ने भएको छ ।
महाशिव रात्रि २०७९ को पावन अवसरमा यही फागुन ६ गते सो मन्दिरमा भव्य मेला लाग्ने भएको हो ।

No description available.


मेलामा शिव पुराण र चर्चित कलाकारहरुद्वारा भजन किर्तन,प्रसाद वितरण लगायतको कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
समितिका नयन पण्डित क्षेत्रीका अनुसार मेलाको लागि संपूर्ण तयारी सम्पन्न भइसकेको छ । सो दिन विहानदेखि पुजाआज कार्यक्रम हुने भए पनि मेलाको औपचारिक कार्यक्रममा भने विहान १० बजेबाट सुरु हुनेछ ।

No description available.


धार्मिक पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्नका लागि गत वर्ष मात्र यहाँ मन्दिरको निर्माण भएको हो । निर्माणअघि यस ठाउँमा खुला चौर र पीपलको वोटमा मात्र रहको थियो । स्थानीय कसैको मृत्यु भयो भने सो पीपलको वोटमा तीन पटक परिक्रममा गरि अलि तलको मेलम्ची खोला र बोरे खोलाको संगममा लगेर दाह संस्कार गर्ने चलन रहँदै आएको छ ।। पीपलवोट रहेको कारण पिप्लेचौरको रुपमा परिचित यस ठाउँ हाल भने इच्छेश्वर महादेवको पवित्र स्थलको रुपमा परिचित छ । स्थानीय समाजसेवी नयन पण्डित क्षेत्रीको अगुवामा मन्दिर निर्माण भएपछि भने अहिले धार्मिक पर्यटकको यहाँ घुइँचो लाग्न थालेको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्