३१० जनालाई एकैपटक नियुक्ति पत्र प्रदान : शिक्षकहरु उत्साहित ।


आफूले पाएको नियुक्तिपत्र “नियुक्ति पत्र” मात्र नभई समग्र शिक्षा क्षेत्रको विकासका लागि पाएको “उत्साह पत्र” भएको उहाँहरुको भनाई छ

चौतारा । प्राथमिक तह, तृतीय श्रेणी, स्थायी शिक्षक पदमा सफल भएका शिक्षकहरुलाई नियुक्ति पत्र प्रदान गरेको छ ।
शिक्षा विकास समन्वय इकाई सिन्धुपाल्चोकले शुक्रबार एक कार्यक्रमको आयोजना गरि सिन्धुपाल्चोकबाट स्थायी शिक्षकमा नाम निकाल्न सफल ३१० जना शिक्षकलाई एकैपटक नियुक्ति पत्र प्रदान गरेको हो ।
गत असार १३ गते भएको शिक्षक सेवा आयोगको परीक्षामा सहभागि ३४८ जना मध्यमा ३१० जनाले उत्तीर्ण गरेको शिक्षा विकास समन्वय इकाइका प्रमुख कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

No description available.


जिल्लाका विकट मानिने जुगल, लिसंखुपाखर र पाँचपोखरी थाङपाल गाउँपालिकाका शिक्षकहरुले नियुक्ति पत्र बुझिसकेपछि आफूहरुमा नयाँ जोस र जाँगरको आएको बताउनु भएको छ । आफूले पाएको नियुक्तिपत्र “नियुक्ति पत्र” मात्र नभई समग्र शिक्षा क्षेत्रको विकासका लागि पाएको “उत्साह पत्र” भएको उहाँहरुको भनाई छ ।

No description available.


लिसंखुपाखरी गाउँपालिका वडा न ३ की नवनियुक्त शिक्षिका कोपिला तामाङले गहभरि आँसु राख्दै भन्नुभयो “अस्थाई शिक्षकबाट म स्थायी हुन सफल भएको छु, अव म यो सफलतालाई समग्र विद्यायलय र विद्यार्थीहरुको सर्वाङगिन विकास र सफलताका लागि समर्पण गर्न चहान्छु” ।
जुगल गाउँपालिकाकी हिसिला तामाङ पनि नियुक्ति पत्र बुझ्न पाएको खुशी हुनुहुन्छ । उहाँले आफूमा नयाँ जोशजाँगर आएको बताउनु हुन्छ । “अस्थाई छउञ्जेल त आफ्नो जागिर कहिले जाला भन्ने चिन्ता हुने गथ्र्यो ,अब त्यो चिन्ताबाट मुक्त भएको छु” उहाँले भन्नु भयो “अब ढुक्कसँग शैक्षणिक गतिविधिमार्फत बालबालिकाको भविष्य निर्माणमा लाग्ने छु ”।

No description available.


नवनियुक्त शिक्षकहरुले तोकिएको गाउँपालिकाको शिक्षा समन्वय समितिमा नियुक्ति पत्र बुझाइसकेपछि समितिको सिफारिसमा पालिकाभित्रका विद्यालयमा खटाइने एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुपाल्चोक जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी दिनुभयो ।

No description available.


कार्यक्रममा शिक्षक महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष कुमारप्रसाद खतिवडा, नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक, नेपाल शिक्षक संघ सिन्धुपाल्चोकका अध्यक्ष ऋषिराम पौडेल, राष्टिय शिक्षक संगठनका जिल्ला अध्यक्ष मैयाँ पौडेल र एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष राजकुमार यादवले समग्र सिन्धुृपाल्चोकको शैक्षिका अवस्थाको टिप्पणीसँगै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम शिक्षा विकास समन्वय इकाइका प्रमुख कृष्ण सुवेदीको सभाध्यक्षमा भएको थियो ।

No description available.
No description available.

सिफारिस

प्रतिकृया दिनुहोस्