औषधी उपलब्ध गराउदा खुसी लागेको सुनकोशी–५ का स्थानीय लालबहादुर थामी र स्वस्थनी थापा कार्कीले बताउनुभयो ।
खाडीचौर । सुनकोशी गाउँपालिकाले पालिकाभरका दिर्घरोगीहरुका लागि निःशुल्क औषधी वितरण सुरुवात गरेको छ । सुगर, प्रेसर,दम र मानसिक रोगीहरुका लागि गाउँपालिकाले निःशुल्क औषधी वितरण गरेको हो ।
सुनकोशी–५ सुनखानीबाट निःशुल्क औषधी वितरण कार्यक्रमको औपचारिक सुरुवात गरेको गाउँपालिकाले जनाएको छ । दिर्घरोगीहरुलाई उहाँहरुले सेवन गर्दे आउनु भएको औषधी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले प्रदान गरेर सुरुवात गर्नु भएको हो ।
गाउँपालिकाले औषधी वितरणसँगै एक दिनको वृहत्त स्वास्थ्य शिबिरसमेत आयोजना गरेको छ । काठमाडौको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेको ग्रामीण समुदायलाई लक्षित गरेर वडा कार्यालयको भवनमा शिबिरको आयोजना गरिएको पालिका अध्यक्ष टपेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर दिर्घरोगीहरुलाई वडामा निवेदन दिन आग्रह गरिएको थियो । त्यही निवेदनका आधारमा गाउँपालिकाभरका ४ सय बढीलाई निःशुल्क औषधी उपलब्ध गराउने गाउँपालिकाको योजना रहेको पनि अध्यक्ष तिमिल्सिनाले जानकारी दिनु भयो । न्युनतम एक हजार देखि बढीमा २० हजार रुपियाँ सम्मको मासिक औषधी सेवन गर्ने बिरामीहरु गाउँपालिका भित्र रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो । अन्य दिर्घरोगीहरुले पछि पनि निवेदन दिएको र त्यसको निर्णय पछि मात्रै उहाँहरुलाई औषधी उपलब्धता गराउने स्वास्थ्य शाखा प्रमुख गोविन्द हायुले बताउनु भयो ।
गाउँपालिकाले नीति तथा कार्यक्रममा नै दिर्घरोगीहरुलाई निःशुल्क औषधी उपलब्ध गराउने नीति पास गरेको थियो । पालिकाले घर आँगनामा नै आफूहरुले सेवन गरिरहेको औषधी उपलब्ध गराउदा खुसी लागेको सुनकोशी–५ का स्थानीय लालबहादुर थामी र स्वस्थनी थापा कार्कीले बताउनु भयो ।
बृहत स्वास्थ्य शिविरमा स्त्री रोगको विशेषज्ञ सेवा, नाक, कान, घाटीको विशेषज्ञ सेवा लगायत प्रेसर, सुगर, दम र सामान्य चिकित्सक सेवा संचालन गरिएको थियो ।
शिविरबाट जम्मा २५२ जनाले सेवा लिएका छन् । जसमध्ये स्त्री रोग सम्बन्धी ५० जना, नाक, कान घाटी सम्बन्धी ५१ र सुगर, प्रेसर, दम र सामान्य चिकित्सामा १५१ जनाले सेवा लिएका थिए । स्त्री रोग तर्फ २ जना संकास्पद पाठेघर मुखको क्यान्सर पत्ता लागे भने १७ जना मलिाको आङ खस्ने समस्या भइ रिङ्ग प्रेसरी राखी उपचार गरिएको छ । गाउँपालिकाले ग्रामीण महिला अल्ट्रासाउण्ड९भिडीयो एक्सरे० सेवा समेत सुरुवात गरेको छ । पहिलो दिन ५ जना गर्भवती महिलाहरुले भिडियो एक्सरेको सेवा लिएका छन् ।
शिविरको अवसरमा गाउँपालिकाले स्थानीय देविस्थान स्वास्थ्य चौकीलार्ई अक्सिजन कन्सनटे«टर, कम्प्युटर सेट, अटोक्लेभ लगायत विभिन्न सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।