चौतारा । एमालेका तर्फबाट उपप्रमुखका उम्मेद्वार बनेका जेपी सिलवालले ११ मत पाइरहँदा माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेद्वार बनेका गणेश विकले १० मत मात्र पाए । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठवन्धन भएको थियो । गठवन्धन अनुसार एमालेसँग ७ भोट र माआवादी केन्द्रसँग ४ भोट रहको छ ।
तर गठवन्धनमा घात भएपछि ११ भोट पाउनु पर्ने माओवादीले जम्मा १० भोट मात्र पाए । एक भोट प्रमुखमा खाली रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अझ कन्तविजोग त सदस्यका उम्मेद्वारहरुको भएको छ । यता नेपाली काँग्रेस र समाजवादीको गठवन्धनबाट उम्मेद्वार बनेका सदस्यहरुले १३ मतमा १३ मत नै पाइरहँदा एमाले र माओवादीबाट सदस्य बनेकाहरुको भने कसैले ३ मत त कसैले पाँच मत मात्र पाएका छन्
गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेद्वार विजय तामाङले १३ भोट पाउँदा माओवादी केन्द्र संजिव तामाङले जम्मा ३ भोट पाएका छन् । जबकी एमाले माओवादी केन्द्रको गठवन्धनको आफ्नो भोट ११ थियो । यस्तै एमालेका राधिका तिमल्सिना र सुस्मिता तामाङले जम्मा ५÷५ भोट पाएका छन् । त्यस्तै माओवादी केन्द्रका यमबहादुर पौडेलले ४ भोट पाएका छन् ।
गठवन्धनको आफ्नै ११ भोट रहेकामा गठवन्धनको तर्फबाट उम्मेद्वार बनेकाहरु मध्येमा एमालेबाट उपप्रमुखमा उम्मेद्वार बनेका जेपी सिलवालले बाहेक अरु कसैले ११ मत प्राप्त गरेका छैनन् । तर काँग्रेस समाजवादी गठवन्धनका उम्मेद्वार सबैले १३ मा १३ मत नै प्राप्त गरेका छन् ।

माओवादी र एमालेबीच गठवन्धन भएपनि एकले अर्कालाई भोट नहालेको प्रष्ट देखिन्छ । तर काँग्रेस र समाजवादीबीच गठवन्धनमा भने इमान्दारिता देखिन्छ । जस अनुसार काँग्रेसका बालकृष्ण श्रेष्ठ जिसस प्रमुखमा र उपप्रमुखमा समाजवादीका पदमनाथ नेपाल विजयी भएका छन् । सदस्यहरुमा पनि काँग्रेस समाजवादी गठवन्धनका जीतबहादुर कार्की, बलराम केसी, विक्रम तामाङ,अम्बिका बस्नेत, ढकमाया सेतो कोइराला, सोममाया श्रेष्ठ, तारा नेपाली विजयी भएका छन् ।
१२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा एमालेको ७, माओवादी केन्द्र ४, काँग्रेसको १२ र समाजवादीको १ गरि जम्मा २४ मतदाता रहेका छन् । जनताले जिताएर पठाएका पालिका प्रमुख र उपप्रमुखबाट नै गद्यारी हुन्छ भने, गठवन्धनप्रति धोकाधडी हुन्छ भने आगामी गठवन्धनमा लाग्नु बेकार रहेको सिन्धुपाल्चोकको वाम विश्लेषकहरुले बताउन थालेका छन् ।