चौतारा साँगाचोकगढी वडा न १२ को निर्णय ः लाश सदगतको क्रममा सववहान प्रयोग गरे मृतकको परिवारलाई ३ हजार उपलव्ध गराइने ।
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न १२ ले मृतकको लाश सदगत गर्ने क्रममा सववहानको प्रयोग गरेमा मृतकको परिवारलाई रु ३ हजार उपलव्ध गराउने भएको छ ।
वडाको हालै बसेको बैठकले सो वडाभित्रका कसैको मृत्यु भएमा लाश सदगतका लागि सववहान प्रयोग गरेमा वडाबाट रु ३ हजार मृतक परिवारलाई दिने निर्णय गरेको हो ।
वडा अध्यक्ष दीपेन्द्र नेपालका अनुसार वडा कार्यालयमा मृत्यु दर्ता गर्न आउने क्रममा सववहान प्रयोग गरेको वील उपलव्ध गराइएमा मृतक परिवारलाई उक्त रकम उपलव्ध गराइने छ ।