आयुर्वेद स्वास्थ्य केन्द्रले भोलि बुधबारबाट योग शिविर सञ्चालन गर्ने


केन्द्रबा २३ थरी औषधी निशुल्क वितरण हुँदै आएको जानकारी दिंदै डा कार्कीले चौतारा महाकाली वनस्थित आयुर्वेद स्वास्थ्य केन्द्रबाट विभिन्न सेवाहरु प्रवाहित हुनका साथै अकुपञ्चर सेवा पनि सुरु भइसकेको जानकारी दिनु भयो ।

चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले आयुर्वेदिक उपचार पद्धति प्रभावकारी हुँदाहुँदै पनि ओझलमा परेको बताउनु भएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराद्वारा आयोजित आयुर्वेद सेवाको प्रर्वद्धन सम्वन्धी पत्रकारहरुसँगको अन्तरकृया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले तालुकदार संघसंस्था, सरकारी निकाय र स्वयम सेवाग्राहीहरुको आयुर्वेद उपचार पद्धति र औषधीप्रतिको उदासिनताका कारण आयुर्वेदिक उपचार पद्धति ओझलमा परेको बताउँनु भएको हो । आयुर्वेदिक उपचार पद्धतिको प्रभावलाई जनस्तरसम्म पुर्याउनका लागि सञ्चारकर्मीहरुलाई उहाँले आग्रहसमेत गर्नुभयो ।

No description available.


कार्यक्रममा केन्द्रका प्रमुख डा अञ्जु कार्कीले भोलि बुधबारबाट चौतारा प्रेसचोकस्थित विपी अध्ययन प्रतिष्ठानको हलमा नियमित योग शिविर सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
केन्द्रबाट २३ थरी औषधी निशुल्क वितरण हुँदै आएको जानकारी दिंदै डा कार्कीले चौतारा महाकाली वनस्थित आयुर्वेद स्वास्थ्य केन्द्रबाट विभिन्न सेवाहरु प्रवाहित हुनका साथै अकुपञ्चर सेवा पनि सुरु भइसकेको जानकारी दिनु भयो ।
विरामीहरु अन्तिम समयमा एलोपेथि रिर्पाटको ठेली बोकेर आयुर्वेद अस्पताल आउने गरेको तीतो अनुभव सुनाउँदै उहाँले समयमै विरामी आउने गरेमा जटिल किसिमको रोग पनि निको हुने बताउँनु भयो ।

No description available.


आयुर्वेदिक उपचारप्रति आकर्षण र सर्वसाधारणमा पहुँच बढाउन सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै डा कार्कीले आयुर्वेदिक उपचार पद्धति र औषधिको विषयमा सकारात्म तथा नकारात्म दुबै पक्षको चिरफार गर्नु भयो ।
जिल्लामा सुविधा सम्पन्न आयुर्वेदिक अस्पताालको आवश्यकता टड्कारो रहेको हुँदा अस्पताल निर्माणका लागि ध्यान केन्द्रीत गर्न उहाँले स्थानीय , प्रदेश र केन्द्रीय सरकारलाई आग्रह गर्नु भयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कमल नेपालको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका पत्रकारहरुको बाक्लै उपस्थिति रहेको थियो ।
कार्यक्रममा डा कार्कीले आयुर्वेद सेवा प्रर्वद्धन सम्वन्धनमा आकर्षक प्रस्तुतिकरण गर्नु भएको थियो भने त्यसमाथि सञ्चारकर्मीहरुले टिकाटिप्पणी र जिज्ञासा राखेका थिए ।

सिफारिस

प्रतिकृया दिनुहोस्