सुनकोसी, ३ जेठ, २०८१ मातृ तथा शिशु मृत्यु दर न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गदै आएका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सुनकोसी गाउँपालिका सिन्धुपाल्चोकले विदाई गर्ने भएको छ ।। ६० वर्ष उमेर हदका कारण स्वास्थ्य स्वयम्सेविकामा सेवारत १२ महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई विदाई गर्ने भएको छ । गाउँकी डक्टर भनेर चिनिएका स्वास्थ्य स्वयम्सेविकाहरुले आफ्ना बस्तीहरुमा परिवार नियोजन, खोप लगायत स्वास्थ्य सम्वन्धी चेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् । बस्र्योनी बढ्दो मातृ तथा शिशु मृत्युदरलाई न्यूनीकरण गर्ने काममा वाहवाही पाएका महिला स्वास्थ्य स्वयम्सेविकाहरुले सरकारबाट भने खासै कुनै सेवासुविधा प्राप्त गर्ने गरेका छैनन् ।…
Category: स्वास्थ्य / शिक्षा
health and education
गर्मीका कारण चौताराको कृष्ण रत्नगंगाले दियो बिदा
गर्मीका कारण चौताराको रत्नगंगाले दियो बिदा चौतारा । पछिल्लो समय अत्याधिक गर्मी बढ्न गइ मौसम नै प्रतिकूल हुन थालेपछि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित एक विद्यालयले बिदा दिइएको छ । बढ्दो गर्मीको कारण देखाइ चौतारास्थितश्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयले जेठ २९ गतेदेखि जेठ ३२ गतेसम्म बिदा दिएको हो । चौतारा साँगाचोकगढी नगरपालिका ५ नम्बर वडा शिक्षा समितिको सोमबार बसेको बैठकले ४ दिन बिदा दिने निर्णय गरेको विद्यालयले जनाएको छ । बार्षिक क्यालेन्डर अनुसार बिदा मिलान हुने गरि विद्यालय बन्द गर्ने निर्णय भएको सहायक प्रधानाध्यापक हर्ष तामाङले बताउनुभयो । बिसौनीbisouni.com
उच्च रक्तचाप नियन्त्रण र अनुसन्धानका लागि विविध कार्य गरिने
महिला स्वास्थ्य स्वयमसेविकाहरुको अगुवाईमा उच्च रक्तचापको अध्ययन तथा अनुसन्धान कार्यक्रममार्फत सिन्धुपाल्चोकमा रक्तचाप नियन्त्रण तथा अनुसन्धान थालनी गर्न लागेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । चौतारा । नसर्ने रोग उच्च रक्तचापबाट प्रभावित हुनेहरुको संख्या दिनप्रतिदिन बढ्न थालेपछि नियन्त्रणका लागि पहलकदमी थालिएको छ । काठमाण्डौं विश्वविद्यालय धुलिखेल अस्पतालले सिन्धुपाल्चोक जिल्लामा उच्च रक्तचाप नियन्त्रण र अनुसन्धानका लागि विभिन्न कार्यक्रमहरु तय गरिएको हो । महिला स्वास्थ्य स्वयमसेविकाहरुको अगुवाईमा उच्च रक्तचापको अध्ययन तथा अनुसन्धान कार्यक्रममार्फत सिन्धुपाल्चोकमा रक्तचाप नियन्त्रण तथा अनुसन्धान थालनी गर्न लागेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । मंगलबार जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा…
पोलियो रोग उन्मुलनका लागि सिन्धुपाल्चोकमा अभियान थालियो
पोलियो रोग उन्मुलनका लागि सिन्धुपाल्भचोकमा अभियान थालियोजीवन श्रेष्ठ, सिन्धुपालचोक । सिन्धुपाल्चोकमा पोलियो विरुद्धको खोप अभियान आइतबारबाट सुरु भएको छ । जिल्लाभर १४ हजार ९ सय १२ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आई.पि.भी. खोप लगाईने लक्ष्यका साथ अभियान आज आइतबारबाट सुरु भएको हो । चौतारास्थित श्री कृष्ण रत्नगंगा मावि खोप केन्द्रमा आयोजित एक समारोहका बीच चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्णप्रसाद सापकोटाले जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगार्ईँलाई पोलियो विरुद्धको भ्याक्सिन हस्तान्तरण गर्दै सो अभियानको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले नेपालबाट मात्र नभई विश्वबाट नै पोलियो रोगको उन्मुलन हुनेमा विश्वास व्यक्त…
सामुदायिक विद्यालयमा कुनै पनि शुल्क लिएमा सुनकोसीले कडा कारवाही गर्ने
सामुदायिक विद्यालयमा कुनै पनि शुल्क लिएमा सुनकोसीले कडा कारवाही गर्ने सुनकोसी । सुनकोशी गाउँपालिकाले चालु शैक्षिक सत्र देखि गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको छ । संघीय सरकारले कक्षा–१ देखि १० सम्म निःशुल्क भनेपनि सामुदायिक विद्यालयहरुले विभिन्न वहानामा विद्यार्थीहरुसँग शुल्क लिइरहेको अभिभावकहरुले गुनासो गरेपछि गाउँपालिकाले कक्षा–१ देखि १२ सम्म कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको हो । गाउँ शिक्षा समितिको बैठकले चालु शैक्षिक सत्र देखि गाउँपालिकामा सञ्चालनमा रहेको कक्षा १२ सम्मका विद्यालयमा कुनै शुल्क लिन नपाउने निर्णय गरेको गाउँ शिक्षा समितिका संयोजक एवम…
निशुल्क शिक्षालाई औपचारिकरुपमा नै घोषणा गर्दै चौतारा साँगाचोकगढी
चौतारा । कार्यान्वयन पक्षलाई सशक्त बनाउने उदेश्यका साथ चौतारा साँगाचोकगढी नगरपालिकाले अनिवार्य र निशुल्क शिक्षालाई औपचारिकरुपमा नै घोषणा गर्ने भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले यही जेठ १३ गते एक कार्यक्रमको बीचमा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रमको साइत जुराएको छ । बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय हेटौंडाको सहयोगमा सो दिन नगरको सभाहलमा विहान ११ बजे अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रमको आयोजना गर्न लागेको पालिकाले जनाएको छ । अनिवार्य तथा निशुल्क शिक्षा घोषणा र सोको निन्तरताका लागि पालिकाले विद्यालय मर्च, शिक्षक दरवन्दी…
१३ गतेवाट पाेलियाे राेग बिरुद्धकाे खाेप दिइदै , १४ हजार वालवालिका समेट्ने लक्ष्य
१३ गतेवाट पाेलियाे राेग बिरुद्धकाे खाेप दिइदै , १४ हजार वालवालिका समेट्ने लक्ष्य९ जेठ २०८१), चाैतारा। सिन्धुपाल्चोक जिल्लामा जेठ १३ देखि १७ गते सम्म पोलियो रोग विरुद्धको आई.पि.भी.खोप अभियान सञ्चालन हुने भएको छ । २०७३ बैशाख महिना देखि २०७६ असोज महिनासम्म जन्मिएका बालवालिकाहरुलाई सिन्धुपाल्चोक जिल्ला भर १४ हजार ९ सय १२ जनालाई पोलियो रोग विरुद्धको खोप लगाईने लक्ष्य रहेको छ । जसकाे सम्पूर्ण तयारी पूरा भइसकेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला समन्वय समितिकाेसभाहलमा बुधावार जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनमा पोलियो रोग विरुद्ध आई पि भी खोप अभियान २०८१ सम्बन्धी…
बाल क्लबको नेतृत्वका लागि बालबालिकाबीच महाभिडन्त, रायमाझी र खत्री विजयी
बाल क्लबको नेतृत्वका लागि बालबालिकाबीच महाभिडन्त, रायमाझी र खत्री विजयीचौतारा । कोही मतदान गर्न व्यस्त थिए । कोही भने टन्टलापुर घामको वेवास्ता गर्दै मतदान गर्न लाइनमा उभिरहेका थिए । कोही भने मतपत्र बुझदै औंलामा चिन्हो लगाउँदै थिए । शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित जिल्लाकै जेठो विद्यालय श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा स्थानीयतहकै झल्को दिने गरी बालबालिकाबीच निर्वाचन भयो । विद्यालयस्तरमा गठन हुने बाल क्लब र जुनियर रेडक्रस सर्कलको नयाँ कार्य समिति चयनका लागि सहमति हुन नसकेपछि विद्यार्थीहरुले निर्वाचन प्रकृया रोजेका हुन् । छुट्टा छुट्टैदुईवटा निर्वाचनमा पहिलोपटक सहभागि हुन पाउँदा विद्यार्थीहरुमा…
पाठेघर खसेका महिलाका लागि भक्तपुर अस्पतालमा निशुल्क सल्यक्रिया सुरु
पाठेघर खसेका महिलाहरूका लागि निशुल्क सल्यक्रिया सेवा सुरु भएको छ । भक्तपुर अस्पतालमा पाठेघर खसेका महिलाहरुलाई उपचार गर्ने उदेश्यले नि: शुल्क शल्यक्रिया सुरु भएको हो । अस्पतालले आज जेष्ठ ३ गते देखि निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको जनाएको छ । अस्पतालकी निर्देशक सुमित्रा गौतमको नेतृत्वमा सेवा सुरु भएको यो सेवा असार मसान्तसम्म उपलब्ध हुनेछ। सबै बिरामी महिलाहरूले सेवा लिएर मौकाको फाईदा लिनुहुन अस्पतालले अनुरोध समेत गरेको छ। बिसौनीbisouni.com
खोप समतिको बैठक : पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि विविध निर्णय
जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला धोषणाका लागि सबे तह तप्काकाहरुको सकृय सहभागिता, समन्वय र सहयोगको आवश्यकता रहेको छ । चौतारा । सिन्धुपाल्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि विविध पहलकदमी हुँदै आएको छ । तोकिएका मापदण्डहरु पुरा गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको हो । यसै सन्दर्भमा विहीबार कार्यालयद्वारा आयोजित पूर्ण खोप सुनिश्चितताका लागि जिल्ला स्तरीय खोप समन्वय समितिको बैठकमा स्थानीय तहबाट चालु आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चितताका लागि हालसम्म भए गरेका गतिविधि र प्रकृया बारे घनिभूतरुपमा…
