सुनकोसीले १२ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई विदाई गर्ने

सुनकोसीले गर्‍यो १२ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई विदाई

सुनकोसी, ३ जेठ, २०८१

मातृ तथा शिशु मृत्यु दर न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गदै आएका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सुनकोसी गाउँपालिका सिन्धुपाल्चोकले विदाई गर्ने भएको छ ।।

६० वर्ष उमेर हदका कारण स्वास्थ्य स्वयम्सेविकामा सेवारत १२ महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई विदाई गर्ने भएको छ ।

गाउँकी डक्टर भनेर चिनिएका स्वास्थ्य स्वयम्सेविकाहरुले आफ्ना बस्तीहरुमा परिवार नियोजन, खोप लगायत स्वास्थ्य सम्वन्धी चेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् । बस्र्योनी बढ्दो मातृ तथा शिशु मृत्युदरलाई न्यूनीकरण गर्ने काममा वाहवाही पाएका महिला स्वास्थ्य स्वयम्सेविकाहरुले सरकारबाट भने खासै कुनै सेवासुविधा प्राप्त गर्ने गरेका छैनन् । स्थानीय सरकारले पनि यसतर्फ ध्यान दिन नसकेको महिला स्वास्थ्यकर्मीहरुको गुनासा छन् ।

सुनकोसीमा जम्मा ५४ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरु कार्यरत छन् । उमेर हदका कारण १२ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई विदाई गरे लगत्तै रिक्त सो स्थानमा नयाँ स्वयम्सेविकाहरु नियुक्ति गरिसकेको र विदाइ गरिएका स्वयम्सेविकाहरुलाई सम्मानजनक विदाईको रकम उपलव्ध गराउनका लागि जनस्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकमा पत्रचारसमेत भइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ६ गते एक कार्यक्रमबीच सम्मानजनक विदाई गर्ने बताइएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्