चौतारा । कार्यान्वयन पक्षलाई सशक्त बनाउने उदेश्यका साथ चौतारा साँगाचोकगढी नगरपालिकाले अनिवार्य र निशुल्क शिक्षालाई औपचारिकरुपमा नै घोषणा गर्ने भएको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले यही जेठ १३ गते एक कार्यक्रमको बीचमा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रमको साइत जुराएको छ । बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय हेटौंडाको सहयोगमा सो दिन नगरको सभाहलमा विहान ११ बजे अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रमको आयोजना गर्न लागेको पालिकाले जनाएको छ ।
अनिवार्य तथा निशुल्क शिक्षा घोषणा र सोको निन्तरताका लागि पालिकाले विद्यालय मर्च, शिक्षक दरवन्दी मिलान, विद्यालय नक्साङ्कन, भौगोलिक अवस्था, जनसांख्यिक संरचना, विद्यार्थी संख्या लगायतका विभिन्न पक्षहरुको अध्ययन र रचरणहरु पार गरिसकेको नगरपालिकाले जनाएको छ ।