माओवादी केन्द्र, चौतारा साँगाचोकगढी नगर समितिको अध्यक्षमा श्रेष्ठ विजयी

Maoist Chautara

ने.क.पा (माओवादी-केन्द्र) चौतारासाँगाचोकगढी नगर समितिको तेस्रो नगर सम्मेलनबाट श्याम कृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । सहमतिका प्रयास सफल हुन नसकेपछि भएको निर्वाचनमा श्रेष्ठ ३८ मतसहित बिजयी भएका हुन । उनका प्रतिद्वन्दी दधिराम पराजुलीले कूल ५१ मतमा १३ मत प्राप्त गरेका थिए ।उपाध्यक्षमा लगायत अन्य पदाधिकारी भने सर्वसम्मत चयन भएकोछ । प्राप्त विवरण अनुसारउपाध्यक्षमा तारा देवि राना, चुडामणि नेपालर रामकुमार लामा चयन भएका छन् ।सचिवमा रामशरण वि.क, सह- सचिव रवि खत्री , कोषाअध्यक्षमा अस्मिता वि.क चयन भएका छन् । त्यस्तै निर्वाचन समितिमा सीता पौडेलअनुशासन समितिमा कुमार शर्मालेखा…

भोटेनाम्लाङ जनस्वास्थ्यको स्वास्थ्य शिविर

भोटेनाम्लाङ जनस्वास्थ्यको स्वास्थ्य शिविर

बगमति प्रदेश स्वास्थ्य मन्त्र किरण थापामगरले मंगलबार स्वास्थ्य शिविरको उद्घाटन गर्नु भएको छ ।जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जिल्लाकै विकट पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा न ७ भोटेनाम्लाङमा आयोजित शिविरको मन्त्री थापाले उद्घाटन गर्नुभएको हो ।एकीकृत जनस्वास्थ्य शिविर तथा पोेषण प्रवद्र्धन अभियान २०८१ अन्तर्गत जनस्वास्थ्य कार्यालयले स्थानीयलाई स्वास्थ्य सेवा घरआँगनमा नै उपलव्ध गराउने उदेश्य अनुरुप यो कार्यक्रम सञ्चालन भएको हो ।शिविर भोलि बुधबार वडा न ६ मा सञ्चालन हुने जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईँले जानकारी दिनुभयो । बिसौनीbisouni.com

मूलुक कै उत्कृष्ट संविधान – सांसद सापकोटा

मूलुक कै उत्कृष्ट संविधान - सांसद सापकोटा

मूलुक कै उत्कृष्ट संविधान – सांसद सापकोटानिर्मल बस्नेत/चौतारासिन्धुपाल्चोक जिल्लामा संविधान दिवसको उपलक्ष्यमा प्रभातफेरी संगै शुभकामना आदनप्रदान कार्यक्रम गरि मनाएको छ । प्रतिनिधिसभा सदस्य माधव सापकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो । सो अवसरमा सांसद सापकोटाले नेपालको संबिधान मूलुक कै उत्कृष्ठ संबिधान भएको टिप्पणी गरेका छन् ।उलने मन्तव्यको क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचनको पक्षमा माओबादी दृढ रहेको बताए ।संबिधानमाथि अफवा फैलाउने अतिबादी अराजकताबादीहरुको हावी भएकोले त्यसको पक्षमा नलाग्न सवैलाई आग्रह गरे । नेपालको संबिधान मूलुक कै उत्कृष्ट संबिधान भएको भन्दै उनले कतिपय देशहरुले नेपालबाट सिक्न लायक…

धनमायाको हत्यारामाथि थप अनुसन्धान, क्षतिपूर्ति र सुरक्षाको माग राख्दै जलबीरमा र्‍याली

सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा न १, मेलडाडाको एकल महिला धनमाया श्रेष्ठको हत्यामा संग्लग्न अभियुक्त रन बहादुर गाहामाथि थप अनुसन्धानसहित कडाभन्दा कडा सजायको माग गर्दै आज मंगलबार जलबिरेमा स्थानीयले शान्तिपूर्ण र्‍यालीको आयोजना गरेको छ ।तल्लो बलेफी हाइड्रो पावर कम्पनीमा कार्यरत ३७ बर्षिय गाहाले आफूले हत्या गरेको स्विकार प्रहरी समक्ष गरिसकेका छन् ।योजनाको सुरुवाती चरणमै रहेको हाइड्रोको कामदारबाट भएको हत्याका कारण आफूहरु पनि असुरक्षित रहेको भन्दै स्थानीयले र्‍यालीमार्फत प्रशासन समक्ष सुरक्षा र मृतक परिवारलाई क्षतिपुर्तीको माग राखेका हुन् ।श्रेष्ठलाई भदौ २५ गते राति मदिरा सेवन पश्चात ब्रह्ययणी नदीमा अरोपित गाहाले घचेटेर खसालिदिएको…

वडा न ७ बन्यो जिल्लाकै तेस्रो बालमैत्री वडा

नगरपालिका वडा न ७ बन्यो जिल्लाकै तेस्रो बालमैत्री वडा

चौसागढी नगरपालिका वडा न ७ बन्यो जिल्लाकै तेस्रो बालमैत्री वडा निर्मल बस्नेत २९ भाद्र, चौतारा । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ लाई बालमैत्री वडा घोषणा गरिएको छ । ६० औ बालदिवशको अवसरमा वडाले ५१ वटा सुचकहरु पुरा गरि वालमैत्री वडा घोषणा गर्न सफल भएको हो । वालमैत्री वडा घोषणाको लागि बाल बचाउ, वाल संरक्षण, बाल विकास , वाल सहभागिता र संस्थागत बिकास गरि ६ वटा समूहको ५१ वटा सुचकमा अंकभार १ सयलाई आधार बनाएको वडा सचिव सरुपसिं तामाङले जानकारी गराए । बालमैत्री वडा घोषणाको प्रतिबद्धता पत्रमा नगरप्रमुख,…

पञ्चकन्याको पोल्टामा च्याम्पियन कप

football chautara

पञ्चकन्याको पोल्टामा च्याम्पियन कप चौतारा, २५ भदौ, २०८१ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ स्थित दरबार डाँडामा जारी फूटबल प्रतियोगिता सम्पन्न भएको छ । आज भएको फाइनल प्रतिस्पर्धामा पञ्चकन्या नवप्रतिभा युवा क्लब कदमबासको जीतसँगै तीन दिनदेखि जारी प्रतियोगिता सम्पन्न भएको हो । पञ्चकन्या नवप्रतिभा युवा क्लब बी को विरुद्ध एक गोल हान्दै पञ्चकन्या नवप्रतिभा युवा क्लब ए विजयी भएको आयोजक संस्था चौतारा स्पोर्टिङ क्लब चौताराका अध्यक्ष सविन श्रेष्ठले जानकारी दिए । ए को विरुद्ध विले गोल गर्ने निकै प्रयास गरे पनि सफल भने हुन सकेन ।जम्मा १४ स्पर्धी रहेको…

पूर्वाधार विकास समितिले अरनिको राजमार्ग अनुगमन गर्दै

पूर्वाधार विकास समितिले अरनिको राजमार्ग अनुगमन गर्दै

पूर्वाधार विकास समितिले अरनिको राजमार्ग अनुगमन गर्दै२३ भदौ, काठमाडौ । संघीय संसद प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिले आज आइतबार अरनिको राजमार्गका विविन्न खण्डको अनुगमन गर्दै छ ।समितिले काभ्रेको धुलिखेल दोलालघाट खण्डको खावा, सिन्धुपाल्चोकको दोलालघाट तातोपानी खण्डको कोठे, खाडिचौर, जुरे, खागदल, डाकलाङ, १० किलो क्षेत्रहरूको अनुगमन गर्ने छ । संसदीय समिती सो क्षेत्र हुँदै लिपिङसम्म पुग्ने कार्यक्रम रहेको समितिका सदस्य एवं सिन्धुपाल्चोक १ का साम्सद माधव सापकोटाले जानकारी दिए । यद्यपि अरनिको राजमार्ग अन्तर्गत धुलिखेल खावा सडक खण्ड भने सम्याउने कार्य हुँदैछ। बर्खा लाग्ने बित्तिकै यो सडक खण्डले यात्रुलाई सास्ती…

विपद बारे जनचेतना जगाउदै जनहित

सम्वन्धी संगठनको विकास गर्दै घुम्ती कोष, कोष र विपद व्यवस्थापन योजना समुदायले निर्माण गर्न सकेमा विपद पर्दा सरकार वा अन्य निकायको मुख ताक्नु नपर्ने उनीहरुको राय छ ।

सम्वन्धी संगठनको विकास गर्दै घुम्ती कोष, कोष र विपद व्यवस्थापन योजना समुदायले निर्माण गर्न सकेमा विपद पर्दा सरकार वा अन्य निकायको मुख ताक्नु नपर्ने उनीहरुको राय छ । चौतारा । जनहित ग्रामीण सेवा समिति सिन्धुपाल्चोकले विपद् सम्वन्धी स्थानीयहरुलाई जागरुक बनाउनका लागि विभिन्न सचेतनात्मक कार्यक्रम गर्दै आएको छ । विपद जोखिम न्यूनिकरण र व्यवस्थापनका लागि समुदायलाई नै जागरुक बनाउँँदै विपदको समयमा समुदायबाट नै राहत, उद्धार, विपद न्यूनीकरण र प्रभावकारी व्यवस्थापन गर्नका लागि समितिले सचेतनात्मक कार्यक्रमको आयोजना गर्दै आएको हो । समितिले विहीबार समुदायमा आधारित विपद जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापन तालिका…

आत्मदाह न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन

आत्मदाह न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन

आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठनचौतारा । आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन कार्ययोजना २०८१ अनुसार सिन्धुपाल्चोक जिल्लामा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन भएको छ । बुधबार अभियान समितिका सल्लाहकार तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो । सिन्धुपाल्चोक प्रहरी प्रमुख सन्तोष खड्काको संयोजकत्वमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाई सहसंयोजक रहने गरि समिति गठन भएको प्रहरी नायब उपरीक्षक निरञ्जन खड्काले जानकारी दिनुभयो । समितिका सदस्यहरुमा भने जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, जिल्ला शिक्षा इकाई , स्थानीय तह, नेपाल रेडक्रस, नेपाल स्काउट, उद्योग…