बगमति प्रदेश स्वास्थ्य मन्त्र किरण थापामगरले मंगलबार स्वास्थ्य शिविरको उद्घाटन गर्नु भएको छ ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जिल्लाकै विकट पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा न ७ भोटेनाम्लाङमा आयोजित शिविरको मन्त्री थापाले उद्घाटन गर्नुभएको हो ।
एकीकृत जनस्वास्थ्य शिविर तथा पोेषण प्रवद्र्धन अभियान २०८१ अन्तर्गत जनस्वास्थ्य कार्यालयले स्थानीयलाई स्वास्थ्य सेवा घरआँगनमा नै उपलव्ध गराउने उदेश्य अनुरुप यो कार्यक्रम सञ्चालन भएको हो ।
शिविर भोलि बुधबार वडा न ६ मा सञ्चालन हुने जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईँले जानकारी दिनुभयो ।
भोटेनाम्लाङ जनस्वास्थ्यको स्वास्थ्य शिविर
