पञ्चकन्याको पोल्टामा च्याम्पियन कप

football chautara

पञ्चकन्याको पोल्टामा च्याम्पियन कप

चौतारा, २५ भदौ, २०८१ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ स्थित दरबार डाँडामा जारी फूटबल प्रतियोगिता सम्पन्न भएको छ ।

आज भएको फाइनल प्रतिस्पर्धामा पञ्चकन्या नवप्रतिभा युवा क्लब कदमबासको जीतसँगै तीन दिनदेखि जारी प्रतियोगिता सम्पन्न भएको हो ।

पञ्चकन्या नवप्रतिभा युवा क्लब बी को विरुद्ध एक गोल हान्दै पञ्चकन्या नवप्रतिभा युवा क्लब ए विजयी भएको आयोजक संस्था चौतारा स्पोर्टिङ क्लब चौताराका अध्यक्ष सविन श्रेष्ठले जानकारी दिए । ए को विरुद्ध विले गोल गर्ने निकै प्रयास गरे पनि सफल भने हुन सकेन ।
जम्मा १४ स्पर्धी रहेको द च्याम्पियन कप ७ ए साइड फूटबल प्रतियोगितामा १३ टीमलाई पछि पार्दै विजयी क्लबलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले नगद रु ६० हजार सहित ट्रफी प्रदान गर्नुभयो । त्यस्तै उपविजयता टीम पञ्चकन्या नवप्रतिभा युवा क्लब बी लाई पनि नगद ३० हजारसिहित ट्रफी प्रदान गर्नुभयो ।
खेल अवधिभर सर्वाधिक गोल रक्षा गर्दै आफ्नो टिमलाई विजयी बनाउन सफल पञ्चकन्या ए का गोल रक्षक सुशान्त खड्कालाई उत्कृष्ट गोल रक्षकको उपाधीसहित ट्रफी प्रदान गरियो ।
त्यस्तै राजकुमार लामा बेष्ट डिफेन्डर, वेष्ट मिड फिल्डर कृश सापकोटा, बेष्ट स्टाइकर श्री माम्बा, सर्वाधिक गोलकर्ता सुजन माझी र सर्वात्कृष्ट खेलाडी सुमान घोषित भए ।
खेल मध्यमा पनि विश्वका सर्वाधिक मानिसले रुचाएको फूटबललाई स्थानीयस्तरमा विकास र विस्तार गर्दै राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडि उत्पादन गर्ने हेतृुले चौतारा स्पोर्टिङ क्लबले नगरस्तरियदेखि खुल्ला फूटबल प्रतियोगिताको आयोजनासँगै फूटबल सम्वन्धी विविध प्रशिक्षण लगायतका कार्यहरु गर्दै आएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्