सिन्धुपाल्चोकमा कुन पालिकामा कति बेरुजू ?

इन्द्रावती कम बेरुजुमा महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार सिन्धुपाल्चोक जिल्लामा इन्द्रावती गाउँपालिकाले सबैभन्दा कम बेरुजु देखाएको छ, जबकि लिसंखु पाखर गाउँपालिकाले सबैभन्दा बढी बेरुजु देखाएको उल्लेख छ। लेखापरीक्षण विवरणअनुसार इन्द्रावती गाउँपालिकाको बेरुजु रकम  १.४६% रहेको छ। यो रकम जिल्लाका अन्य स्थानीय तहहरुभन्दा न्यून हो। लिसंखु पाखर गाउँपालिकाको बेरुजु रकम भने ५.1५ प्रतिशत रहेको छ । महालेखा परीक्षकको प्रतिवेदनले वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिताको अभावले बेरुजु बढेको जनाएको छ। प्रतिवेदनमा समयमै लेखापरीक्षण, सार्वजनिक खर्च विवरण, नियमित अनुगमन र समिक्षालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। यता, लिसंखु पाखर गाउँपालिकाबाट भने अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको…

भोलिबाट चौतारामा ३ दिने योग शिविर

Yogaa

चौतारा । भोलि मंगलबारबाट चौतारामा योग शिविर सञ्चालन हुने भएको छ ।नगर योग समिती चौताराको आयोजनामा हुन लागेको योग शिविर ३ दिनसम्म सञ्चालन हुनेछ ।शिविर प्रत्यक विहान ५ बजेबाट ७ बजेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाद्वारा उद्घाटन हुने शिविरमा योग अभ्याससँगै योग सम्बन्धी विभिन्न प्रस्तुतीकरण पनि रहने नगर योग समितिका अध्यक्ष अप्सरा सापकोटाले जानकारी दिनुभयो ।चौतारा साधना केन्द्रको बार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको शिविरमा ३०० जनाको सहभागिता रहने योग गुरु किरणमान श्रेष्ठले बताउनुभयो । ईन्डियाबाट आउनु भएकी योग गुरु पुज्य साध्वी देवादिति र…

चौतारा भिमसेन मन्दिरको दानपेटिका चोरी

चौतारा भिमसेन मन्दिरको दानपेटिका चोरी

चौतारा भिमसेन मन्दिरको दानपेटिका चोरी चौतारा । सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारास्थित भीमसेन मन्दिरमा रहेको दानपेटिका चोरी भएको छ । आज शुक्रबार दिउँसोको समयमा चोरी भएको स्थानीयले बताएका हुन । दिनभरि खुला रहने उक्त मन्दिरको ढोका साँझ स्थानीय आदित्य श्रेष्ठले बन्द गरि चाबी लगाउन खोज्दा मन्दिरभित्र रकेको दान पेटिका चोरी भएको थाह भएको हो । पेटिकाको आधाभन्दा बढी पैसाले भरिएको उनले जानकारी दिए । लाखौ मूल्यका गरगहना भने सुरक्षित रहेको छ । चोरी पछि स्थानीयले प्रहरीलाई गरेका छन् । बिसौनीbisouni.com

यी तीन पालिकामा भोलिबाट स्थाई बन्ध्याकरण र इम्प्लान्ट /आइ.यु.सि.डिको शिविर हुँदै

इम्प्लान्ट तथा आइ.यु.सि.डिको निशुल्क शिविरको

सन्तानका रहर पुगेकालाई स्थाइ वन्ध्याकारण गर्दै जनस्वास्थ्यचौतारा । के तपाईलाई सन्तानको रहर पुगिसकेको छ ? कि जन्मान्तर राख्न चहानु भएको छ ? छ भने जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले  सन्तानका रहर पुगिसकेकाहरुलाई स्थाइ वन्ध्याकरण भ्यसेक्टोमी र  जन्मान्तर राख्न चहाने दम्पतिलाई परिवार योजनाको साधन इम्प्लान्ट तथा आइ.यु.सि.डिको निशुल्क शिविरको आयोजना गर्दैछ  ।जनस्वास्थ्य कार्यालयले जिल्लाका तीन स्थानीयतहलाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गर्न लागेको जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो ।स्थानीय तहसँगको सहकार्य एव्म समन्वयमा  यो कार्यक्रम यही फागुनको २२ गतेबाट सुरु हुँदैछ । फागुन २२ गते मेलम्ची नगरपालिकास्थिथत मेलम्ची स्वास्थ्य केन्द्रमा यी दुबै…

बिहानै भूकम्पको महसुस ! जनजीवन त्रसित

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.१ म्यग्निच्युडको भूकम्पआज शुक्रबिहानै भुकम्पको झट्का महसुस गरिएको छ ।बिहाना २ .५२निनेट ५.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर गएको भूकम्प धक्का महसुस काठमाण्डु लगायत बिभिन्न स्थानमा गरिएको छ । बिसौनीbisouni.com

बिदा दिएर हैन रचनात्मक कार्य गरेर मनाइयो चौतारामा जनयुद्ध दिवस

Janayuddh

बिदाको साटो रचनात्मक कार्यसँगै मनाइयो चौतारामा जनयुद्ध दिवस ।चौतारा । जनयुद्ध दिवसको अबसरमा गत बर्ष नगरमा सार्वजनिक बिदा घोषणा गरेको चौतारा साँगाचोकगढी नगरपालिकाले यसपटक भने सार्वजनिक बिदा दिएन । ३० औं जनयुद्ध दिवसको अवसरमा नगरपालिका बिदाको साटो रचनात्मक कार्य गरेकोछ ।दस बर्षिय जनयुद्धको क्रममा २२ जनाले सहादत प्राप्त कुबिण्डेमा नगरपालिकाले स्वास्थ्य शिविरको आयोजना गरेर जनयुद्ध दिवस मनाएको हो ।चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर एवम माओवादी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा र केन्द्रीय सदस्य माधव सापकोटाको स्वास्थ्य जाँचसहित सुरु भएको शिविर ३ सय भन्दा बढी स्थानीयले सेवा लिए शिबिरमा जनरल फिजिसियन सेवा, दन्त…

केशव नेपाल माओवादी केन्द्र सिन्धुको इन्चार्ज

माओवादी सिन्धुमा केशव

नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लामा इन्चार्जहरुको टुंगो लगाएको छ । सिन्धुपाल्चोकको ईन्चार्जमा केशव नेपाललाई तोकिएको छ। केन्द्रीय समिति बैठकको म्यान्डेटअनुसार हालै बसेको माओवादीको पदाधिकारी बैठकले जिल्ला इन्चार्जहरुको टुंगो लगाएर मातहतका कमिटीमा सर्कुलर पठाएको छ ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा कार्य विभाजनसहितको सर्कुलर मातहतका कमिटीमा आइतबार गएको छ । बिसौनीbisouni.com

ब्लड डोनर्स एसोसियसन सिन्धुपाल्चोको अध्यक्षमा कसजू

डोनर्स एसोसियसन सिन्धुपाल्चोको अध्यक्षमा कसजू

डोनर्स एसोसियसन सिन्धुपाल्चोको अध्यक्षमा कसजूचौतारा । छरेर रहेका रक्तदाताहरुलाई गोलबन्द गर्दै रक्तदानलाई प्रवद्र्धन गर्ने उदेश्यका डोनर्स एसोसियसन सिन्धुपाल्चोको अध्यक्षमा कसजूचौतारा । छरेर रहेका रक्तदाताहरुलाई गोलबन्द गर्दै रक्तदानलाई प्रवद्र्धन गर्ने उदेश्यका ब्लड डोनर्स एसोसियसन सिन्धुपाल्चोको अध्यक्षमा कसजूचौतारा । छरेर रहेका रक्तदाताहरुलाई गोलबन्द गर्दै रक्तदानलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ सिन्धुपाल्चोक जिल्लामा ब्लड डोनर्स एसोसियसन सिन्धुपाल्चोक जिल्ला शाखा गठन भएको छ । आईतवार वरिष्ठ पत्रकार सुरेश कसजुको अध्यक्षतामा १५ सदस्य सहितको जिल्ला शाखा गठन भएको हो ।सदस्यहरुमा नेपाल स्काउट सिन्धुपाल्चोकबाट मिना देवी श्रेष्ठ, सेवा कम्युटर चौताराका प्रभात श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकबाट दिपक…

जेष्ठ नागरिक भत्ता व्यवस्थाले मख्ख, पाउनै सास्ती बनायो दिक्क

जेष्ठ नागरिक भत्ता व्यवस्थाले मख्ख, पाउनै सास्ती बनायो दिक्क

जीवन श्रेष्ठ छोराबुहारीले निर्वाह गर्नुपर्ने कर्तव्य बुढेसकालमा आफैले निर्वाह गर्नुपर्दा ज्येष्ठ नागरीहरूले थप पीडा र सकसको महसुस गर्न थालेका छन् । सिन्धुपाल्चोक ।ज्येष्ठ नागरिक जिउँदा इतिहास हुन् । जसको अनुभव र अनुभूतिले समाजलाई नैतिकता, परम्परा र संस्कृति संरक्षण र संवद्र्धन गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । ज्येष्ठ नागरिकहरूकै योगदानले अहिलेको पुस्तालाई सही मार्गदर्शन र सन्तुलित समाज निर्माण गर्न सहयोग पु¥याउँछ । तर, विडम्बना तिनै ज्येष्ठ नागरिकहरू विविध समस्याको मारमा छन् । आर्थिक परनिर्भरता, स्वास्थ्य समस्या, उपेक्षा, र एक्लोपनले उनीहरूलाई आफ्नो जीवन आफैलाई बोझ भएजस्तो लाग्न थालेको छ । परिवारमा…

चौताराबासीले आजबाट गुणस्तरीय पानी पिउन पाउने

चौताराबासीले आजबाट गुणस्तरीय खानेपानी पिउन पाउने

चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र आसपासका उपभोक्ताहरुले आजबाट स्वच्छ एवम् गुणस्तरिय खानेपानी पिउन पाउने भएका छन् । आम उपभोक्तालाई खानेपानी व्यवस्थापन र वितरण गर्दै आएको जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाई समितिले आजबाट गुणस्तरी खानेपानी प्रशोधन केन्द्र ( ट्रिटमेन्ट प्लान्ट ) सञ्चालनमा ल्याएपछि उपभोक्ताहरुले गुणस्तरिय एवम् स्वच्छ खानेपानी पिउन पाउने भएका हुन् । यसअघि मूलबाट ल्याइएको पानीलाई सिधै दारेगौडास्थित ट्याँकीमा झारेर उपभोक्तालाई वितरण गर्दै आएको थियो । अहिले भने प्रशोधन भएर त्यही पानी उपभोक्ताको घरघरमा पुग्नेछ । प्रशोधन केन्द्रको खानेपानी मन्त्री प्रदीप यादवले आजै उद्घाटन गर्नुभयो…