माओवादी केन्द्र, चौतारा साँगाचोकगढी नगर समितिको अध्यक्षमा श्रेष्ठ विजयी

Maoist Chautara

ने.क.पा (माओवादी-केन्द्र) चौतारासाँगाचोकगढी नगर समितिको तेस्रो नगर सम्मेलनबाट श्याम कृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । सहमतिका प्रयास सफल हुन नसकेपछि भएको निर्वाचनमा श्रेष्ठ ३८ मतसहित बिजयी भएका हुन । उनका प्रतिद्वन्दी दधिराम पराजुलीले कूल ५१ मतमा १३ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा लगायत अन्य पदाधिकारी भने सर्वसम्मत चयन भएकोछ । प्राप्त विवरण अनुसार
उपाध्यक्षमा तारा देवि राना, चुडामणि नेपाल
र रामकुमार लामा चयन भएका छन् ।
सचिवमा रामशरण वि.क, सह- सचिव रवि खत्री , कोषाअध्यक्षमा अस्मिता वि.क चयन भएका छन् । त्यस्तै निर्वाचन समितिमा सीता पौडेल
अनुशासन समितिमा कुमार शर्मा
लेखा समितिमा रामकृष्ण दंगाल चयन भएका छन् ।
सम्मेलनले ५१ सदस्यनयाँ कार्यसमिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्