कक्षा कोठामा स्मार्ट टीभी जडान गरिएको र उक्त टिभीमा एप्सको माध्यमबाट पाठ्यपुस्तकबाट पढाइ हुने सबै पाठहरु समावेश भएकाले साना विद्यार्थीहरुलाई अध्ययन गर्न र बुझ्न पनि सजिलो हुने सिन्धुपाल्चोक, सुनकोसी । सुनकोशी गाउँपालिकाका विद्यालयमा स्मार्ट कक्षा कोठा बालविकासमा अध्ययनरत साना विद्यार्थीहरुलाई लक्षीत गरेर सामुदायिक विद्यालयहरुमा डिजीटल कक्षा कोठाको व्यवस्थापन गरेर पठन पाठन सुरु गरेको छ । गाउँपालिकाले पहिलो चरणमा गाउँपालिका भित्र ११ सामुदायिक विद्यालयका इसीडी कक्षा कोठामा स्मार्ट कक्षा कोठा व्यवस्थापन गरेर पठन पाठन सुरु गरेको हो । परम्परागत रुपमा पठन पाठन हुदा साना बालबालिकाहरुलाई बुझन कठिन हुने भएपछि नमुनाका रुपमा…
Category: समाचार
सुनकोसीमा बन्यो महिला भवन र कूलघर
दुइ कोठे सामुदायिक भवन निर्माण सम्पन्न भएपछि यस क्षेत्रका महिलाहरुको समुहको भेला बैठक लगायत अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सहज भएको छ सुनकोसी , सुनकोशी गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट बाट निर्माण सम्पन्न भएको महिला भवन र पराजुलीहरुको कुल भवनको उद्घाटन भएको छ । सुनकोशी गाउँपालिका–१ ठोकर्पामा रत्तकाली महिला समुह बाट निर्माण गरिएको कोटगाउँ सामुदायिक महिला भवनको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले उद््घाटन गर्नुभएको थियो । गाउँपालिकाको ५ लाख र स्थानीय जनश्रमदानमा निर्माण सम्पन्न भएको दुइ कोठे सामुदायिक भवन निर्माण सम्पन्न भएपछि यस क्षेत्रका महिलाहरुको समुहको भेला बैठक लगायत अन्य…
एक महिने ड्राइभिङ तालिम समापन
ड्राइभिङ तालिम सम्पन्नसीप सिकौं आत्मनिर्भर बनौं भन्ने मुल नाराका साथ सुरु भएको एक महिने महिला ड्राइभिङ तालिम आज आइबार सम्पनन भएको छ । नगर महिला सञ्जालद्वारा आयोजित समापन कार्यक्रममा सहभागी ३० जना महिलालाई प्रमुख अथिति एवम् चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले प्रमाणपत्र प्रदान गर्नुभयो ।सो अवसरमा उहाँले महिलाहरुको आत्मविश्वास र क्षमता अभिवृद्धिसँगै सीपबाट आत्मनिर्भर बन्नका लागि तालिम सकारात्मक भएको धारणा राख्नुभयो । हरेक तह तप्कामा महिलाको उपस्थितिमा मात्र हैन क्षमता र सीप अभिवृद्धि गर्दै महिला सशक्तिकरणका लागि सबै महिलाहरु एकजुट हुनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा वडा न ५…
सिन्धुमा बजेट : कुन पालिकालाई बढी बजेट ?
१२ पालिका रहेको सिन्धुपाल्चोकमा सबैभन्दा बढी बजेट चौतारा साँगाचोकगढी नगरपालिकालाई विनियोजन गरिएको छ । सरकारद्वारा प्रस्तुत आर्थिक बर्ष २०८०/ ८१ को बजेट अन्तर्गत सबैभन्दा कम बजेट भोटेकोसी गाउँपालिकालाई विनियोजन गरिएको छ चौताराले ६७ करोड ६ लाख बजेट विनियोजन हुँदा भोटेकोसीलाई जम्मा २७करोड ६४ लाख मात्र विनियोजन गरिएको छ । समानीकरण, सशर्त र विषेश अनुदानसमेत गरि विनियोजित बजेट अनुसार मेलम्ची नगरपालिका सबभन्दा बढी बजेट पाउनेमा दोस्रा भएको छ भने तेस्रोमा इन्द्रावती गाउँपालिका परेको छ । यस्तो छ सबै पालिकाको बजेट : १.चौतारा साँगाचोकगढी नगरपालिका – ६७.०६ करोड२.मेलम्ची नगरपालिका – ६१.६४ करोड३.बाह्रबिसे…
पत्रकार कसजू अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत
हेटौंडा । पत्रकार एवम साहित्यकार सुरेश कसजू अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । १६ औं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौंडामा एक समारोहकाबीच पत्रकार कसजुलाई रु २० हजार नगदसहित अग्रज पत्रकारिता पुरस्कार प्रदान गर्नु भएको हो । बागमती प्रदेशभित्रका ३० बर्ष भन्दा लामो समय पत्रकारितामा समर्पित पत्रकारहरुलाई पुरस्कृत गर्दै लाने उदेश्यका साथ यो पुरस्कारको शुरुआत भएको बताइन्छ ।पुरस्कृत कसजू सिन्धुपाल्चोकका एक जुझारु पत्रकार हुनुहुन्छ । २०४६ सालदेखि निरन्तरता पत्रकारितामा समर्पित कसजू अहिले पनि पत्रकारितामा उत्तिकै सक्रिय र कृयाशिल हुनुहुन्छ । अहिले कसजू सर्वपक्ष राष्ट्रिय…
प्रशासनको सेवा प्रवाहमा परिवर्तन ! एकै दिनमा बन्ने गर्छ नागरिकता, राहदानी, परिचयपत्र
यसअघि नागरिकता लिन पनि घण्टौ लाग्ने गर्दै आइरहेको थियो । कतिपयको त बासै बस्नु पर्ने वाध्यात्मक अवस्था हँदै आएको थियो । अहिले सेवाग्राहीहरुले एकै दिनमा त्यो पनि विना झन्झट फटाफट काम हुने गरेको प्रमुख जिल्ला अधिकारी न्यापानेको भनाईछ । १२ जेठ, २०८०, चौतारा । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले कार्यालयबाट प्रदान हुने सेवामा सुधार भएको जनाएको छ । आज एक पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले प्रशानसन कार्यालयबाट प्रदान हुँदै आएको नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरुमा ब्यापक सुधार भएको दावी गर्नु भएको हो । अहिले एकै दिनमा…
लिसंखुपाखरले खेलाडीलाई सहयोग गरेपछि हौसिए खेलाडी
लिसंखु पाखर गाउँपालिका वडा नं ५ की काजल सार्कमा स्वर्ण पदक बिजेता खेलाडी हुन् । यहि जेठ १५ गते देखि अजरबैजानमा हुने विश्व तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउन चाहेकी उनलाई खर्च अभावले अप्ठेरो परेको थियो । गाउँपालिकाको सहयोग पछि अब उनले खेल्न जान पाउने भएकोमा खुसी व्यक्त गरेकी छन् । १० जेठ, काठमाडौं । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले विश्व तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई दुई लाख नगद सहयोग गरेको छ ।बुधबार नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले सहयोग रकमको चेक खेलाडी…
सिन्धुपाल्चोक बेसबल तथा सफ्टबल संघ गठन
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा बेसबल तथा सफ्टबल संघ गठन भएको छ । प्रमोद लामाको अध्यक्षतामा जिल्ला बेशबल तथा सफ्टबल संघ गठन भएको हो । जिल्लालाई बेसबल तथा सफ्टबलका मार्फत पनि चिनारी बनाउने उद्देश्यका साथ गठित बेसबल तथा सफ्टबल संघको उपाध्यक्षमा राजेन्द्र गदाल र इसान क्रान्ति घिमिरे रहेका छन् भने सचिवमा दिपक योञ्जन र कोषाध्यक्षमा अञ्जना दुलाल रहेका छन् ।त्यस्तै संघको सदस्यमा विक्रम लामा, सन्तोष खड्का, भीम बहादुर तामाङ, कुसुम लामा, सन्तोष सापकोटा र रोसन ढुंगाना चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा प्रबोद लामा र प्रदेश प्रतिनिधिमा राजेन्द्र गदाल चयन भएका…
जनताको उपचारको जिम्मा सरकारले लिन्छ – स्वास्थ्यमन्त्री बस्नेत
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलले सरकार जनताको स्वास्थ्यप्रति समवेदनशील भएको बताउँदै जनताको उपचारको जिम्मेवारी सरकारले लिने धारणा व्यक्त गर्नुभएको छ । विहीबार सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका वडा न ३ ठोकर्पास्थित एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री बस्नेतले उपचार नपाएर डिप्रेशन हुँदै मृत्युको मुखमा जानुपर्ने नेपालीहरुको वाध्यतालाई सरकारले गम्भीर ढंगबाट लिएको भन्दै अब त्यस्तो वाध्यताको अन्त्य हुने बताउनुभयो । “सरकार जनताको स्वास्थ्यप्रति समवेदनशिल छ” मन्त्री बस्नेतले भन्नुभयो “अब कोही नेपाली उपचार गर्न नसकेर मृत्युको मुखमा पर्ने छैनन्, उपचारको जिम्मा सरकारले लिनेछ” ।आफ्नो जीवनशैलीलाई परिवर्तन…
मन्दिर बन्दा खुशीले भरियो मन (भिडियो रिपोर्ट)
चाैतारा । सिन्धुपाल्चोकको चौतारास्थित ११५ वर्ष पुरानो कृष्ण मन्दिर पुनर्निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ। २०७२ सालको भूकम्पले ध्वस्त भएको कृष्ण मन्दिर ८ वर्षपछि पूरानै शैली र ढाँचामा पुनर्निर्माण हुन लागको हो लामो समयदेखि जस्ताको टहरामा पूजापाठ गर्दै आएका चौताराका स्थानीयले फेरि मन्दिरमा पूजा गर्न पाउने भएका छन् ।पुननिर्माणको काम धमाधम भइरहँदा अबको केहिदिनमा मन्दिरबाट पूजापाठ हुनेमा आशावादी देखिन्छ मन्दिर भत्किएपछि दैनिक हुने भजनकृतन रोकिएको छ। र मन्दिरको निर्माणसंगै यहाँका स्थानीय कला संस्कृतिले सहजता पाउने भएका छन् गत चैत ६ गतेबाट सुरु भएको निर्माण कार्य यही आर्थिक वर्षभित्र सकिने निर्माण…
