सिन्धुमा बजेट : कुन पालिकालाई बढी बजेट ?


१२ पालिका रहेको सिन्धुपाल्चोकमा सबैभन्दा बढी बजेट चौतारा साँगाचोकगढी नगरपालिकालाई विनियोजन गरिएको छ ।

सरकारद्वारा प्रस्तुत आर्थिक बर्ष २०८०/ ८१ को बजेट अन्तर्गत सबैभन्दा कम बजेट भोटेकोसी गाउँपालिकालाई विनियोजन गरिएको छ

चौताराले ६७ करोड ६ लाख बजेट विनियोजन हुँदा भोटेकोसीलाई जम्मा २७करोड ६४ लाख मात्र विनियोजन गरिएको छ ।

समानीकरण, सशर्त र विषेश अनुदानसमेत गरि विनियोजित बजेट अनुसार मेलम्ची नगरपालिका सबभन्दा बढी बजेट पाउनेमा दोस्रा भएको छ भने तेस्रोमा इन्द्रावती गाउँपालिका परेको छ ।

यस्तो छ सबै पालिकाको बजेट :

१.चौतारा साँगाचोकगढी नगरपालिका – ६७.०६ करोड
२.मेलम्ची नगरपालिका – ६१.६४ करोड
३.बाह्रबिसे नगरपालिका – ३८.१३ करोड
४.बलेफी गाउँपालिका – ३१.०२ करोड
५.जुगल गाउँपालिका – ३३.८६ करोड
६.इन्द्रावती गाउँपालिका – ४२.८ करोड
७.त्रिपुरासुन्दरी गाउँपालिका – २९.२८ करोड
८.पाँचपोखरी गाउँपालिका – ३४.१२ करोड
९.भोटेकोशी गाउँपालिका – २७.६४ करोड
१०.लिसंखु पाखर गाउँपालिका – ३१.१३ करोड
११.सुनकोशी गाउँपालिका – ३६.६० करोड
१२.हेलम्बु गाउँपालिका – ३२.१९ करोड

सिफारिस

प्रतिकृया दिनुहोस्