सुनकोसीमा बन्यो महिला भवन र कूलघर

दुइ कोठे सामुदायिक भवन निर्माण सम्पन्न भएपछि यस क्षेत्रका महिलाहरुको समुहको भेला बैठक लगायत अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सहज भएको छ

सुनकोसी , सुनकोशी गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट बाट निर्माण सम्पन्न भएको महिला भवन र पराजुलीहरुको कुल भवनको उद्घाटन भएको छ । सुनकोशी गाउँपालिका–१ ठोकर्पामा रत्तकाली महिला समुह बाट निर्माण गरिएको कोटगाउँ सामुदायिक महिला भवनको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले उद््घाटन गर्नुभएको थियो ।

गाउँपालिकाको ५ लाख र स्थानीय जनश्रमदानमा निर्माण सम्पन्न भएको दुइ कोठे सामुदायिक भवन निर्माण सम्पन्न भएपछि यस क्षेत्रका महिलाहरुको समुहको भेला बैठक लगायत अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सहज भएको रक्तकाली महिला समुहकी अध्यक्ष उषादेवी खनालले जानकारी दिइन। मासिक २० रुपियाँ बचत संकलन गरेर सुरु भएको रक्तकाली महिला समुहमा हाल ६५ जना सदस्यहरु रहेका छन् । महिलाहरुको बैठक, भेला बस्दा धेरै नै समस्या हुने गरेको थियो, अहिले भवन बनेपछि धेरै सजिलो भएको समुहकी सचिव शर्मीला नेपालीले बताइन ।

सुरुदेखि नै भवन निर्माणका लागि आफुहरुले आग्रह गरेपनि कसैले वास्ता नगरेको र अहिलेका जनप्रतिनिधिहरु आएपछि भने आफुहरुको माग सुनुवाई भएको सचिव नेपालीले बताइन ।

गाउँपालिकाको सहयोगमा निर्माण सम्पन्न भएको भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले आफुहरु निर्वाचीत भएर आएको एक वर्षमा गाउँपालिकामा विकास का धेरै कामहरुको सुरुवात भएको र आगामी वर्षदेखि युवा,महिला हरुलाई लक्षीत गरेर रोजगारी सिर्जनाका योजनाहरु अगाढी सार्ने बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले महिलाहरुले समयमा नै भवन निर्माण सम्पन्न गरेर उदहारणीय काम गरेको बताउनु भयो । त्यस्तै सुनकोशी गाउँपालिकाको ३ लाख र स्थानीय जनश्रमदान १ लाख ५० हजार सहित ४ लाख ५० हजारमा सुनकोशी–६ मा निर्माण सम्पन्न भएको पराजुलीहरुको कुल पुजा घरको पनि गाउँपालिका अध्यक्ष तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्