प्रशासनको सेवा प्रवाहमा परिवर्तन ! एकै दिनमा बन्ने गर्छ नागरिकता, राहदानी, परिचयपत्र

यसअघि नागरिकता लिन पनि घण्टौ लाग्ने गर्दै आइरहेको थियो । कतिपयको त बासै बस्नु पर्ने वाध्यात्मक अवस्था हँदै आएको थियो । अहिले सेवाग्राहीहरुले एकै दिनमा त्यो पनि विना झन्झट फटाफट काम हुने गरेको प्रमुख जिल्ला अधिकारी न्यापानेको भनाईछ ।


१२ जेठ, २०८०, चौतारा । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले कार्यालयबाट प्रदान हुने सेवामा सुधार भएको जनाएको छ ।

आज एक पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले प्रशानसन कार्यालयबाट प्रदान हुँदै आएको नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरुमा ब्यापक सुधार भएको दावी गर्नु भएको हो ।

अहिले एकै दिनमा कुनै पनि नागरिकको नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी समेत बन्ने गरेको उहाँले जानकारी दिनुभयो ।

नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता प्रमाणपत्र, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउने कार्यमा सुधार आएकोमा पत्रकारहरुले पनि सहमति जनाएका थिए ।

सेवाग्राहीको सन्तुष्टिको आधार : प्रशासनमा व्यापक सुधार

उहाँले विपद व्यवस्थापनको सवालमा पनि जिल्ला विपद व्यवस्थापन समितिबाट विशेष कार्य हुँदै आएको बताउनु भयो । व्यवस्थापन समितिका संयोजकसमेत रहनु भएका

विपदको क्षेत्रमा सरकारले विनियोजन गरेको बजेट सबै जिल्लालाई बराबारी हुने गरेको र यसबाट सिन्धुपाल्चोक जस्तो विपदग्रस्त क्षेत्रलाई अन्याय भएको उहाँको कथन छ । सिन्धुपाल्चोकको अवस्थालाई अध्ययन गरि बढी बजेट विनियोजन हुनुपर्छ उहाँले भन्नुभयो । अब आउने बजेट सिधै पालिकामा जाने पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले प्रशासन कार्यलयबाट भए गरेका उल्लेखनीय कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विपद व्यवस्थापन, सेवा प्रवाह, लगायतका विषयमा झल्दै आएका समस्या र सुधार गरिएको पक्षहरुको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले प्रगति विवरण प्रस्तुत गर्दै प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रममा विदुर आचार्य , ज्ञानेन्द्र तिमल्सिना, दिनेश दुलाल र रत्नप्रसाद श्रेष्ठ लगायतका स‍चारकर्मीले जिज्ञासा राख्नु भएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्