पत्रकार कसजू अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत


हेटौंडा । पत्रकार एवम साहित्यकार सुरेश कसजू अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

१६ औं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौंडामा एक समारोहकाबीच पत्रकार कसजुलाई रु २० हजार नगदसहित अग्रज पत्रकारिता पुरस्कार प्रदान गर्नु भएको हो ।

बागमती प्रदेशभित्रका ३० बर्ष भन्दा लामो समय पत्रकारितामा समर्पित पत्रकारहरुलाई पुरस्कृत गर्दै लाने उदेश्यका साथ यो पुरस्कारको शुरुआत भएको बताइन्छ ।
पुरस्कृत कसजू सिन्धुपाल्चोकका एक जुझारु पत्रकार हुनुहुन्छ । २०४६ सालदेखि निरन्तरता पत्रकारितामा समर्पित कसजू अहिले पनि पत्रकारितामा उत्तिकै सक्रिय र कृयाशिल हुनुहुन्छ ।

अहिले कसजू सर्वपक्ष राष्ट्रिय दैनिक, जुगलखबर डटकम र सिन्धु सन्देश साप्ताहिकका सम्पादक/ प्रकाशक हुनुहुन्छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्