सांसद सापकोटाको अथक प्रयासपछि जुरे पहिरो प्रभावितले पाए राहत

चौतारा । सांसद माधव सापकोटाको अथक प्रयासपछि पहिरोबाट प्रभावित भएकाहरुको नाममा संकलित रकम नगदै प्रदान भएको छ ।प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले लामो समयदेखि जुरे प्रभावितहरुको नाममा संकलित रकम नगदै वितरणका लागि निरन्तर प्रयास गर्दै आउनु भएको थियो । आफू निर्वाचित भएसँगै प्रभावितहरुलाई नगदै राहत वितरण गर्न संसदबाट सरकारको ध्यान अकार्षण गर्दै आउनु भएका सांसद सापकोटाको निरन्तरण र अथक प्रयासका कारण पीडितलाई मंगलबार रकम वितरण भएको हो । चुनावी घोषणापत्रमा प्रतिवद्धता जाहेर गरेका सापकोटाले आफ्नो प्रतिवद्धता पुरा भएकोमा खुशी व्यक्त गर्नु भयो । जुरे पहिरोबाट घरबार गुमाउनका साथै स्वजनसमेत गुमाएका…

किरिया गरिएका व्यक्ति घरमा टुप्लुक्क!

बिर्तामोड (झापा) । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको छ। कनकाई नगरपालिका–४, कोटीहोममा १७ दिन पहिले बेवारिसे शव फेला परेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाले मुचुल्का तयार ग¥यो र शवलाई आफन्तको पहिचान नहुन्जेलसम्मका लागि शवगृह भद्रपुरमा छाडिदियो। सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचार गरियो। आफन्तले…

मेलम्ची खानेपानी मूहानमा संसदीय समितिको निरीक्षण

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको संसदीय समितिले निरीक्षण गरेको छ ।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको टोली आयोजनाको मूहानस्थलमा पुगेर निरीक्षण गरेका हुन् ।निरीक्षण पश्चातको आयोजित छलफल कार्यक्रममा अध्यक्ष तिमल्सिना आयोजना लम्बिंदा लागत बढ्ने बताउभयो । उहाँले विभिन्न महत्वपुर्ण आयोजनाहरुको समयअवधी विभिन्न कारणले लम्बिंदा लागत बढ्ने बताउँदै समयमै काम सक्नुपर्नेमा जोड दिनुभयो ।कुनैपनि आयोजना सञ्चालन गरिरहँदा यसबाट प्रभावित हुने अन्य उपआयोजनाहरुका बारेमा ध्यान दिनुपर्ने बताउँदै अध्यक्ष तिमल्सिनाले एकैपटक एकिकृत ढंगले काम गर्न सकेमा कामले गति लिनका साथै समयको बचत र लागतमा पनि कमि आउने बताउनुभयो ।मेलम्चीको पानी वितरणका लागि काठमाडौंमा भइरहेको…

मोबाइल पत्रकारिता तालिम सम्पन्न

mobile journalism training

चौतारा । विगत ४ दिनदेखि चौतारामा सन्चाल हुँदै आएको मोबाइल पत्रकारिता तालिम आइतबार सम्पन्न भएको छ ।सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको समन्वयमा भएको मोबाइल पत्रकारिता तालिममा बागमती प्रदेशभित्रका २६ जना सञ्चारकर्मीहरू सहभागी थिए ।समापन कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले पत्रकारिताले समाज, राजनीति, संस्कृति सबै क्षेत्र, लिङ्ग लगायतको सम्बोधन गर्ने भएको हुनाले यसको सही सदुपयोग गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयोनेपाल पत्रकार माहासंघ सिन्धुपाल्चोक शाखा अध्यक्ष जीवन श्रेष्ठले पत्रकारहरु हरेक घटना परिघटनाहरु सँग update हुनाका साथै समयसापेक्ष आफ्नो क्षमता र सीपमा पनि upgrade…

उजुरी हाल्न सिन्धु प्रशासनको आव्हान

चौतारा । सिन्धुपाल्चोक जिल्लामा अनुचित लेनदेन (मिटर ब्याज)बाट पीडित भएकाहरुलाई उजुरी दिन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ ।प्रशासन कार्यालयले दोस्रोपटक सूचना जारी गर्दै मिटर ब्याजबाट पीडित भएकाहरूलाई निवेदन दिन सूचना जारी गरेको हो ।जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम कृष्ण श्रेष्ठका अनुसार जेठ १ गतेदेखि ७ गतेसम्म पीडितले सबुद प्रमाणसहित जिल्ला प्रशासन कार्यालयभित्र रहेको सहायता कक्षबाट वा सिधै अनलाइन लिंक प्रयोग गरेर पनि निवेदन दिन सकिनेछ । बिसौनीbisouni.com

चित्रमय वनदेवी (फोटो फिचर)

विद्यार्थीहरु स्वभावले नै चित्रप्रति आकर्षित हुने र चित्रबाट पनि शिक्षा दिन सकिने प्रधानाध्यापक राईको विश्वास छ । चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित वनदेवी माध्यमिक विद्यालयका भित्ताहरु चित्रमय भएका छन् । विद्यालयमा शैक्षणिक वातावरण निर्माण गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्ने हेतुले भवनका खाली भित्ताहरुमा शैक्षिक र सन्देशमुृलक चित्रहरु कोर्न लगाएको विद्यालय जनाएको छ । कक्षा कोठाभित्र मात्र हैन विद्यालय परिशरभित्र पनि शैक्षिक वातावरण सिर्जना हुनु आवश्यक भएकाले यस्ता सन्देश र शिक्षामूलक चित्र कोरिएको प्रधानाध्यापक दीपक राईले बताउनु भयो । विद्यार्थीहरु स्वभावले नै चित्रप्रति आकर्षित हुने र चित्रबाट पनि शिक्षा दिन…

सिन्धुपाल्चोक क्रिकेट संघ गठन

मेलम्ची ।क्रिकेट खेलको बिकाससंगै सम्भावना युक्त खेलाडी उत्पादन गर्ने उदेश्यले पहिलो पटक सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन भएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार सम्पन्न भेलाले बिजय कुमार धितालको अध्यक्षतामा एघार सदस्यीय तदर्थ समिति गठन गरेको हो ।समितिको उपाध्यक्ष राजन धिताल, सचिब अजय कुमार धिताल, कोषाध्यक्ष राजु सापकोटा, सदस्यहरुमा विजेश श्रेष्ठ, प्रकाश सापकोटा, रुद्रशरण श्रेष्ठ, दिलिप लामा, सागर खड्का, सन्तोष चौलागाई, अनिल कुमार धिताल रहेका छन् । कार्यक्रममा स्थानीय वडाका जनप्रतिनिधी तथा समाजसेवीको समेत उपस्थिती रहेको थियोतदर्थ समितिको भेलालाई सम्बोधन गर्दे मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पछिल्लो समय क्रिकेटले पाइरहेको…

प्रचण्ड सरकारले खाद्यान्न सामाग्रीको भाउ घटायो

मंहगी र भ्रष्टाचारले गाँजेको मूलुकमा विस्तैरै मंहगी नियन्त्रणसँगै भ्रष्टाचारमाथि कारबाहीको तदारुकता देखाउन थालेपछि अहिले माओवादीप्रति जनताको लगाव फेरि बढ्न थालेको बताइन्छ । काठमाण्डौ । एकातिर भ्रष्टाचारीहरु भागभाग हुने गरि नक्कली भूटानी शरणार्थीको फाइल खोलेर सुशासन स्थापना गर्न प्रयत्नशील प्रचण्ड सरकारले जनतालार्इ पनि प्रत्यक्ष राहत हुने गरि मंहगी पनि नियन्त्रण गरेको छ ।मंहगीको मारमा दैनिकी धान्न नै हम्मे हम्मे परिरहेको नागरिकलाई प्रधानमन्त्री प्रचण्डको सरकारले हालै विभिन्न खाद्या समाग्रीको भाउ घटाएपछि यतिखेर जनताले राहतको महसुस मात्र गरेका छैनन्, प्रचण्ड सरकारको गुणगान पनि गाउन थालेका छन्माओवादी नेतृत्वको यो सरकारले खाने तेलको मूल्यमा मात्र…

नक्कली चालक बनेर अभिनय गर्न खोज्दा प्रहरीको फन्दामा

घटना घटेको बेलाका चालक तामाङसँग सवारी साधन अनुमति पत्र नभएको र उनलाई बचाउन लाइसन्स प्राप्त चालक बस्नेतले आत्मसमर्पण गर्न आएको प्रहरी उपरीक्षक बाल नरसिं राणाले बताए । चौतारा । दुर्घटना पश्चात आफू सक्कली चालक हुँ भन्दै नक्कली चालकलाई बचाउन प्रहरी सामू उपस्थित भएका एक नक्कली चालकलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६ पीपलडाँडाका ३० बर्षिय इश्वर बस्नेतलाई प्रहरीले पक्राउ गरि प्रमाण दबाउन नहुने सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडी बढाइएको हो ।घटना विवरण अनुसार बैशाख २५ गते राति २ बजे हेलम्बु गाउँपालिका वडा न…

काठमाण्डौंभरि निशुल्क एम्बुलेन्स सेवा सुरु

मेयर बालेन शाहले आफ्नो फेशबुक वालमा सो सुविधाको जानकारी गराउनु भएको हो । काठमाण्डौं । उपचार गर्न अस्पताल जानका लागि काठमाण्डौंका विरामीहरुले निशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । काठमाण्डौं महानगरपालिकाले काठमाण्डौंभरि २४ घण्टा नै १०२ नम्बरमा फोन कल गरि निशुल्क एम्बुलेन्स सेवा सुविधा प्राप्त गर्न सकिने जानकारी दिएको छ । मेयर बालेन शाहले आफ्नो फेशबुक वालमा सो सुविधाको जानकारी गराउनु भएको हो । बिसौनीbisouni.com