सिन्धुपाल्चोक भोटेकोसी केन्द्रविन्दु भएर भूकम्प

चौतारा । सिन्धुपाल्चोक भोटेकोसी केन्द्रविन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको छ ।
वुधवार ३ बजे र ८ मिनेट जाँदा भूकम्प धक्काको महसुस भएको हो ।
भूकम्पको धक्का काठमाण्डौ लगायत गोरखा चितवन काभ्रे र जनकपुसम्म लगायतका जिल्लासम्म महसुस गरिएकका थियो । भूकम्प मापन केन्द्रको अनुसार सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिका कोदारी केन्द्र विन्दु भएर भूकम्प गएको हो । भूकम्प धक्काको महसुस भएपछि स्थानीयहरु घरघरबाट सडकमा निस्किएका थिए ।

केन्द्रविन्दु नजिक लिस्ति मार्मिङ लगायतका ठाउँमा भूकम्पको ठूलै धक्का महसुस भएको स्थानीय अर्जुनबहादुर सापकोटाले जानकारी दिएका छन् ।

त्यस लगत्तै ३ बजेर ५३ मिनेट जाँदा अर्को भूकम्पको पनि धक्का महसुस भएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्