दुगुनागढीमा दौड ! नाम दर्ता गर्ने अवधि २ दिन बाँकी

कार्तिक १७ गते दुगुनागढीमा दौड । नाम दर्ता गर्ने अवधि २ दिन बाँकी
चौतारा । एकातिर झण्डै पाँच किलोमिटरको सप्ठ्यारा सडक, अर्कोतिर बाँकी अप्ठ्यारा र डरलाग्दो भीरको गोरेटो छिचोल्दै धावकहरुले आफ्नो गन्तव्य चुम्नु पर्ने छ । विश्व युद्धताका नेपाली सेनाले नेपाल भोट युद्धको बेला प्रयोग गरेको एैतिहासिक मार्ग नै मार्ग भएर सामारिक महत्व बोकेको भोटेकोसीस्थित दुगुनागढीमा जो धावक पहिला पुग्ने छ, उ नै सार्वोत्कृष्ट धावक मात्र हैन, साहसिक धावकको रुपमा समेत घोषित हुने छ र आकर्षक धनराशी सहितको पुरस्कारले पनि सुसझित हुने छ ।
धावकहरुका लागि कुम्भ मेला भनेर चिनिने तेस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेल रेस हेर्न वा सहभागिता जनाउनका लागि भने मात्र ४ दिन बाँकी छ । यो म्याराथनमा सहभागिता जनाउन चाहने खेलाडिहरुले आफ्नो नाम दर्ता गर्नका लागि भने मात्र २ दिन बाँकी रहेको छ । अर्थात कार्तिक १५ गते नाम दर्ता गर्ने अवधि समाप्त हुँदै छ । कार्तिक १७ गते भने स्पर्धा हुने छ ।
गोरखबक्स गण चौताराका गणपति जनक सिलवालका अनुसार ट्रेल रेसमा भाग लिनका लागि गणको चौतारा ब्यारेक, जलेटार ब्यारेक बाह्रबीसे, झिर्पु ब्यारेक र लामोसाँघु ब्यारेकमा स्वयम भाग लिन इच्छुक व्यक्तिले कार्तिक १५ गतेभित्र आफ्नो नाम दर्ता गर्नु पर्ने छ । यो बाहेक इच्छुक व्यक्तिले गोखबक्स गणको इमेल ठेगाना  gorakhbox@gmail.com वा टेलिफोनमार्फत पनि दर्ता गर्न सकिने छ ।
पहिलो र दोस्रो विश्वयुद्ध ताका प्रयोग भएको एैतिहासिक पदमार्ग र गढीको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले भोटेकोसी गाउँपालिकाको आयोजना र श्री गोरखबक्स गण चौताराको सहकार्यमा हुन लागेको यो टे«ल २०७७ सालबाट सुरु भएको हो । लिस्तिकोट दुगुनागढी टे«ल रेस नामले चिनिएको प्रतियोगिताको यो तेस्रो संस्करण पनि हो ।
प्रतियोगितामा खुला, महिला र जिल्लातर्फ बीच छुटाछुटै प्रतिस्पर्धा हुने छ । खुलातर्फ प्रथम हुनेलाई १ लाख दस हजार, द्धितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५५ हजार, चौथौ, पाँचौ र छैठौ हुनेलाई क्रमश ४० हजार ३० हजार २० हजार पुरस्कारको व्यवस्था गरिएको छ भने महिलातर्फ प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ६० हजार ,३५ हजार २० हजारको व्यवस्था गरिएको गणपति सिलवालले जानकारी दिनु भयो । त्यस्तै जिल्लातर्फ पनि प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ः ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कारको व्यवस्थापन गरिएको छ । २४.५ किलोमिटरको यो म्याराथन लार्चास्थित तातोपानी भन्सार कार्यालयको प्राङ्गनबाट सुरु भएर नयाँ पुल हुँदै सामुद्रि सतहबाट २४ सय मिटर उचाईमा रहेको दुगुनागढी पुगेर अन्त्य हुनेछ ।
दोस्रो युद्धताका नेपाल विब्बत लडाईँका क्रममा प्रयोग भएको धार्मिकस्थल लिस्तिमाई मन्दिर र ऐतिहासिक दुगुनागढीलाई प्रचारप्रसारमार्फत पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि म्याराथन प्रतियोगिताको आयोजना हुँदै आएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष नोर्वु छिरिङ शेर्पाले बताए ।

सिफारिस

प्रतिकृया दिनुहोस्