भारतमा १२ मीटर लामो विषालु सर्प किङ कोब्रा फेला परेको छ । कोरवा जिल्लाको सरखेत वनक्षेत्रको मदनपुरमा रहेको एउटा घर नजिकै उक्त खतरनाक सर्प भेटिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त सर्पको लम्बाइ १२ दशमलव ५ मीटर छ । चन्द्रशेखर नामका युवक गत सोमबार बिहान कामका लागि मदनपुर गएका थिए । उनले यहाँ फिरुतु रामको घर नजिकै लामो सर्प देखे । त्यसपछि उनले तुरुन्तै वन विभागलाई जानकारी गराए ।
कोब्रालाई वन विभागका सर्प समात्न सिपालु अविनाश यादवको टोलीले करिब एक घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको बताइन्छ । त्यसलगत्तै उनीहरुले कोब्रालाई जंगलमा पुर्याएर छाडेका हुन् ।
गाउँमा अजङ्गको सर्प भेटिएको खबर फैलिएपछि स्थानीय त्रसित भएको बताइन्छ ।