मतदाताले उम्मेद्वार बस्नेत र दुलाललाई यसो भनेपछि…….

  
चौतारा । निर्वाचन नजिकिँदै छ । नजिकिँदो निर्वाचनसँगै उम्मेद्वारहरुले पनि यसो गर्छु र उसो गर्छु भन्दै मतदाता फकाउन भाषणवाजी मात्र गर्दै आएका छैनन् गाउँवस्तीमा नै पुगेर फकाउन थालेका छन् । यता मतदाताहरुले पनि उम्मेद्वारसँग आआफ्नै माग तेस्र्याउन थालेका छन् । पछिल्लो समय सामाजिक सञ्जलमा सकृय बन्दै आएका चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का बौद्धिक व्यक्तित्व रविन्द्र श्रेष्ठले आफनो क्षेत्रका प्रतिनिधि र प्रदेशसभा सदस्यलाई आफ्नो माग तस्र्याएका छन् । सामाजिक सञ्जल मार्फत तेस्र्याएका उनको माग व्यक्तिगत हैनन् । संघीयतापछि सुनसुन बन्दै गएको चौताराको चपलता फर्कान उनले शिक्षा र पर्यटनसँग जाडिएर विकास निर्माणका काम गर्न प्रतिनिधिसभा सदस्यका उम्मेद्वार मोहन बस्नेत र प्रदेशसभा सदस्यका उम्मेद्वार युवराज दुलालसँग माग गरेका हुन् । अन्य उम्मेद्वारसँग भन्दा पनि यी उम्मेद्वारले गर्छन गर्न सक्छन् भन्ने विश्वासले यी दुईसँग मात्र आफ्नो माग राखेको उनको तर्क छ । खासगरि चौतारालाई ट्रान्जिटप्वाइन्टको रुपमा विकास गर्दै चौताराबाट पाँचपोखरी र जुगल वेश क्यामसम्मको रुट निर्माण गर्न सार्वजनिकरुपमा प्रतिवद्धता जाहेर गर्नुपर्ने माग उनको रहेको छ । यस्तो छ श्रेष्ठको माग ः

 सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार मोहनबहादुर बस्नेतज्यु तथा प्रदेशसभा (क) का उम्मेदवार युबराज दुलाल शरदज्युयहाँहरूले मंसिर ४ को चुनावी घोषणापत्रमा धेरै कुराहरू उल्लेख गर्नुभएकै छ । निर्वाचित भैसकेपछि ढिलोचाँडो ती घोषणाहरू पूरा हुने आशा गर्न सकिन्छ यद्यपि हामी चौतारावासीको तपाईंहरू दुईजनालाई नै एउटा अनुरोध छ । संघीयतापछि चौताराको चहलपहल खस्कँदै गएको छ । हालको संविधानले जिल्ला र सदरमुकामको अवधारणा परिकल्पना नै नगरेकोले यस्तो हुँदै आएको हो । चौतारालाई शैक्षिक र पर्यटकीय हिसाबले अघि बढाउनु पर्छ । त्यसैले सार्वजनिक रूपमा तपाईंहरू दुईजनाले नै चौतारालाई ट्रान्जिट प्वाईण्ट बनाएर चौतारादेखि पाँचपोखरीसम्म सडक मार्ग बनाउने प्रतिवद्धता गर्नुपर्‍यो । त्यसो हुनसके चौतारा बिस्तारै पर्यटन नगरीको रूपमा विकास हुनेछ । यहाँको आर्थिक अवस्था सुध्रनेछ । त्यस्तै साँखु, मेलम्ची, नवलपुर, चौतारा, सेलाङहुँदै जुगलहिमालको रुट खोल्न सकिन्छ । त्यसतर्फ पनि ध्यान जानू पर्छ । यी दुई काम हुनसके चौताराको मुहार फेरिने छ । यति काम तपाईंहरूले आफ्नो प्रतिवद्धतामा उल्लेख गर्नुहुनेछ भन्ने हामी आमचौतारावासीले विश्वास लिएका छौं ।

No description available.

सिफारिस

प्रतिकृया दिनुहोस्