भोलि दरबार डाँडामा हुने भयो भिडन्त

भोलि दरबार डाँडामा हुने भयो भिडन्त
राजेन्द्र रानामगर/चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ८ को दरबार डाँडामा भोलि शुक्रबार भयङ्कर भिडन्त हुने भएको छ ।
भिडन्तमा १४ जना सहभागि हुनेछ । सात सात जनाको समूह बनाई हुन लागेको त्यो भिडन्त कुनै ग्याङ फाइट भन्दा कम हुने छैन । सेता रेखाले कोरिएको निश्चित जमिनभित्र हुने सो भिडन्त हेर्नका लागि दर्शकदिर्घालाई पनि राम्रो ठाउँको व्यवस्थापन गरिएको छ । खुट्टा र टाउका मात्र चलाउन पाइने त्यो भिडन्तमा कसले बाजी मार्ला त्यो हेर्नका लागि भोलि विहान ११ बजेको साइत जुराएको छ ।
भिडन्तमा एक समूह चौताराका जुनीयर युवाहरु हुने छन् भने अर्को साइडमा पीपलडाँडाको युवाहरु हुनेछन् । यो रोमाञ्चक भिडन्तको आयोजना भने मेलचौरस्थित मेलचौर युवा जागरण समाजले गरेको हो ।
समाजको आयोजनामा भोलि भकुण्डो भिडन्त अर्थात फूटबल प्रतियोगिता हुन लागेको हो । दोस्रो मालिकादेवी कप ,सेभेन ए साइट फुटबल प्रतियोगिता नाम दिएको सो भिडन्तको उद्घाटन खेल चौतारा स्पोटिङ क्लब जुनीयर र पीपलडाँडाबीच हुने आयोजकले जानकारी दिएको छ । ३० टिम सहभागि हुने सो प्रतियोगितामा प्रथम हुने टिमले नगद असी हजार हातहाति पाउने छन् भने दोस्रो र तेस्रो हुनेले क्रमश ः चालिस हजार र बीस हजार पाउने छन् । नगद पाउने भएपछि शानदारको ट्रफी, मेडल र प्रमाणपत्र नपाउने त कुरै भएन ।
समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठको अनुसार यो दोस्रो संस्करण हो । यसपटक जिल्लाभरिको ३० टिमले सहभागिता जनाएको छ । प्रतियोगिता प्रत्यक वर्ष निरन्तर भइरहने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
विहीबार प्रतियोगितामा संलग्न खेलाडीहरुले एकअपासमा भिड्नका लागि तालिका बनाउन गोला तानेका थिए । सिष्टोमेटिक तरिकाबाट आयोजना गरेको टाइसेट निर्माण सभाको औपचारिक सत्रमा प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिका, वडा न ७ का अध्यक्ष डम्बरबहादुर तामाङ, वडा न ८ का अध्यक्ष अमृत दंगाल र पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले शुभकामना मन्तव्य दिंदै खेललाई मर्यादित र अनुशासित ढंगबाट सम्पन्न गर्न अनुरोध गरे ।
संस्थाका सचिव सविन दंगालले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व श्रेष्ठले गरेका थिए ।

यस्तो छ खेल तालिका ः

सिफारिस

प्रतिकृया दिनुहोस्