। सुनकोसी । सुनकोसी गाउँपालिकाको बसन्तपुर खेल मैदानमा भएको राष्ट्रपति रनिङ शिल्डको उपाधी चौतारा साँगाचोकगढी नगरपालिकाले जित्न सफल भएको छ ।यो समेत चौतारा साँगचोकगढीले उपाधिमा लगातार तेस्रो पटक कब्जा जमाएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाले लगातार तेस्रो पटक उपाधि जित्दै सधैको लागि शिल्ड आफ्नो कब्जामा लिएको छ ।सुनकोसी गाउँपालिकाकाको बसन्तपुर खेल मैदानमा आज सप्पन्न खेलमा चौतारा साँगाचोकगढी नगरपालिकाले २५ स्वर्ण, ६ रजत र १२ कास्य सहित उपाधी जित्न सफल भएको हो । त्यस्तै हेलम्बु गाउँपालिकाले ६ स्वर्ण, ७ रजत र १ कास्य पदक जित्दै टिम दोस्रो भएको छ । सह–आयोजक…
Author: बिसौनी
जुगल कप भलिबल प्रतियोगिता भोलिबाट
भोलिबाट दोश्रो जुगल भलिबल कप सुरु हुने ।चौतारा । भोलि बिहीबारबाट दोस्रो जुगल नगर मावि स्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।सदरमुकाम चौतारास्थित जुगल बोर्डिङ हाइस्कूलको ३३ औं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित सो प्रतियोगितामा ६ टीमको सहभागिता रहने प्रीन्सिपल ओमप्रकाश उप्रेतिले जानकारी दिनु भयो ।प्रीन्सिपल उप्रेतिका अनुसार प्रथम, दितिय र तृतीयलाई क्रमश : ट्रफी, मेडल र नगद ७०००, ५००० र ३००० हजार पुरस्कारको ब्यबस्था गरिएको छ ।जुगल बोर्डिङ हाइस्कूलको प्राङ्गणमा हुने सो प्रतियोगितामा श्री कृष्ण रत्नगंगा मावि, चौतारा, सिद्धि गणेश मावि, सानोसिरुवारी, सेतीदेवि मावि स्याउले, इर्खु मावि, इर्खु, कालीदेवि मावि…
कोठेमा बन्ने भयो पक्की मोटरवेबल पुल
सुनकोसी । सुनकोशी गाउँपालिका वडा न ७ कोठेमा पक्की मोटरवेबल पुल निर्माण हुने भएको छ । अरनिको राजमार्गको कोठे नजिकैबाट सुनकोशी–७ मा रहेको जाल्पा मावि नजिकै पुल जोडिने छ ।८२ मिटर लामो र ११ मिटर चौडाईको सो पूल यस अघि नै बन्ने भनिएता पनि जग्गा विवादका कारण स्थगित भएको थियो । सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाको विशेष पहल एवम स्थानीयवासी समेत रहनु भएका पत्रकार भुपेन्द्र भण्डारी लगायतको सक्रियतामा पूल निर्माण हुन लागेको हो । यो पुल निर्माण सम्पन्न भएपछि सुनकोसी गाउँपालिका वडा न ६ र ७ का स्थानीय लाभन्वीत हुने…
नगरस्तरीय फूटबल सुरु : इर्खु र स्याउले विजयी
राजेन्द्र रानामगर /चौतारा, २०७९ फागुन २२ । ईर्खु स्पाेर्टस क्लबकाे आयाेजनामा नगरस्तरीय फुटबल प्रतियाेगिता सुरु भएकाे छ । अण्डर १३ सेभेन ए साईट खेलमा १६ टिमकाे सहभागीता रहेकाे छ । उक्त खेलकाे उद्घाटन चाैतारा साँगाचाेकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटाले गर्नु भएको हो । उहाँले खेल सफलताको शुभकामना दिंदै राष्ट्रिय खेलाडीहरुकाे बिकास गर्नुपर्ने कुरामा जाेड दिनु भएको छ ।नगरप्रमुख सापकोटाले स्वास्थ्य र राष्ट्रकाे लागि खेल अतिआवश्य रहेकाे, अझ जीवनकाे लागि पनि उति नै महत्त्व रहेकाे बताउनु भयो । उहाँले जलबायु परिबर्तनकाे असरबारे बहस चलाएर सवैकाे ध्यान खिच्न पर्ने आवश्यकता पनि औंल्याउनु…
मेयर सापकोटाको जापान भ्रमण : सिकाई, अनुभव र पाठ
( जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा जापान गएको नगरपालिका र गाउँपालिकाका प्रमुख, अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको टोली गत साता नेपाल फर्केको छ । भ्रमण मूलतः जापानमा आफूले गरेका र नेपालका स्थानीय तहका जनप्रतिनिधिले सम्पादन गरिरहेका विकास प्रयास देखाउने, सुनाउने र अनुभव साटासाट गर्ने उद्देश्यबाट भएको हो । टोलीमा सहभागी मध्येका चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटासंग ओखरेनी साप्ताहिकले गरेको संवादको आधारमा तयार गरिएको यो यात्रा अनुभव जस्ताका तस्तै ः खसगरि जापानले गरेको प्रविधि र उत्पादनका विषयमा अनुभव लिने ठूलो इच्छा थियो । किनकी त्यहाँबाट सिकेर हामीले पनि यहाँ…
भैरवकुण्डमा बाह्रै महिना पर्यटक
बिदाको समयमा हिँउ खेल्नलगायत मनोरञ्जनका लागि यहाँ अहिले पर्यटक पुग्ने गरेका छन् । ‘आइस’ बनेको ताल, त्यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाको मनोमोहक दृष्य अवलोकन गर्न पाइने भएकाले भैरवकुण्ड पर्यटकको रोजाइमा परेको काठमाडौँ हाइकिङ ग्रुपका संयोजक अनिरुद्र आचार्य बताउँछन् । सिन्धुपाल्चाेक । यहाँको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुन्द्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । त्यसले गर्दा यहाँको चहलपहल बढेको छ । भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेका…
यस्तो बन्दै छ जुगल गाउँपालिकाको प्रवेशद्वार(टेण्डरको सूचनासहित)
कलात्मक र सुन्दर प्रवेशद्वारले जुगल गाउँपालिकालाई थप पहिचान दिने अध्यक्ष स्याङ्बोको विश्वास छ । चौतारा । जिल्लाकै कर्णाल भनेर चिनिने जुगल गाउपालिका प्रवेशका लागि भव्य द्वार बन्ने भएको छ । गाउँपालिकाले आज एक टेण्डर आव्हान गरेपछि गाउँपालिका प्रवेश द्वार बन्न लागेको हो । ५७ लाख ७ हजार पाँचसय उनानब्बे बराबर लागतको टेण्डर आव्हान भएको जुगल गाउँपालिकाको अध्यक्ष रेशम स्याङबोले जानकारी दिनु भयो ।बलेफी र जुगलको सीमाना ढाडेको पुल छिचोलिसकेपछि वडा न ५ को सीमानामा सो पुल बन्ने छ । कलात्मक र सुन्दर प्रवेशद्वारले जुगल गाउँपालिकालाई थप पहिचान दिने अध्यक्ष स्याङ्बोको…
एज ब्राउजर प्रयोगकर्तालाई गिफ्ट
काठमाडौं । इन्टरनेट एक्स्प्लोररको विलयसँगै नयाँ लोगो, नाम र संकल्पसहित उदाएको माइक्रोसफ्ट एज पछिल्लाे समय चर्चामा छ । एआई मोडेलमा आधारित च्याटजीपीटीको फिचरलाई कम्पनीले बिङमा उपयोग गरेको छ । यही फिचरका कारण पनि क्रोम प्रयोग गर्ने प्रयोगकर्ता ‘एज’ मा र गुगल प्रयोग गर्ने बिङ एआई फिचरमा स्थानान्तर हुन थालेका छन् । कम्पनीले हाल प्रयोगकर्तालाई आफ्नो सर्च इन्जिनप्रति आकर्षित गराउन विभिन्न कामहरू गरिरहेको छ । पछिल्लो समय माइक्रोसफ्टले आईओएसमा एज ब्राउजरका लागि नयाँ विज्ञापन सुरु गरेको थियो । सो विज्ञापन आईओएस प्लेटफर्ममा आउटलुक एपका प्रयोगकर्ताहरूलाई लक्षित गरी बनाइएको थियो । अहिले…
नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकको पूर्ण बैठक सुरु
चौतारा । नेकपा ९माओवादी केन्द्र ० जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको पूर्ण बैठक सुरु भएको छ । सदरमुकामस्थित सहिद स्मृति भवनमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संगठन विस्तार र शुद्धिकरण लगायत विषयमा छलफल हुने बताइन्छ ।बैठकमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् निर्वतमान सभामुख अग्निप्रसाद सापकोटा, संघीय सांसद माधव सापकोटा सुवोध, बागमति प्रदेशसभा सदस्यत्रय युवराज दुलाल शरद, सरल सहयात्री, अमृता नेपाल, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।जिल्ला समन्वय समितिकोतर्फबाट प्रतिनिधिसभा सदस्य सापकोटा र प्रदेशसभा सदस्यत्रय दुलाल, यात्री र नेपाललाई बैठकमा सम्मान तथा बधाई अर्पण…
ट्राउटबाट हैबुङका तुलबहादुरको तरकी नै तरकी
काठमाडौँ, २० फागुन । प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना । डाँडाको बीचबाट कलकलाउँदै झरेको पानी संकलित पोखरी । पोखरीमा पौडिएका माछाहरू हेर्दा जो–कोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोकस्थित हाबुङ्ग–२ मा स्थापना गरिएको ट्राउट भिलेज रिसोर्ट एण्ड फार्म । दुई दशक अगाडि ४० लाखमा सो फार्ममा व्यावसायिक माछापालन थालेका तुलकुमार राईले अहिले व्यवसाय बढाउँदै लगानी पनि करिब २० करोड पुर्याएका छन् । सात रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्मले ह्याचरीसमेत सञ्चालन गरी वार्षिक नौ लाख भुरा तथा १७ हजार किलो माछा उत्पादन गर्ने क्षमता विस्तार गरेको छ…
