चाैतारा (२०७९ चैत्र २) सिन्धुपाल्चोक रग्बी संघले चाैतारा साँगाचोकगढी नगरपालिकाकाे सहकार्यमा रग्बी खेल सम्बन्धि २ दिने प्रशिक्षण तथा प्रशिक्षक तालिम सम्पन्न गरेकाे छ । सिन्धुपाल्चोकमा रग्बि खेलकाे सुरुवात गरिएकाे याे पहिलाे पटक हाे । चाैतारामा आयाेजना गरिएकोमा कार्यशाला गाेष्ठीसहितकाे प्रशिक्षण फागुन २९ र ३० गते सञ्चालन गरिएको थियाे । उक्त कार्यक्रमलाई व्यवस्थापन गर्न चाैतारा साँगाचोकगढी नगरपालिकाले सहयाेग प्रदान गरेकाे सिन्धुपाल्चोक रग्बी संघका अध्यक्ष अनन्तप्रकाश श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले प्रमाणपत्र बितरण गरेका थिए । नेपाल रग्बी संघ महिला विभाग प्रमुख एवम्…
Author: बिसौनी
लामा पढ्न वडाको सिफारिसमै बालबालिकालाई लगिन्छ भारत
स्थानीय प्रशासन बेखबर बालबालिका यसरी देश छोडेर भारत जाने गरेको धेरै वर्ष बित्यो । तर, स्थानीय प्रशासन बेखबर छ । जुगल गाउँपालिकास्थित स्थानीय बालबालिकालाई लामा पढ्न बर्सेनि छिमेकी देश भारत लैजाने गरेको पाइएको छ । वडाको सिफारिसमा बालबालिका देशबाहिर गइरहँदा स्थानीय प्रशासन भने बेखबर छ । बालबालिकालाई भारतको बेंग्लोर र धर्मशालास्थित गुम्बामा लगिन्छ । बुद्ध धर्मसम्बन्धी ज्ञान आर्जन गर्ने भन्दै अधिकांश बालबालिकालाई बेंग्लोरको गोपो खजेनमा रहेको डेपुङ गुम्बामा लाने गरिएको छ । यस वर्ष मात्रै भारत पढ्न गएका २३ बालबालिकामध्ये एकजना काठमाडौंको स्वयम्भूबाट हराएपछि यो कुरा बाहिरिएको हो । जुगल–…
घरेलुले मनायो विश्व उपभोक्ताअधिकार दिवस
घरेलुले मनायो विश्व उपभोक्ता अधिकार दिवशनिर्मल बस्नेत(२०७९ चैत्र १) घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुपाल्चोक चौताराले बुधवार प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा एक कार्यक्रम गरि आयोजना गरि विश्व उपभोक्ता अधिकार दिवश मनाएको छ ।“स्वच्छ उर्जा ट्रान्जिसनहरु मार्फत उपभोक्ताहरुलाई सक्षम बनाउँदै “भन्ने मूल नाराका साथ अधिकार दिवश मनाएको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दिर्घकालिन बिकास योजनासंग जोडेर उपभोक्ता अधिकार र स्वच्छ उर्जा ट्रान्जिसनमार्फत सशक्त बनाउदै लैजाने कदमप्रति सवैको ध्यान जान जरुरी रहेको बताएका छन् ।सन् १९ सय ६२ मार्च १५ का दिन तत्कालिन अमेरीकी राष्ट्रपति जोन एफ केनेडीले…
यूएईले पीएनजीलाई ६ विकेटले हरायाे
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले हराएकाे छ । पीएनजीले दिएकाे २ सय ३५ रनकाे लक्ष्य यूएईले ६८ बलअघि नै ३८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै भेटायाे । यूएईका लागि कप्तान माेहम्मद वसीमले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलाे शतक बनाउने क्रममा १ सय १७ रन बनाए । बलिङतर्फ पीएनजीका रिले हिकुरेले २ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायाे । पीएनजीका लागि कप्तान आसाद भालाले सर्वाधिक ६५ रन बनाए…
रेडियो सिन्धुद्वारा अपाङ्गता बालबालिकालाई खाद्यान्न सहयोग
चौतारा, सिन्धुपाल्चोक जिल्लाकै पहिलो एफएम रेडियो रेडियो सिन्धु १०५ मेघाहर्जले आफ्नो बार्षिकोत्सव मनाएको छ । बुधबार रेडियो सिन्धुले चौतारास्थित श्री कृष्ण आविमा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरुलाई खाद्य सामाग्री सहयोग प्रदान गर्दै १५ औं बार्षिकोत्सव मनाएको हो ।रेडियो सिन्धुका स्टेशन मेनेजर रत्न श्रेष्ठले बौद्धिक अपाङ्गताका अभिभावक संघ, सिन्धुपाल्चोकका अध्यक्ष जानकी श्रेष्ठलाई बालबालिकाका लागि खाद्य सामाग्री हस्तान्तरण गर्नु भयो । संघको सकृयतामा सो विद्यालयमा करिब ९ जना अपाङ्गता भएका बालबालिकाहरु आवससहित अध्ययन गर्दै आइरहेका छन् ।कार्यक्रममा स्टेशन मनेजेर श्रेष्ठले अपाङ्गता भएका बालबालिकाहरुका लागि सहयोग गर्न पाउँदा आफूहरु खुशी भएको बताउनु भयो ।…
व्यवसायी बेदबहादुर श्रेष्ठ केन्द्रीय सदस्यमा सिफारिस
२०७९ चैत्र १, चाैतारा । युवा व्यवसायी बेदबहादुर श्रेष्ठलाई आमामी चैत्र २८ र २९ गते हुने नेपाल उद्योग बाणिज्य महासंघको ५७ औँ साधारण सभाका लागि जिल्ला र नगर तर्फको खुल्ला केन्द्रिय सदस्यको उम्मेद्बारका लागि सर्बसहमतिले निर्णय गरेको छ । महासंघको नीति अनुरुप उहाँ जिल्लावाट सिफारिस हुनु भएको हो । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष होम बहादुर बस्नेतको अध्यक्षता चैत्र १ गते बुधबार बसेको संघको कार्यसमितिको पुर्ण बैठकले केन्द्रिय सदस्य कमल कुमार श्रेष्ठको समर्थनमा निबर्तमान अध्यक्ष बेद बहादुर श्रेष्ठ केन्द्रीय सदस्य उम्मेदवारको लागि सिफारिस गरिएको संघको अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले…
राष्ट्रपति रनिङ : तेस्रोपटक पनि चौताराकै पोल्टामा
। सुनकोसी । सुनकोसी गाउँपालिकाको बसन्तपुर खेल मैदानमा भएको राष्ट्रपति रनिङ शिल्डको उपाधी चौतारा साँगाचोकगढी नगरपालिकाले जित्न सफल भएको छ ।यो समेत चौतारा साँगचोकगढीले उपाधिमा लगातार तेस्रो पटक कब्जा जमाएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाले लगातार तेस्रो पटक उपाधि जित्दै सधैको लागि शिल्ड आफ्नो कब्जामा लिएको छ ।सुनकोसी गाउँपालिकाकाको बसन्तपुर खेल मैदानमा आज सप्पन्न खेलमा चौतारा साँगाचोकगढी नगरपालिकाले २५ स्वर्ण, ६ रजत र १२ कास्य सहित उपाधी जित्न सफल भएको हो । त्यस्तै हेलम्बु गाउँपालिकाले ६ स्वर्ण, ७ रजत र १ कास्य पदक जित्दै टिम दोस्रो भएको छ । सह–आयोजक…
जुगल कप भलिबल प्रतियोगिता भोलिबाट
भोलिबाट दोश्रो जुगल भलिबल कप सुरु हुने ।चौतारा । भोलि बिहीबारबाट दोस्रो जुगल नगर मावि स्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।सदरमुकाम चौतारास्थित जुगल बोर्डिङ हाइस्कूलको ३३ औं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित सो प्रतियोगितामा ६ टीमको सहभागिता रहने प्रीन्सिपल ओमप्रकाश उप्रेतिले जानकारी दिनु भयो ।प्रीन्सिपल उप्रेतिका अनुसार प्रथम, दितिय र तृतीयलाई क्रमश : ट्रफी, मेडल र नगद ७०००, ५००० र ३००० हजार पुरस्कारको ब्यबस्था गरिएको छ ।जुगल बोर्डिङ हाइस्कूलको प्राङ्गणमा हुने सो प्रतियोगितामा श्री कृष्ण रत्नगंगा मावि, चौतारा, सिद्धि गणेश मावि, सानोसिरुवारी, सेतीदेवि मावि स्याउले, इर्खु मावि, इर्खु, कालीदेवि मावि…
कोठेमा बन्ने भयो पक्की मोटरवेबल पुल
सुनकोसी । सुनकोशी गाउँपालिका वडा न ७ कोठेमा पक्की मोटरवेबल पुल निर्माण हुने भएको छ । अरनिको राजमार्गको कोठे नजिकैबाट सुनकोशी–७ मा रहेको जाल्पा मावि नजिकै पुल जोडिने छ ।८२ मिटर लामो र ११ मिटर चौडाईको सो पूल यस अघि नै बन्ने भनिएता पनि जग्गा विवादका कारण स्थगित भएको थियो । सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाको विशेष पहल एवम स्थानीयवासी समेत रहनु भएका पत्रकार भुपेन्द्र भण्डारी लगायतको सक्रियतामा पूल निर्माण हुन लागेको हो । यो पुल निर्माण सम्पन्न भएपछि सुनकोसी गाउँपालिका वडा न ६ र ७ का स्थानीय लाभन्वीत हुने…
नगरस्तरीय फूटबल सुरु : इर्खु र स्याउले विजयी
राजेन्द्र रानामगर /चौतारा, २०७९ फागुन २२ । ईर्खु स्पाेर्टस क्लबकाे आयाेजनामा नगरस्तरीय फुटबल प्रतियाेगिता सुरु भएकाे छ । अण्डर १३ सेभेन ए साईट खेलमा १६ टिमकाे सहभागीता रहेकाे छ । उक्त खेलकाे उद्घाटन चाैतारा साँगाचाेकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटाले गर्नु भएको हो । उहाँले खेल सफलताको शुभकामना दिंदै राष्ट्रिय खेलाडीहरुकाे बिकास गर्नुपर्ने कुरामा जाेड दिनु भएको छ ।नगरप्रमुख सापकोटाले स्वास्थ्य र राष्ट्रकाे लागि खेल अतिआवश्य रहेकाे, अझ जीवनकाे लागि पनि उति नै महत्त्व रहेकाे बताउनु भयो । उहाँले जलबायु परिबर्तनकाे असरबारे बहस चलाएर सवैकाे ध्यान खिच्न पर्ने आवश्यकता पनि औंल्याउनु…
