काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले हराएकाे छ ।
पीएनजीले दिएकाे २ सय ३५ रनकाे लक्ष्य यूएईले ६८ बलअघि नै ३८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै भेटायाे । यूएईका लागि कप्तान माेहम्मद वसीमले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलाे शतक बनाउने क्रममा १ सय १७ रन बनाए । बलिङतर्फ पीएनजीका रिले हिकुरेले २ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायाे । पीएनजीका लागि कप्तान आसाद भालाले सर्वाधिक ६५ रन बनाए । यस्तै नाेरमन भानुवाले नटआउट ४९ रन र रिले हिकुरेले ३३ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलालले सर्वाधिक ४ विकेट लिए । यस्तै राेहन मुस्तफा र जवार फरिदले १/१ विकेट लिए ।
याेसँगै पीएनजीले लिग–२ का सबै खेल खेलेकाे छ । पीएनजी ३६ खेलमा ११ अङ्कसहित तालिकाकाे पुछारमा रहेकाे छ । यूएईले अन्तिम खेलमा भाेलि बिहीवार नेपालसँग खेल्नेछ । तालिकामा यूएई ३५ खेलमा ३३ अङ्कका साथ छैटाैँ स्थानमा छ । नेपाल ३५ खेलमा ३८ अङ्कका साथ चाैथाे स्थानमा छ ।