व्यवसायी बेदबहादुर श्रेष्ठ केन्द्रीय सदस्यमा सिफारिस

निर्मल बस्नेत

२०७९ चैत्र १, चाैतारा । युवा व्यवसायी बेदबहादुर श्रेष्ठलाई आमामी चैत्र २८ र २९ गते हुने नेपाल उद्योग बाणिज्य महासंघको ५७ औँ साधारण सभाका लागि जिल्ला र नगर तर्फको खुल्ला केन्द्रिय सदस्यको उम्मेद्बारका लागि सर्बसहमतिले निर्णय गरेको छ । महासंघको नीति अनुरुप उहाँ जिल्लावाट सिफारिस हुनु भएको हो । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष होम बहादुर बस्नेतको अध्यक्षता चैत्र १ गते बुधबार बसेको संघको कार्यसमितिको पुर्ण बैठकले केन्द्रिय सदस्य कमल कुमार श्रेष्ठको समर्थनमा निबर्तमान अध्यक्ष बेद बहादुर श्रेष्ठ केन्द्रीय सदस्य उम्मेदवारको लागि सिफारिस गरिएको संघको अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले जानकारी दिनु भयो ।

No description available.


श्रेष्ठ सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष रहँदा जिल्लाले प्राकृतिक बिपद्को सामना गर्नु परेको थियो । बिपद्हरुमा उहाँले सरकारी निकायलाई निजी क्षेत्रको तर्फबाट उल्लेख्य सहयोग गर्नु भएको थियो । संघको नेतृत्व कुशलतापूर्वक निर्वाह गर्नु भएका उहाँ सबैको प्रिय हुनुहुन्छ । श्रेष्ठ सदैव निर्णयात्मक र समन्वयात्मक भूमिकामा अब्बल रहदै आउनु भएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्