मेलम्ची भ्यालि क्याम्पसमा बाम विद्यार्थीको जीत

मेलम्ची भ्यालि क्याम्पसमा बाम विद्यार्थीको जीतहेलम्बु । आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत मेलम्ची भ्यालि क्याम्पस हेलम्बुमा बाम विद्यार्थी गठवन्धनको जीत भएको छ ।अनेरास्ववियु अखिल प्यानलका पवन कुमार लामिछानेले ७० मतसहित सभापतिमा विजयी भएका छन भने निकट्तम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका रणजीत कार्कीले ५१ मत प्राप्त गरेका छन् ।त्यस्तै सचिव, कोषाध्यक्षमा क्रमशः राजन गिरी, प्रदिप गुरागाईँ विजयी भएका छन् भने सदस्यहरुमा गोकूल लामिछाने र सरिता जोति विजयी भएका छन् ।सचिवमा विजयी गिरिले ७२ मत पाउँदा नेवि संघका तर्फबाट सचिव उम्मेद्वार बनेका आइति तामाङले ४९ मत पाएका छन् । कोषाध्यक्षमा…

जुरे पहिरो पीडितलाई नगद रकम वितरण गर्न सांसद सापकोटाको माग

केही महिना अगाडि मन्त्री परिषदको बैठकले उक्त रकम सामाजिक, साँस्कृतिक र एकीकृत विकासका लागि फुकुवा गर्ने निर्णय गरे पनि पीडितहरुले भने नगद नै पाउनु पर्ने माग राख्दै आएका छन् । यस विषयमा साँसद सापकोटा पीडितहरुको पक्षमा सतिसाल झैं उभिँदै आउनु भएको छ । काठमाण्डौं । जनस्तरबाट जुरे पहिरो पीडितको नाममा संकलन गरेको रकम पीडितहरुलाई नगदै वितरण गर्न प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले सरकारसँग माग गर्नु भएको छ ।आज आइतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै साँसद सापकोटाले २०७१ साल साउन १७ गते जुरेमा गएको पहिरो पीडितको नाममा सरकारले जनस्तरबाट संकलित २…

शहीदको सूचिमा खोई कञ्चन ?

मन्त्रिपरिषद्‌को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सिन्धुपाल्चोकका १८५ जना सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको हो । चौतारा । २०५९ साल बैशाख १२ गते जिल्लाको जलबिरेमा मारिनु भएका कञ्चन प्रियदर्शी (इश्वरकृष्ण बुढाथोकी ) शहीदको सूचिभित्र पर्नु भएको छैन् ।तात्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा सशरीर होमिनु भएका प्रियदर्शीको सर्चको क्रममा नेपाली सेनाद्वारा हत्या भएको थियो । उही स्थान, उही समय र प्रियदर्शीसँगै मारिनु भएको स्याउलेका प्रेमबहादुर श्रेष्ठ सुमन भने शहीदको सूचीमा रहनु भएको छ…

समाजवादीको जिल्ला अध्यक्षमा नवराज पौडेल

मेलम्ची, ५ चैत । नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको अध्यक्ष नवराज पौडल चयन हुनु भएको छ । हिजो शनिबार भएको जिल्ला अधिवेशनले पौडेलको अध्यक्षतामा सात पदाधिकारीसहित ८५ सदस्यीय कमिटी चयन गरेको हो ।अधिवेशनले उपाध्यक्षमा छिरिङग्याल्बु लामा र अनिता लामालाई चयन गरेको छ । त्यस्तै सचिवमा दीपक नेपाल, उपसचिवमा कुमारराज घतानी, नरेन्द्र खड्का र रवि भण्डारी रहेका छन् ।अधिवेशनको उद्घाटन अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधव्कुमार नेपालले गर्नु भएको थियो । बिसौनीbisouni.com

गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता संभव छैन – अध्यक्ष माधव नेपाल

मेलम्ची । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन् । मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताए । ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन’, उनले भने । गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष…

राहत शिक्षक जिल्ला समिति, सिन्धुको अध्यक्षमा राजेन्द्र सापकोटा ।

मुद्दालाई कार्यान्वयन गर्नका लागि सबै राहत शिक्षकहरु एकजुट भई संघर्षको आँधीवेहरी ल्याउनु पर्ने चौतारा । नेपाल राहत शिक्षक जिल्ला समिति सिन्धुपाल्चोकको छैठौं जिल्ला अधिवेशनले राजेन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । शनिबार श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालय चाैतारामा सम्पन्न जिल्ला अधिवेशले सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको चयन गरेको हो । उपाध्यक्षमा गुणकेशरी श्रेष्ठ, कमलप्रसाद तिमल्सिना, लालबहादुर डाँगी रहनु भएको छ भने सहअध्यक्ष दयाराम कुसारी चयन हुनु भएको छ ।त्यस्तै सचिव, कोषाध्यक्षमा क्रमश ः निमा प्रधान, कृष्णकुमारी राउत चयन हुनु भएको छ ।सदस्यहरुमा गोपिनी घतानी, सोमबहादुर ज्योति,…

को को हुन् राजपत्रमा प्रकाशित सिन्धुपाल्चोकका शहीदहरु ( नामावलीसहित )

शहीदहरुको नामावलीमा जनयुद्धको क्रममा राज्य पक्षद्वारा मात्र हैन विद्रोही पक्षबाट मारिएकाहरुलाई पनि शहीदको मान्यता दिंदै राजपत्रमा प्रकाशन गरिएको छ । चौतारा । सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशन भएको छ । फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्‌ बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशन गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।मन्त्रिपरिषद्‌को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा…

रास्वपा चौतारा साँगाचोकगढी नगर सभापतिमा रविन श्रेष्ठ

रास्वपा कुनै फ्रस्टेशनले हुर्केको पार्टी होइन- रमेश प्रसाईं । चौतारा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी फ्रस्टेशनको बीचबाट फक्रेकोको पार्टी नभएको जिकिर गर्नु भएको छ ।चौतारामा आयोजित रास्वपाको नगर भेलालाई उद्घाटन गर्दै सदस्य प्रसाईंले रास्वपासँग देश परिवर्तन गर्ने अनेक नीति, सिद्धांत र भिजन भएकै कारण जनताको माझ छोटो समयमा नै स्थापित भएको दावी गर्नु भयो । रास्वपासँग कुनै नीति, सिद्धांत छैन भन्नेहरुलाई मुतोड जवाफ दिंदै उहाँले रास्वपासँग अनगिन्ती नीति, सिद्धांत र भिजन भएको हुनाले ती भिजनहरु बुझ्न रास्वपाको दस्तावेज अध्ययन गर्न पनि आग्रह गर्नु भयो…

प्रति खेलाडी तीन लाख दिने प्रधानमन्त्री प्रचण्डको घोषणा, निर्माणधिन क्रिकेट रंगशाला निर्माणमा जोड

कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई प्रधानमन्त्रीले प्रचण्डले निर्देशन दिएका छन् । मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे ।  काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सरकारले जनही तीन लाख दिने भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान बनाएको नेपाली टोलीका खेलाडीलाई जनहरी तीन लाख पुरस्कार दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका हुन् ।  विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान…

रास्वपा नगर भेलामा रमेश प्रसाईँद्वारा सम्बोधन हुने

प्रष्टवक्ता रमेश प्रसाईँ चौतारा आउदैधाराप्रवाह रुपमा राज्यका वेथिती र विसंगतीका विरुद्ध बुलन्द आवाज उठाउदै जनतालाई सुसुचित गराउदै आएका प्रष्टवक्ता रमेश प्रसाईँ चौतारा आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य समेत रहेका प्रसाईँ पार्टीको चौतारा साँगाचोकगढी नगरपालिका भेलालाई सम्बोधन गर्न शनिबार चौतारा आउने भएका हुन् ।उनीसँगै रास्वपा केन्द्रिय सदस्य ढाकाराम अर्याल, केन्द्रिय संगठक विभागका सचिव शंकर श्रेष्ठ, बागमती प्रदेश समितिका अध्यक्ष डा. अच्युतम लामिछाने लगायतका नेताहरुले भेलालाई सम्बोधन गर्ने पार्टीकी जिल्ला संयोजक माया गुरुङले बताइन् ।चैत ४ गते निर्माण व्यवसायी संघ, चौताराको सभाहलमा हुने भेलाले पार्टीको नगर समिति चयन…