शहीदहरुको नामावलीमा जनयुद्धको क्रममा राज्य पक्षद्वारा मात्र हैन विद्रोही पक्षबाट मारिएकाहरुलाई पनि शहीदको मान्यता दिंदै राजपत्रमा प्रकाशन गरिएको छ । चौतारा । सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशन भएको छ । फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशन गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा…
Author: बिसौनी
रास्वपा चौतारा साँगाचोकगढी नगर सभापतिमा रविन श्रेष्ठ
रास्वपा कुनै फ्रस्टेशनले हुर्केको पार्टी होइन- रमेश प्रसाईं । चौतारा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी फ्रस्टेशनको बीचबाट फक्रेकोको पार्टी नभएको जिकिर गर्नु भएको छ ।चौतारामा आयोजित रास्वपाको नगर भेलालाई उद्घाटन गर्दै सदस्य प्रसाईंले रास्वपासँग देश परिवर्तन गर्ने अनेक नीति, सिद्धांत र भिजन भएकै कारण जनताको माझ छोटो समयमा नै स्थापित भएको दावी गर्नु भयो । रास्वपासँग कुनै नीति, सिद्धांत छैन भन्नेहरुलाई मुतोड जवाफ दिंदै उहाँले रास्वपासँग अनगिन्ती नीति, सिद्धांत र भिजन भएको हुनाले ती भिजनहरु बुझ्न रास्वपाको दस्तावेज अध्ययन गर्न पनि आग्रह गर्नु भयो…
प्रति खेलाडी तीन लाख दिने प्रधानमन्त्री प्रचण्डको घोषणा, निर्माणधिन क्रिकेट रंगशाला निर्माणमा जोड
कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई प्रधानमन्त्रीले प्रचण्डले निर्देशन दिएका छन् । मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे । काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सरकारले जनही तीन लाख दिने भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान बनाएको नेपाली टोलीका खेलाडीलाई जनहरी तीन लाख पुरस्कार दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका हुन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान…
रास्वपा नगर भेलामा रमेश प्रसाईँद्वारा सम्बोधन हुने
प्रष्टवक्ता रमेश प्रसाईँ चौतारा आउदैधाराप्रवाह रुपमा राज्यका वेथिती र विसंगतीका विरुद्ध बुलन्द आवाज उठाउदै जनतालाई सुसुचित गराउदै आएका प्रष्टवक्ता रमेश प्रसाईँ चौतारा आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य समेत रहेका प्रसाईँ पार्टीको चौतारा साँगाचोकगढी नगरपालिका भेलालाई सम्बोधन गर्न शनिबार चौतारा आउने भएका हुन् ।उनीसँगै रास्वपा केन्द्रिय सदस्य ढाकाराम अर्याल, केन्द्रिय संगठक विभागका सचिव शंकर श्रेष्ठ, बागमती प्रदेश समितिका अध्यक्ष डा. अच्युतम लामिछाने लगायतका नेताहरुले भेलालाई सम्बोधन गर्ने पार्टीकी जिल्ला संयोजक माया गुरुङले बताइन् ।चैत ४ गते निर्माण व्यवसायी संघ, चौताराको सभाहलमा हुने भेलाले पार्टीको नगर समिति चयन…
सिन्धुपाल्चोकमा रग्बी खेलकाे प्रशिक्षण
चाैतारा (२०७९ चैत्र २) सिन्धुपाल्चोक रग्बी संघले चाैतारा साँगाचोकगढी नगरपालिकाकाे सहकार्यमा रग्बी खेल सम्बन्धि २ दिने प्रशिक्षण तथा प्रशिक्षक तालिम सम्पन्न गरेकाे छ । सिन्धुपाल्चोकमा रग्बि खेलकाे सुरुवात गरिएकाे याे पहिलाे पटक हाे । चाैतारामा आयाेजना गरिएकोमा कार्यशाला गाेष्ठीसहितकाे प्रशिक्षण फागुन २९ र ३० गते सञ्चालन गरिएको थियाे । उक्त कार्यक्रमलाई व्यवस्थापन गर्न चाैतारा साँगाचोकगढी नगरपालिकाले सहयाेग प्रदान गरेकाे सिन्धुपाल्चोक रग्बी संघका अध्यक्ष अनन्तप्रकाश श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले प्रमाणपत्र बितरण गरेका थिए । नेपाल रग्बी संघ महिला विभाग प्रमुख एवम्…
लामा पढ्न वडाको सिफारिसमै बालबालिकालाई लगिन्छ भारत
स्थानीय प्रशासन बेखबर बालबालिका यसरी देश छोडेर भारत जाने गरेको धेरै वर्ष बित्यो । तर, स्थानीय प्रशासन बेखबर छ । जुगल गाउँपालिकास्थित स्थानीय बालबालिकालाई लामा पढ्न बर्सेनि छिमेकी देश भारत लैजाने गरेको पाइएको छ । वडाको सिफारिसमा बालबालिका देशबाहिर गइरहँदा स्थानीय प्रशासन भने बेखबर छ । बालबालिकालाई भारतको बेंग्लोर र धर्मशालास्थित गुम्बामा लगिन्छ । बुद्ध धर्मसम्बन्धी ज्ञान आर्जन गर्ने भन्दै अधिकांश बालबालिकालाई बेंग्लोरको गोपो खजेनमा रहेको डेपुङ गुम्बामा लाने गरिएको छ । यस वर्ष मात्रै भारत पढ्न गएका २३ बालबालिकामध्ये एकजना काठमाडौंको स्वयम्भूबाट हराएपछि यो कुरा बाहिरिएको हो । जुगल–…
घरेलुले मनायो विश्व उपभोक्ताअधिकार दिवस
घरेलुले मनायो विश्व उपभोक्ता अधिकार दिवशनिर्मल बस्नेत(२०७९ चैत्र १) घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुपाल्चोक चौताराले बुधवार प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा एक कार्यक्रम गरि आयोजना गरि विश्व उपभोक्ता अधिकार दिवश मनाएको छ ।“स्वच्छ उर्जा ट्रान्जिसनहरु मार्फत उपभोक्ताहरुलाई सक्षम बनाउँदै “भन्ने मूल नाराका साथ अधिकार दिवश मनाएको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दिर्घकालिन बिकास योजनासंग जोडेर उपभोक्ता अधिकार र स्वच्छ उर्जा ट्रान्जिसनमार्फत सशक्त बनाउदै लैजाने कदमप्रति सवैको ध्यान जान जरुरी रहेको बताएका छन् ।सन् १९ सय ६२ मार्च १५ का दिन तत्कालिन अमेरीकी राष्ट्रपति जोन एफ केनेडीले…
यूएईले पीएनजीलाई ६ विकेटले हरायाे
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले हराएकाे छ । पीएनजीले दिएकाे २ सय ३५ रनकाे लक्ष्य यूएईले ६८ बलअघि नै ३८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै भेटायाे । यूएईका लागि कप्तान माेहम्मद वसीमले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलाे शतक बनाउने क्रममा १ सय १७ रन बनाए । बलिङतर्फ पीएनजीका रिले हिकुरेले २ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायाे । पीएनजीका लागि कप्तान आसाद भालाले सर्वाधिक ६५ रन बनाए…
रेडियो सिन्धुद्वारा अपाङ्गता बालबालिकालाई खाद्यान्न सहयोग
चौतारा, सिन्धुपाल्चोक जिल्लाकै पहिलो एफएम रेडियो रेडियो सिन्धु १०५ मेघाहर्जले आफ्नो बार्षिकोत्सव मनाएको छ । बुधबार रेडियो सिन्धुले चौतारास्थित श्री कृष्ण आविमा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरुलाई खाद्य सामाग्री सहयोग प्रदान गर्दै १५ औं बार्षिकोत्सव मनाएको हो ।रेडियो सिन्धुका स्टेशन मेनेजर रत्न श्रेष्ठले बौद्धिक अपाङ्गताका अभिभावक संघ, सिन्धुपाल्चोकका अध्यक्ष जानकी श्रेष्ठलाई बालबालिकाका लागि खाद्य सामाग्री हस्तान्तरण गर्नु भयो । संघको सकृयतामा सो विद्यालयमा करिब ९ जना अपाङ्गता भएका बालबालिकाहरु आवससहित अध्ययन गर्दै आइरहेका छन् ।कार्यक्रममा स्टेशन मनेजेर श्रेष्ठले अपाङ्गता भएका बालबालिकाहरुका लागि सहयोग गर्न पाउँदा आफूहरु खुशी भएको बताउनु भयो ।…
व्यवसायी बेदबहादुर श्रेष्ठ केन्द्रीय सदस्यमा सिफारिस
२०७९ चैत्र १, चाैतारा । युवा व्यवसायी बेदबहादुर श्रेष्ठलाई आमामी चैत्र २८ र २९ गते हुने नेपाल उद्योग बाणिज्य महासंघको ५७ औँ साधारण सभाका लागि जिल्ला र नगर तर्फको खुल्ला केन्द्रिय सदस्यको उम्मेद्बारका लागि सर्बसहमतिले निर्णय गरेको छ । महासंघको नीति अनुरुप उहाँ जिल्लावाट सिफारिस हुनु भएको हो । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष होम बहादुर बस्नेतको अध्यक्षता चैत्र १ गते बुधबार बसेको संघको कार्यसमितिको पुर्ण बैठकले केन्द्रिय सदस्य कमल कुमार श्रेष्ठको समर्थनमा निबर्तमान अध्यक्ष बेद बहादुर श्रेष्ठ केन्द्रीय सदस्य उम्मेदवारको लागि सिफारिस गरिएको संघको अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले…
