कोठेमा बन्ने भयो पक्की मोटरवेबल पुल


सुनकोसी । सुनकोशी गाउँपालिका वडा न ७ कोठेमा पक्की मोटरवेबल पुल निर्माण हुने भएको छ ।

अरनिको राजमार्गको कोठे नजिकैबाट सुनकोशी–७ मा रहेको जाल्पा मावि नजिकै पुल जोडिने छ ।
८२ मिटर लामो र ११ मिटर चौडाईको सो पूल यस अघि नै बन्ने भनिएता पनि जग्गा विवादका कारण स्थगित भएको थियो ।

सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाको विशेष पहल एवम स्थानीयवासी समेत रहनु भएका पत्रकार भुपेन्द्र भण्डारी लगायतको सक्रियतामा पूल निर्माण हुन लागेको हो ।

यो पुल निर्माण सम्पन्न भएपछि सुनकोसी गाउँपालिका वडा न ६ र ७ का स्थानीय लाभन्वीत हुने छन् । पुल निर्माण भएपछि लामोसाँघु जिरी सडकको बैकल्पिक मार्गको रुपमा समेत यो पुल प्रयोगमा आउने छ । पुल महाशाखाबाट केही दिनमा नै पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु हुने पालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले बताउनु भयो ।

तस्वीर : दिनेश थापा

सिफारिस

प्रतिकृया दिनुहोस्