सिन्धुपाल्चोकमा रग्बी खेलकाे प्रशिक्षण

निर्मल बस्नेत

चाैतारा (२०७९ चैत्र २) सिन्धुपाल्चोक रग्बी संघले चाैतारा साँगाचोकगढी नगरपालिकाकाे सहकार्यमा रग्बी खेल सम्बन्धि २ दिने प्रशिक्षण तथा प्रशिक्षक तालिम सम्पन्न गरेकाे छ ।

सिन्धुपाल्चोकमा रग्बि खेलकाे सुरुवात गरिएकाे याे पहिलाे पटक हाे । चाैतारामा आयाेजना गरिएकोमा कार्यशाला गाेष्ठीसहितकाे प्रशिक्षण फागुन २९ र ३० गते सञ्चालन गरिएको थियाे । उक्त कार्यक्रमलाई व्यवस्थापन गर्न चाैतारा साँगाचोकगढी नगरपालिकाले सहयाेग प्रदान गरेकाे सिन्धुपाल्चोक रग्बी संघका अध्यक्ष अनन्तप्रकाश श्रेष्ठले जानकारी दिए ।

No description available.

उनका अनुसार प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले प्रमाणपत्र बितरण गरेका थिए । नेपाल रग्बी संघ महिला विभाग प्रमुख एवम् टिम क्याप्टेन एलिशा थापा, बागमती रग्बी संघका टेक्निकल प्रमुख श्रीराम श्रेष्ठ, कोच एबं राष्ट्रिय खेलाडि सिर्जनाराई, फिजियो बिनु खड्का, नेपाल आर्मी (त्रिभूवन आर्मी क्लबकाे टिम क्याप्टेन सञ्जीव कुँवर, सहायक क्याप्टेन कपिल सापकोटाले खेलकाे प्रशिक्षण प्रदान गरेका थिए ।

No description available.

साे प्रशिक्षणमा जिल्लाका बिभिन्न स्थानका ६५ जना प्रशिक्षार्थीहरुकाे सहभागीता रहेकाे थियाे । याे खेलकाे व्यापकता बनाउन आगामी बर्षकाे बैशाख अन्तिममा रु.१ लाख ११ हजार १ सय ११ काे प्रथम पुरस्कार र ५५ हजार ५ सय ५५ काे दोश्रो पुरस्कार राशिको ‘सिन्धु भोटेकोशी कप विच फेष्टी टुर्नामेन्ट’ आयोजना गर्ने लक्ष्य रहेकाे सिन्धुपाल्चोक रग्बी संघका अध्यक्ष अनन्त प्रकाश श्रेष्ठले जानकारी दिए ।

सिफारिस

प्रतिकृया दिनुहोस्