आमा याङ्ग्री मुस्कुराउँदा…

हेलम्बु पदयात्रा २०७९ मंसिर २८ देखि पुस २ गतेसम्म सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पदयात्रा गरिएको थियो। पदयात्राको क्लाइमेक्स विन्दु थियो–आमा याङ्ग्री। चारैतिर झलमल्ल खुलेका हिमाल। हातैले छोइएला जस्तै! तल सेताम्मे बादलको तलाउ। पूर्वमा भर्खर उदाउँदै गरेको सूर्यको सुनौला किरण। नजिकै फराकिलो चउर। अनि चउरमा फर्फराईरहेका रंगीन लुङ्दारहरू। बीचमा चार तले गुम्बा। अनि हिमाल र पवित्र लुङ्दारलाई छोएर आएको चिसो हावा।  सबैले भन्छन्–धर्म गरे स्वर्ग, पाप गरे नर्क। मरेपछि पुगिने स्वर्ग कस्तो हुन्छ कसैलाई थाहा छैन। आमा याङ्ग्री पिक (३,७७५ मिटर)मा पुग्दा लाग्यो, ‘स्वर्ग यस्तै हुन्छ कि!’  हिमालको काखमा, बादलुको तलाउ माथि,…

आठ मार्चमा क्रान्तिकारी महिलाले सबै पालिकामा कार्यक्रम गर्ने

प्रमुख अतिथि एवम् बागमति प्रदेशसभा सदस्य अमृता नेपालले व्यवस्था बदलिए पनि नेपाली महिलाहरुको अवस्थामा खासै परिवर्तन नआएको बताउनु हुँदै आफू सदैव महिला हक, हित र अधिकारका लागि सडकदेखि सदनसम्म आन्दोलित भइरहने बताउनु भयो । चौतारा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा विशेष कार्यक्रम गर्ने भएको छ ।चौतारामा सम्पन्न संघको जिल्ला समन्वय समितिको बैठकले जिल्लाका १२ वटै स्थानीय तहमा यही फागुन २४ गते विशेष कार्यक्रमसहित अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय गरेको हो । बैठकले संगठनको मुखपत्र प्रकाशन गर्ने पनि निर्णय गरेको छ । हरेक वर्षको…

आयुर्वेद स्वास्थ्य केन्द्रले भोलि बुधबारबाट योग शिविर सञ्चालन गर्ने

केन्द्रबाट २३ थरी औषधी निशुल्क वितरण हुँदै आएको जानकारी दिंदै डा कार्कीले चौतारा महाकाली वनस्थित आयुर्वेद स्वास्थ्य केन्द्रबाट विभिन्न सेवाहरु प्रवाहित हुनका साथै अकुपञ्चर सेवा पनि सुरु भइसकेको जानकारी दिनु भयो । चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले आयुर्वेदिक उपचार पद्धति प्रभावकारी हुँदाहुँदै पनि ओझलमा परेको बताउनु भएको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराद्वारा आयोजित आयुर्वेद सेवाको प्रर्वद्धन सम्वन्धी पत्रकारहरुसँगको अन्तरकृया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले तालुकदार संघसंस्था, सरकारी निकाय र स्वयम सेवाग्राहीहरुको आयुर्वेद उपचार पद्धति र औषधीप्रतिको उदासिनताका कारण आयुर्वेदिक उपचार पद्धति ओझलमा परेको बताउँनु भएको…

९५ जनाले गरे रक्तदान

मानवीय धर्म र कर्मका लागि गरिएको यस्ता कार्यक्रमले सिंगो मानवताकै पहिचान दिने चौतारा । चौतारामा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका छन् ।नेपाल रेडक्रस सोसाइटी, चौतारा उपशाखा, लायन्स क्लब अफ काठमाण्डौं चौतारा सिटी र कर्मचारी मिलन केन्द्र सिन्धृुपाल्चोकको संयुक्त आयोजनामा सोमबार चौतारामा भएको रक्तदान कार्यक्रममा ७ महिलासहित ९५ जनाले रक्तदान गरेका हुन् ।रगतको अभावमा कसैको अकालमा मृत्यु नहोस भनेर आयोजित रक्तदान कार्यक्रमको उद्घाटन सत्रमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशवन्धुले मानवीय धर्म र कर्मका लागि गरिएको यस्ता कार्यक्रमले सिंगो मानवताकै पहिचान दिने बताउनु भयो ।नेपाल रेडक्रस सोसाइटी चौतारा…

सहिद सप्ताहको पहिलो दिन कञ्चनप्रति सम्मान

चौतारा । निर्मल बस्नेतप्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले शहीद सप्ताहकाे पहिलो दिन साहित्यकार एवं पत्रकार कञ्चन प्रियदर्शीलाई श्रद्धासुमन अर्पण गरेको छ ।१० बर्षीय शसस्त्र जनयुद्धको क्रममा शहादत प्राप्त शहीदहरुकाे सम्झनामा माओवादी केन्द्रले फागुन १४ देखी २१ गतेसम्म सप्ताहव्यापी रुपमा शहीद दिवस मनाउने गरेकाे छ । जनयुद्धको पहिलाे शहीद दिल बहादुर रम्तेललाई ११ बर्षकाे उमेरमा सेनाले हत्या गरेकाे थियाे ।नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष एवं सेन्टरकाे सल्लाहकार जीवन श्रेष्ठ र सल्लाहकार सुरेश कसजु लगायत प्रेस सेन्टर सिन्धुपाल्चोककाे पत्रकारहरुले ईश्वरकृष्ण बुढाथोकी `कञ्चन´ काे तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली दिएका हुन ।नेपाल पत्रकार महासंघ…

लैंगिक हिंसा न्यूनिकरणमा पुरुषको सहभागिता विषयक अभिमूखी कार्यक्रम सम्पन्न

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले दृष्टिकोण मात्रले लैंगिक हिंसाको अन्त्य नहुने बताउँनु भएको छ ।नगर महिला सञ्जालद्वारा आयोजित लैंगिक हिंंसा न्यूनिकरणमा पुरुषको सहभागिता विषयक एक दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मेयर सापकोटाले महिला मात्रको अगुवाइमा महिला हिंसाको न्यूनिकरण हुन नसक्ने बताउँदै यसका लागि पुरुष आफै पनि लागि पर्नु पर्ने बताउँनु भयो । महिला पुरुष दुबैले गम्भीर भएर यस विषयमा सकारात्मक सोचका साथ कार्यान्वयनमा लैजान सके मात्र लैंगिक हिंसा न्यूनिकरण हुने उहाँको भनाई थियो ।कार्यक्रमलाई सम्वोधन गर्दै उपमेयर सीता थापाले हरेक खाले हिंसाको अन्त्य नभई समतामूलक र सभ्य…

तातोपानी नाका सुचारु गर्न माग गर्दै साँसद माधव सापकोटा

सडक निर्माणका लागि सडक विभागले २ अर्ब ४७ करोडको डिपिआर फाइल तयार गरेर अर्थ मन्त्रालयमा समेत पठाइसकेको जानकारी दिनु हुँदै त्यो फाइललाई सभामुखमार्फत स्वीकृत गरी तुरुन्त ठेक्का प्रकृयामा लैजान र बर्षाको समयमा पनि सडक सुचारु हुने प्रवन्ध मिलाउन आग्रह गर्नु भयो । काठमाण्डौं । नेकपा माओवादी केन्द्रका युवा नेता एवम् सांसद माधव सापकोटा सुवोधले तातोपानी नाका बन्द भएकोप्रति सरकारको ध्यानाकर्षण गर्नु भएको छ ।प्रतिनिधिसभा वैठकको विशेष समयमा सम्वोधन गर्दै शुक्रबार साँसद सापकोटाले नाका सुचारुका लागि चीन सरकार सकारात्मक देखिएता पनि नेपाली भूभागको सडक ठाउँठाउँमा विग्रिएका कारण मालबाहक गाडी नाकासम्म पुग्न…

जुगलको दिक्षान्त समारोह सम्पन्न

दिक्षान्त समारोहमा एलकेजीमा अध्ययनरत ५८ बालबालिकाहरु दिक्षित हुनु भएको छ । चौतारा । जुगल बोर्डिङ हाइस्कूलको दिक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ ।प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । प्रमुख अतिथि थापाले समारोहको उद्घाटन गर्दै चौतारा लगायत आसपासको शैक्षिक श्रीवृद्धिका लागि जुगल वोर्डिङ हाईस्कूलले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नु भयो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले दिक्षान्त समारोहले शिक्षा आर्जनका लागि बालबालिकाहरुमा थप हौसला र प्रेरणा प्राप्त हुने बताउनु भयो । दिक्षान्त समारोहमा एलकेजीमा अध्ययनरत ५८ बालबालिकाहरु दिक्षित…

भोलि विहान ९ बजे निर्वतमान सभामुख सापकोटाद्वारा कृष्ण मन्दिर शिलान्यास हुने

अरनिको लोकमार्ग बन्नु पूर्व काठमाण्डौ भोट आवतजावत गर्ने मुख्य मार्ग चौतारा पुरानोबजार भएको र पुरानो बजारस्थित यो मन्दिरको पेटीमा ढाकारहरुले भारी विसाउने, थकाई मार्ने र साँझ बटुवाहरु यसै मन्दिरमा बास बस्ने गर्थे । राष्ट्रिय विभूति अरनिको र भृकृटी पनि यसै मार्ग भएर तिव्वत गएको बुढापाकाहरु बताउँनु हुन्छ । भोलि शुक्रबार विहान ९ बजे चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिर शिलान्यास हुने भएको छ । २०७२ सालको महाभूकम्पले ध्वस्त बनाएको कृष्ण मन्दिरको शिलान्यास विधिवत रुपमा निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले गर्नुहुनेछ ।भूकम्प गएको ८ वर्षपछि ११५ वर्ष पुरानो ऐतिहासिक एवम् पुरातत्व महत्व बोकेको…

पत्रकार महासंघका अध्यक्ष श्रेष्ठ मुक्तक सम्रट उपाधिबाट विभूषित

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्षसमेत रहनु भएका श्रेष्ठ सिन्धुपाल्चोकका स्थापित साहित्यकार पनि हुनुहुन्छ । कविता, कथा, गजल र नाटक विधामा पोख्त श्रेष्ठको २०५३ सालमा झरेको फूल नामक मुक्तक संग्रह प्रकाशन भएको थियो । सिन्धुपाल्चोक जिल्लाकै पहिलो मुक्तक कृतिकार जीवन श्रेष्ठ सम्मानित हुनु भएको छ । मुक्तक विधामा विशेष योगदान पुर्‍याएको भन्दै साहित्यिक संस्था शब्द सारथिले सिन्धु मुक्तक सम्राटको उपाधिसहित एक समारोहका बीच सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्षसमेत रहनु भएका श्रेष्ठ सिन्धुपाल्चोकका स्थापित साहित्यकार पनि हुनुहुन्छ । कविता, कथा, गजल र नाटक विधामा पोख्त श्रेष्ठको २०५३ सालमा…