घरेलुले मनायो विश्व उपभोक्ताअधिकार दिवस

घरेलुले मनायो विश्व उपभोक्ता अधिकार दिवश
निर्मल बस्नेत
(२०७९ चैत्र १) घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुपाल्चोक चौताराले बुधवार प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा एक कार्यक्रम गरि आयोजना गरि विश्व उपभोक्ता अधिकार दिवश मनाएको छ ।
“स्वच्छ उर्जा ट्रान्जिसनहरु मार्फत उपभोक्ताहरुलाई सक्षम बनाउँदै “भन्ने मूल नाराका साथ अधिकार दिवश मनाएको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दिर्घकालिन बिकास योजनासंग जोडेर उपभोक्ता अधिकार र स्वच्छ उर्जा ट्रान्जिसनमार्फत सशक्त बनाउदै लैजाने कदमप्रति सवैको ध्यान जान जरुरी रहेको बताएका छन् ।
सन् १९ सय ६२ मार्च १५ का दिन तत्कालिन अमेरीकी राष्ट्रपति जोन एफ केनेडीले सुरक्षा, सुचना, छनोट र सुनुवाईलाई उपभोक्ताको चार अधिकारका रुपमा घोषणा गरेका थिए । यसै ऐतिहाँसिक दिवशको सम्झनामा बिश्वभर मार्च १५ का दिन यो दिवश मनाइने गरेको छ ।
उक्त सन्दर्भमा आयोजित चौतारामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकाय, बन डिभिजन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय,सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल उपभोक्ता मञ्चको प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिएका छन् ।

सिफारिस

प्रतिकृया दिनुहोस्