मुद्दालाई कार्यान्वयन गर्नका लागि सबै राहत शिक्षकहरु एकजुट भई संघर्षको आँधीवेहरी ल्याउनु पर्ने
चौतारा । नेपाल राहत शिक्षक जिल्ला समिति सिन्धुपाल्चोकको छैठौं जिल्ला अधिवेशनले राजेन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । शनिबार श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालय चाैतारामा सम्पन्न जिल्ला अधिवेशले सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको चयन गरेको हो ।

उपाध्यक्षमा गुणकेशरी श्रेष्ठ, कमलप्रसाद तिमल्सिना, लालबहादुर डाँगी रहनु भएको छ भने सहअध्यक्ष दयाराम कुसारी चयन हुनु भएको छ ।
त्यस्तै सचिव, कोषाध्यक्षमा क्रमश ः निमा प्रधान, कृष्णकुमारी राउत चयन हुनु भएको छ ।
सदस्यहरुमा गोपिनी घतानी, सोमबहादुर ज्योति, लोकहरी न्यौपाने, राजु गुरुङ, चयन हुनु भएको छ ।

अधिवेशनलाई उद्घाटन गर्दै नेपाल राहत शिक्षक समितिका केन्द्रीय अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकको मुद्दालाई सरकारले वेवास्ता गरेको बताउँनु भयो । उहाँले यो मुद्दालाई कार्यान्वयन गर्नका लागि सबै राहत शिक्षकहरु एकजुट भई संघर्षको आँधीवेहरी ल्याउनु पर्ने बताउनु भयो ।
महासचिव कुमार बजगाई, उपमहासचिव डम्बर राई, केन्द्रीय सदस्य पृथ्वीजंग पाण्डे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएको अधिवेशन मोहनप्रसाद सापकोटाको अध्यक्षतामा भएको थियो ।
