रास्वपा कुनै फ्रस्टेशनले हुर्केको पार्टी होइन- रमेश प्रसाईं ।
चौतारा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी फ्रस्टेशनको बीचबाट फक्रेकोको पार्टी नभएको जिकिर गर्नु भएको छ ।
चौतारामा आयोजित रास्वपाको नगर भेलालाई उद्घाटन गर्दै सदस्य प्रसाईंले रास्वपासँग देश परिवर्तन गर्ने अनेक नीति, सिद्धांत र भिजन भएकै कारण जनताको माझ छोटो समयमा नै स्थापित भएको दावी गर्नु भयो । रास्वपासँग कुनै नीति, सिद्धांत छैन भन्नेहरुलाई मुतोड जवाफ दिंदै उहाँले रास्वपासँग अनगिन्ती नीति, सिद्धांत र भिजन भएको हुनाले ती भिजनहरु बुझ्न रास्वपाको दस्तावेज अध्ययन गर्न पनि आग्रह गर्नु भयो । “हाम्रो नीति, सिद्धान्त र भिजन अध्ययन गर्ने हो भने आदिकवि भानुभक्त र महाकवि देवकोटाको महाकाव्य जस्तै बन्छ ” सदस्य प्रसाईंले भन्नू भयो “त्यसैले हामीलाई पहिला प्रयोग गर्नुस् अनि मात्रै विश्वास गर्नुहोस “।
प्रचण्ड जहाँ जहाँ जान्छ रास्वपा त्यही त्यही जान्छ भन्ने आरोप आफ्नो पार्टीलाई लाग्दै आएको आलोचनाको खण्डन गर्दै सदस्य प्रसाईंले प्रधानमन्त्रीले प्रचण्डले प्रतिबद्धता गरेका भ्रष्टाचार बिरोधी, लाईनमुक्त सेवा प्रवाह लगायतको अनेकन एजेन्डाहरु आफ्नो पार्टीको योजना भएकोले ती आफ्नै एजेन्डाहरु पूरा गर्नाका लागि प्रचण्ड सरकारलाई समर्थन गरेको बताउँनुभयो
कार्यक्रममा साँसद ढाकाकुमार श्रेष्ठ, केन्द्रीय संगठन विभाग
सचिब शंकर श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष डा अच्युतम लामिछाने, बागमती प्रदेश प्रवक्ता प्रशान्त अर्याल, कृष्णमान श्रेष्ठ, स्थानीय उत्तम ठकुरी, शान्ती थिङ, दीपकराज गिरी, विमल गिरी लगायत वक्ताहरूले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम जिल्ला संयोजक माया गुरुङको सभापतित्वमा भएको थियो ।प्रदेश सदस्य दिनेश श्रेष्ठ ले कार्यक्रमको सन्चालन गर्नु भएको थियो भने स्वागत रविन श्रेष्ठले गर्नु भएको थियो ।
भेलाले चौतारा साँगाचोकगढी नगर सभापतिमा वडा नं ५ का रविन श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।
उपाध्याय, सचिब र कोषाध्यक्षमा क्रमश उत्तम ठकुरी, कृष्णबहादुर गिरी र शान्ती थिङलाई चयन गरेको छ ।
सदस्यहरुमा राजकुमार थापा, हरिबहादुर थापा, आशिष गुरुङ, कृष्ण गिरी, देवि दुलाल र सीता गिरी चयन भएका छन ।