को को हुन् राजपत्रमा प्रकाशित सिन्धुपाल्चोकका शहीदहरु ( नामावलीसहित )

शहीदहरुको नामावलीमा जनयुद्धको क्रममा राज्य पक्षद्वारा मात्र हैन विद्रोही पक्षबाट मारिएकाहरुलाई पनि शहीदको मान्यता दिंदै राजपत्रमा प्रकाशन गरिएको छ ।

चौतारा । सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशन भएको छ । फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्‌ बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशन गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्‌को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सिन्धुपाल्चोकका १८५ जना सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ । शहीदहरुको नामावलीमा जनयुद्धको क्रममा राज्य पक्षद्वारा मात्र हैन विद्रोही पक्षबाट मारिएकाहरुलाई पनि शहीदको मान्यता दिंदै राजपत्रमा प्रकाशन गरिएको छ ।

जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन् । यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन् । राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।

सिफारिस

प्रतिकृया दिनुहोस्