शहीदको सूचिमा खोई कञ्चन ?

मन्त्रिपरिषद्‌को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सिन्धुपाल्चोकका १८५ जना सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको हो ।

चौतारा । २०५९ साल बैशाख १२ गते जिल्लाको जलबिरेमा मारिनु भएका कञ्चन प्रियदर्शी (इश्वरकृष्ण बुढाथोकी ) शहीदको सूचिभित्र पर्नु भएको छैन् ।
तात्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा सशरीर होमिनु भएका प्रियदर्शीको सर्चको क्रममा नेपाली सेनाद्वारा हत्या भएको थियो । उही स्थान, उही समय र प्रियदर्शीसँगै मारिनु भएको स्याउलेका प्रेमबहादुर श्रेष्ठ सुमन भने शहीदको सूचीमा रहनु भएको छ ।
सरकारले जनयुद्धको क्रममा शहादत प्राप्त सबैलाई शहीदको मान्यता दिंदै हालसालै ८३७१ जनाको नामावली राजपत्रमा प्रकाशन गरे पनि जनयुद्धकै क्रममा सेनाद्वारा मारिएका प्रियदर्शीको नाम भने नेपाल राजपत्रमा समावेश भएको छैन ।
जिल्लाका सशक्त साहित्यकार र पत्रकारको रुपमा समेत परिचित पीपलडाँडाका प्रियदर्शी नेपाल राजपत्रमा प्रकाशित शहीदको सूचिभित्र पर्न नसक्नु प्रचण्ड सरकारको निरीहता मात्र नभई समग्र जनयुद्ध र शहादत प्राप्त सबैको अपमान भएको प्रियदर्शी परिवारले बताएका छन् । राजपत्र अध्ययन गर्दा धेरैको नाम छुटेको प्रियदर्शीका भाई किशोर बुढाथोकी बताउनु हुन्छ । एउटै युद्धमा सँगसँगै मारिएकाहरु कोही शहीद हुने, कोहीलाई भने गुमनाम गर्न खोज्नु पुरापुर अन्याय भएको बुढाथोकीको भनाई छ । राज्यले यसरी सुझबुझ नपुर्याई हतारमा शहीदको मान्यता दिनु हँुदैन थियो बुढाथोकीले भन्नु हुन्छ कसैलाई काखा, कसैलाई पाखा गर्नु राज्यको चरम लापर्वाही मात्र हैन चरम अन्याय पनि हो । यसलाई तुरुन्त सच्याउन पनि उहाँले राज्यसँग आग्रह गर्नु भएको छ ।्
त्यसो त राजपत्रमा राज्य र विद्रोही पक्ष दुबैबाट मारिएका सिन्धुपाल्चोकका १८५ जनालाई शहीदको मान्यता दिएको छ । तर खोज्दै जाँदा अझै धेरैजना र छुटेको आवाजहरु उठ्न थालेका छन् । ठूलोसिरुवारीका झलक नेपालका अनुसार ठूलोसिरुबारीकै मोहन विक, गोरेबहादुर बुर्कोटी र बलबहादुर थापालाई पनि शहीदको सूचीबाट हटाइएको छ । उहाँहरु सबै जनयुद्धको क्रममा शहादत प्राप्त हुन् । त्यस्तै राज्य पक्षबाट मारिनु भएका तौथलीकी देवी श्रेष्ठको नाम पनि सूचीमा परेका छैनन् ।
फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्‌ बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशन गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्‌को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सिन्धुपाल्चोकका १८५ जना सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको हो । सरकारले राजपत्रमा छुटेकाहरुको नामावली समावेश गर्ने तयारी गरेको बताइन्छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्