अर्को चुनावमा देशैभरी राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी बज्ने छ – सांसद सोबिता गौतम

सबैसँग समदुरी राख्दै पार्टीका एजेण्डाहरु पुरा गर्नका लागि रास्वपाले सरकार समर्थनको उचित निर्णय लिएको बताउनु भयो । “हामी विचारमा स्वतन्त्र छौं तर पनि पार्टीको नीति, विचार र सिद्धान्तलाई अंगिकार गर्दै सदनबाट सरकारलाई उत्तरदायित्व बनाउन पनि हामी सधैं तत्पर छौं ”सांसद गौतमले भन्नु भयो “सिक्दै र गर्दै गएको परिवेश भएको कारण अलि गाह्रो छ, फेरि पनि जनताको एजेण्डाबाट हामी कहिल्यै पनि विमुख हुने छैनौं ” । बाह्रविसे । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य एवम् सांसद सोविता गौतमले अर्को निर्वाचनसम्म राष्ट्रिय स्वतन्त्र पार्टी मूलुकको पहिलो पार्टी हुने दावी गर्नु भएको छ ।…

मेयर सापकोटाद्वारा विद्युतीय फिल्टर धारा उद्घाटन

मेयर सापकोटाद्वारा फिल्टर जडित धारा उद्घाटन ( १० चैत्र २०७९) चौतारा । चाैतारा साँगाचाेकगढी नगरपालिका ७ नम्बर वडास्थित नमुना ज्ञानमन्दिर माध्यमिक बिद्यालयमा नगरका मेयर कृष्णप्रसाद सापकोटाले एक कार्यक्रमका बिच बिद्युतीय फिल्टर जडित धाराकाे उद्घाटन गरेका छन् ।उक्त कार्यक्रममा बाेल्दै मेयर सापकोटाले एउटै मानिस बिमारी हुँदा १५ लाख भन्दा बढी खर्च भइरहेको भन्दै उनले भने देख्दा थाेरै रकममा निर्माण भए पनि यसले दिर्घकालिन महत्त्व बाेकेकाे छ । मेयरले बिद्यालयमा युवाहरूकाे जाेस जाँगर र सवैकाे समान धारणा बिकास भएकाे पाएँ । अझै समाजकाे चेतनशीलहरुकाे पहलमा शिक्षकहरुले याेजना वनाएर समृद्ध नगर बनाउन सहयाेग…

सिन्धुपाल्चोक र नुवाकोटको साँधमा पत्रकारिता तालिम

नुवाकोट । सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमामा पर्ने पर्यटकीय क्षेत्र चिसापानीमा पर्यटन पत्रकारीता तालिम सुरु भएको छ । पर्यटन पत्रकारितामार्फत समग्र राष्टकै पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने हेतुले नेपाल पत्रकार महासंघ बागमति प्रदेश समितिको आयोजनामा दुई दिने पर्यटन पत्रकारिता तालिम शुक्रबारबाट सुरु भएको हो । तालिमकाे नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले उद्घाटन गर्नुभयो । त्यसक्रममा अध्यक्ष पोखरेलले नेपालको पर्यटकीय संभावनाहरुलाई उजागर गर्दे पर्यटन क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा रुपान्तरण गर्न संचार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य धु्रबकुमार…

स्याउलेमा “एक घर एक धारा ” योजना पुरा ।

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउलेमा एक ”“घर एक, एक घारा” योजना सम्पन्न भएको छ ।१६८ घरधुरीसहित एक विद्यालयमा धारा जडान भएपछि स्याउलेमा सञ्चालित एक घर एक धारा योजना सम्पन्न भएको हो । स्याउलेदेखि गुन्ससम्मका सबै घरधुरीमा स्वच्छ खानेपानीको पहँुच पुगेपछि आज चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले एक कार्यक्रमबीच एक घर एक धाराको उद््घाटन तथा समुदायलाई हस्तान्तरण गर्नुभयो ।सो अवसरमा नगरबासीलाई स्वच्छ खानेपानीको पहँुचमा पु¥याउन आफूले गरेको संकल्पको सुरुवात स्याउलेबाट सुुरु भएको मेयर सापकोटाले बताउनु भयो ।आगामी पाँच वर्षभित्र सबै नगरबासीहरुलाई खानेपानीको पहुँचमा पु¥याउने आफ्नो संकल्प रहेका बताउँदै…

इन्द्रावतीले दियो प्रहरीलाई मोटरसाइकल

नवलपुर । इन्द्रावती गाँउपालिकाले इलाका प्रहरी कार्यालय नवलपुरलाई दुईवटा मोटरसाइकल सहयोगस्वरुप उपलब्ध गराएको छ ।बुधबार इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले इलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत इटनीलाई १५० सिसिको दुईवटा पल्सर माेटरसाइकल र साेकाे ब्लुबुक, साँचो हस्तान्तरण गर्नु भएको हो । आम नागरिककाे जीउधनको रक्षा र सामाजिक सद्भाव कायम राख्न चाैबिसै घण्टा खटिने प्रहरीलाई छिटाे छरितोरुपमा कार्य सम्पादन गर्न सहज हाेस भन्ने उदेश्यले सवारीसाधन प्रदान गरिएको अध्यक्ष नेपालले बताउनुभयो । । हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अधिकृत पुष्पराज न्याैपाने, प्रहरी नायब निरीक्षक कुमार चाैलागाँई लगायतका अधिकारीहरुकाे उपस्थिति रहेको थियोे ।…

चौताराका अधिकाँश आँखा रोगीहरु धामीकहाँ धाउँछन्

आँखा रोगीहरु अस्पताल जानुको साटो धामी झाँक्रीकहाँ जाने गरेको पाइएको हो । एक तथ्याङ्क अनुसार सदरमुकाम चौताराका अधिकाँश आँखा रोगीहरु झारफुकमा नै विश्वास गर्ने गरिएको देखिएको छ ।चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थीहरुका टोलिले गरेको एक सर्वेक्षण अनुसार आँखा रोगीहरु अस्पताल जानुको साटो धामी झाँक्रीकहाँ जाने गरेको पाइएको हो । अप्थाल्मोलोजि विभाग महारागञ्ज मेडिकल क्याम्पस, चिकित्सा शास्त्रमा अध्ययनरत ब्याचुलर अफ अप्टोमेट्री एकाइसौ ब्याचका विद्यार्थीहरुले सदरमुकाम चौतारामा ३०० घरधुरीमा शारिरीक, मानसिक र आँखा स्वास्थ्यको अवस्था बारे सर्वेक्षण गरेका थिए । एक महिने सो सर्वेक्षणमा उनीहरुले अधिकाँशमा उच्च रक्तचापको समस्या भएको तथ्याङ्क पनि सार्वजनिक…

छुवाछुत मुक्त नगर बनाउन मेयर सापकोटाले गरे प्रतिवद्धता ।

छुवाछुत मुक्त नगर बनाउन मेयर सापकोटाले गरे प्रतिवद्धता ।माेनिका विक / चौतारा । ‘त्यसो त कम सजिलो छैन, फेरि पनि यो फलामको च्यूरा चपाउन म तयार छु ‘। चौतारा साँगचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकाटाले भन्नु भयो – ‘छुवाछुत र विभेदरहित नगर निर्माणार्थ मेरो भगीरथ प्रयत्न जारी रहने छ’ ।चौतारा साँगाचोकगढी नगरपालिका दलित समन्वय समितिको आयोजनामा मंगलबार नगरपालिकाको हलमा भएको अन्तकृया कार्यक्रमलाई सम्वोधन गर्दै मेयर सापकोटाले छुवाछुत मुक्त नगरपालिका घोषणाका लागि आवश्यक प्रकृया र अभ्यासको सुरुवात गरिने प्रतिवद्धता जाहेर गर्नु भएको हो । उहाँले छुवाछुत र विभेद अन्त्यका लागि सिर्जनात्मक र…

चौतारामा आयोजित आँखा शिविरमा १६० जना लावान्वित

चौताराबासीको घरघरमा नै पुगेर करिव ३०० जना वडाबासीको आँखा, ब्लड प्रेसर, सुगर लगयत जाँच गरि उपचारसँगै उचित परामर्श सेवा प्रदान गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो चौतारामा आयोजित आँखा शिविरमा १ सय ६० जना लावान्वित भएका छन । सोमबार चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको शिविरमा वडावासीहरुको आँखा जाँच गर्नका साथै निशुल्क औषधि पनि वितरण गरेको वडा अध्यक्ष शिव श्रेष्ठले जानकारी दिनु भयो । बिपि कोइराला लायन्स नेत्र अध्ययन केन्द्र काठमाडौँ चिकित्सक टोलिको समन्वयमा आँखा शिविर सञ्चालन भएको हो । शिविरमामा १० जना चिकित्सकले सेवा प्रदान गरेका…

जुगल क्याम्पसमा अखिल क्रान्तिकारीको बर्चस्व ः प्यानल कै जीत

जुगल क्याम्पस साँगाचोकमा पनि अखिल क्रान्तिकारीको प्यानलको जित ५ चैत, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाको साँगाचोकस्थित बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा सुदर्शन अर्याल नेतृत्वको प्यानल विजयी भएको हो । प्यानलको सचिवमा मन्जु नेपाल, कोषाध्यक्षमा मनिला लामा, सदस्यमा सुस्मिता तामाड, अनिस गिरी र कुसुम तामाड बिजयी भएका छन् । समानुपातिकतर्फ जमुना श्रेष्ठ दिपा राना, मनिका भुजेल, विष्णुमायाँ राना र सर्मीला गिरी निर्वाचित भएका हुन् । बिसौनीbisouni.com

जलविरे भ्याली क्याम्पस क्रान्तिकारीको पोल्टामा

जलबिरे , जलबिरे भ्यालीमा क्रान्तिकारीका अच्युत अधिकारी बिजयी निर्मल बस्नेत । जलबिरे (५ चैत्र २०७९)जलबिरे भ्याली क्याम्पस जलबिरेकाे स्वबियु सभापतिमा अखिल (क्रान्तिकारी) का अच्युत अधिकारी बिजयी भएका छन् । अधिकारीले नेबिसंघका सुदेश ढकाललाई ३० मतले पछि पार्दै बिजयी भएका हुन् । कुल मतदाता १ सय ९१ मध्ये १ सय ८१ मतदाताले मतदान गरेका थिए । अधिकारीले ७९ मत पाउदा नेबिसंघका ढकालले ४९ मत पाएका छन् । त्यस्तै अर्का प्रतिस्पर्धी अनेरास्ववियुका दिनेश गाेलेले ४६ मत पाए । त्यस्तै अखिल (क्रान्तिकारी) कै सचिवमा बिक्रम भट्टराई, काेषाध्यक्ष दीपा सापकोटा र सदस्यहरुमा रिता बि.क,…