छुवाछुत मुक्त नगर बनाउन मेयर सापकोटाले गरे प्रतिवद्धता ।

छुवाछुत मुक्त नगर बनाउन मेयर सापकोटाले गरे प्रतिवद्धता ।माेनिका विक / चौतारा । ‘त्यसो त कम सजिलो छैन, फेरि पनि यो फलामको च्यूरा चपाउन म तयार छु ‘। चौतारा साँगचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकाटाले भन्नु भयो – ‘छुवाछुत र विभेदरहित नगर निर्माणार्थ मेरो भगीरथ प्रयत्न जारी रहने छ’ ।चौतारा साँगाचोकगढी नगरपालिका दलित समन्वय समितिको आयोजनामा मंगलबार नगरपालिकाको हलमा भएको अन्तकृया कार्यक्रमलाई सम्वोधन गर्दै मेयर सापकोटाले छुवाछुत मुक्त नगरपालिका घोषणाका लागि आवश्यक प्रकृया र अभ्यासको सुरुवात गरिने प्रतिवद्धता जाहेर गर्नु भएको हो । उहाँले छुवाछुत र विभेद अन्त्यका लागि सिर्जनात्मक र…

चौतारामा आयोजित आँखा शिविरमा १६० जना लावान्वित

चौताराबासीको घरघरमा नै पुगेर करिव ३०० जना वडाबासीको आँखा, ब्लड प्रेसर, सुगर लगयत जाँच गरि उपचारसँगै उचित परामर्श सेवा प्रदान गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो चौतारामा आयोजित आँखा शिविरमा १ सय ६० जना लावान्वित भएका छन । सोमबार चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको शिविरमा वडावासीहरुको आँखा जाँच गर्नका साथै निशुल्क औषधि पनि वितरण गरेको वडा अध्यक्ष शिव श्रेष्ठले जानकारी दिनु भयो । बिपि कोइराला लायन्स नेत्र अध्ययन केन्द्र काठमाडौँ चिकित्सक टोलिको समन्वयमा आँखा शिविर सञ्चालन भएको हो । शिविरमामा १० जना चिकित्सकले सेवा प्रदान गरेका…

जुगल क्याम्पसमा अखिल क्रान्तिकारीको बर्चस्व ः प्यानल कै जीत

जुगल क्याम्पस साँगाचोकमा पनि अखिल क्रान्तिकारीको प्यानलको जित ५ चैत, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाको साँगाचोकस्थित बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा सुदर्शन अर्याल नेतृत्वको प्यानल विजयी भएको हो । प्यानलको सचिवमा मन्जु नेपाल, कोषाध्यक्षमा मनिला लामा, सदस्यमा सुस्मिता तामाड, अनिस गिरी र कुसुम तामाड बिजयी भएका छन् । समानुपातिकतर्फ जमुना श्रेष्ठ दिपा राना, मनिका भुजेल, विष्णुमायाँ राना र सर्मीला गिरी निर्वाचित भएका हुन् । बिसौनीbisouni.com

जलविरे भ्याली क्याम्पस क्रान्तिकारीको पोल्टामा

जलबिरे , जलबिरे भ्यालीमा क्रान्तिकारीका अच्युत अधिकारी बिजयी निर्मल बस्नेत । जलबिरे (५ चैत्र २०७९)जलबिरे भ्याली क्याम्पस जलबिरेकाे स्वबियु सभापतिमा अखिल (क्रान्तिकारी) का अच्युत अधिकारी बिजयी भएका छन् । अधिकारीले नेबिसंघका सुदेश ढकाललाई ३० मतले पछि पार्दै बिजयी भएका हुन् । कुल मतदाता १ सय ९१ मध्ये १ सय ८१ मतदाताले मतदान गरेका थिए । अधिकारीले ७९ मत पाउदा नेबिसंघका ढकालले ४९ मत पाएका छन् । त्यस्तै अर्का प्रतिस्पर्धी अनेरास्ववियुका दिनेश गाेलेले ४६ मत पाए । त्यस्तै अखिल (क्रान्तिकारी) कै सचिवमा बिक्रम भट्टराई, काेषाध्यक्ष दीपा सापकोटा र सदस्यहरुमा रिता बि.क,…

मेलम्ची भ्यालि क्याम्पसमा बाम विद्यार्थीको जीत

मेलम्ची भ्यालि क्याम्पसमा बाम विद्यार्थीको जीतहेलम्बु । आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत मेलम्ची भ्यालि क्याम्पस हेलम्बुमा बाम विद्यार्थी गठवन्धनको जीत भएको छ ।अनेरास्ववियु अखिल प्यानलका पवन कुमार लामिछानेले ७० मतसहित सभापतिमा विजयी भएका छन भने निकट्तम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका रणजीत कार्कीले ५१ मत प्राप्त गरेका छन् ।त्यस्तै सचिव, कोषाध्यक्षमा क्रमशः राजन गिरी, प्रदिप गुरागाईँ विजयी भएका छन् भने सदस्यहरुमा गोकूल लामिछाने र सरिता जोति विजयी भएका छन् ।सचिवमा विजयी गिरिले ७२ मत पाउँदा नेवि संघका तर्फबाट सचिव उम्मेद्वार बनेका आइति तामाङले ४९ मत पाएका छन् । कोषाध्यक्षमा…

जुरे पहिरो पीडितलाई नगद रकम वितरण गर्न सांसद सापकोटाको माग

केही महिना अगाडि मन्त्री परिषदको बैठकले उक्त रकम सामाजिक, साँस्कृतिक र एकीकृत विकासका लागि फुकुवा गर्ने निर्णय गरे पनि पीडितहरुले भने नगद नै पाउनु पर्ने माग राख्दै आएका छन् । यस विषयमा साँसद सापकोटा पीडितहरुको पक्षमा सतिसाल झैं उभिँदै आउनु भएको छ । काठमाण्डौं । जनस्तरबाट जुरे पहिरो पीडितको नाममा संकलन गरेको रकम पीडितहरुलाई नगदै वितरण गर्न प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले सरकारसँग माग गर्नु भएको छ ।आज आइतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै साँसद सापकोटाले २०७१ साल साउन १७ गते जुरेमा गएको पहिरो पीडितको नाममा सरकारले जनस्तरबाट संकलित २…

शहीदको सूचिमा खोई कञ्चन ?

मन्त्रिपरिषद्‌को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सिन्धुपाल्चोकका १८५ जना सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको हो । चौतारा । २०५९ साल बैशाख १२ गते जिल्लाको जलबिरेमा मारिनु भएका कञ्चन प्रियदर्शी (इश्वरकृष्ण बुढाथोकी ) शहीदको सूचिभित्र पर्नु भएको छैन् ।तात्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा सशरीर होमिनु भएका प्रियदर्शीको सर्चको क्रममा नेपाली सेनाद्वारा हत्या भएको थियो । उही स्थान, उही समय र प्रियदर्शीसँगै मारिनु भएको स्याउलेका प्रेमबहादुर श्रेष्ठ सुमन भने शहीदको सूचीमा रहनु भएको छ…

समाजवादीको जिल्ला अध्यक्षमा नवराज पौडेल

मेलम्ची, ५ चैत । नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको अध्यक्ष नवराज पौडल चयन हुनु भएको छ । हिजो शनिबार भएको जिल्ला अधिवेशनले पौडेलको अध्यक्षतामा सात पदाधिकारीसहित ८५ सदस्यीय कमिटी चयन गरेको हो ।अधिवेशनले उपाध्यक्षमा छिरिङग्याल्बु लामा र अनिता लामालाई चयन गरेको छ । त्यस्तै सचिवमा दीपक नेपाल, उपसचिवमा कुमारराज घतानी, नरेन्द्र खड्का र रवि भण्डारी रहेका छन् ।अधिवेशनको उद्घाटन अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधव्कुमार नेपालले गर्नु भएको थियो । बिसौनीbisouni.com

गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता संभव छैन – अध्यक्ष माधव नेपाल

मेलम्ची । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन् । मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताए । ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन’, उनले भने । गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष…

राहत शिक्षक जिल्ला समिति, सिन्धुको अध्यक्षमा राजेन्द्र सापकोटा ।

मुद्दालाई कार्यान्वयन गर्नका लागि सबै राहत शिक्षकहरु एकजुट भई संघर्षको आँधीवेहरी ल्याउनु पर्ने चौतारा । नेपाल राहत शिक्षक जिल्ला समिति सिन्धुपाल्चोकको छैठौं जिल्ला अधिवेशनले राजेन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । शनिबार श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालय चाैतारामा सम्पन्न जिल्ला अधिवेशले सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको चयन गरेको हो । उपाध्यक्षमा गुणकेशरी श्रेष्ठ, कमलप्रसाद तिमल्सिना, लालबहादुर डाँगी रहनु भएको छ भने सहअध्यक्ष दयाराम कुसारी चयन हुनु भएको छ ।त्यस्तै सचिव, कोषाध्यक्षमा क्रमश ः निमा प्रधान, कृष्णकुमारी राउत चयन हुनु भएको छ ।सदस्यहरुमा गोपिनी घतानी, सोमबहादुर ज्योति,…