केही महिना अगाडि मन्त्री परिषदको बैठकले उक्त रकम सामाजिक, साँस्कृतिक र एकीकृत विकासका लागि फुकुवा गर्ने निर्णय गरे पनि पीडितहरुले भने नगद नै पाउनु पर्ने माग राख्दै आएका छन् । यस विषयमा साँसद सापकोटा पीडितहरुको पक्षमा सतिसाल झैं उभिँदै आउनु भएको छ ।
काठमाण्डौं । जनस्तरबाट जुरे पहिरो पीडितको नाममा संकलन गरेको रकम पीडितहरुलाई नगदै वितरण गर्न प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले सरकारसँग माग गर्नु भएको छ ।
आज आइतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै साँसद सापकोटाले २०७१ साल साउन १७ गते जुरेमा गएको पहिरो पीडितको नाममा सरकारले जनस्तरबाट संकलित २ करोड ४४ लाख ६४ हजार ६ सय ५७ रुपैयाँ फुकुवा गर्दै पीडितलाई नगद नै वितरण गर्न प्रवन्ध मिलाउन सरकारसँग माग गर्नु भएको हो ,
पहिरो गएर स्थानीय जनताको उठिबास भएका ८ वर्ष छिचोलि सक्दा पनि सरकारले उक्त रकम वितरण गर्न नसक्नु दुर्भाग्य भएको बताउँदै साँसद सापकोटाले सरकारलाई यस विषयमा गम्भीर भएर पहलकदमी लिन ध्यानाकर्षण गराउनु भयो ।
जुरे पहिरो पीडितको नाममा संकलित सो रकम हालसम्म पनि वितरण नगरि जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकको खातामा रोक्का गरि राख्नु विडम्बना सिवाय अरु केही होइन साँसद सापकोटाले भन्नु भयो तसर्थ म सम्माननीय सभामुखमार्फत नेपाल सरकारलाई उक्त रकम यथाशिघ्र पीडितलाई नगदै वितरणको प्रवन्ध मिलाउन माग गर्दछु ।