बिसौनीbisouni.com
Author: बिसौनी
टुकीको सहयोगमा किसानको तरकी : सुख्खा डाँडामा पनि तरकारी खेती
सिंगै गाउँका किसानले आफ्ना बारीमा टनेल निर्माण गर्न थालेपछि स्वाराथोक गाउँ टनेल गाउँको रुपमा परिचित भएको मात्र छैन सुख्खग्रस्त क्षेत्रमा पनि तरकारी खेति संभव छ भनेर उदाहरण प्रस्तुत गर्न पनि यहाँ किसानहरु सफल भएका छन् । चौतारा । खानेपानीकै चरम समस्या झेलिरहेको ठाउँमा पनि व्यवसायिक तरकारी खेति संभव छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् सिन्धुपाल्चोकका किसानहरुले ।सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका वडा न ११ र १२ का किसानहरु सुख्खाग्रस्त क्षेत्रमा तरकारी खेती गर्न कम्मर कसेर लागेका हुन् ।परम्परागत खेति मकै कोदो लगायत अन्न बालीबाट जीवन धान्न मुश्किल हुन थालेपछि वडा न…
तनहुँमा स्वर्णिम सर्लक्क अगाडी
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्। ९९८२ मत गणना हुँदा वाग्लेले ५०१९ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले २३५१ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले १५१५ मत ल्याएका छन्। तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए।…
मेयर सापकोटाद्वारा २६ सहिद परिवारलाई इण्डक्सन चुलो वितरण
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा सहिद परिवार भेटघाट तथा इडक्सन चुलो बितरण कार्यक्रम नगरपालिकाको वडा न ४ बाट शुरु भएको छ ।नगरपालिका भित्रका नेपाल सरकारले घोषणा गरेका सहिदहरुलाइ राहत स्वरुप विद्युतिय चुलो र त्यसमा प्रयोग हुने अन्य ६ थरी भाडाकुडा ( कुकर , कराइ, पानी तताउने भाडो, चिया पकाउने भाडो , चपिङ बोर्ड , चक्कु ) बितरण गरिएको हो ।सामाग्री वितरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले ब्यबस्था परिवर्तनको आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गरे , उहाँहरुको परिवारलाई सम्झना र भेटघाटको लागि यो कार्यक्रम शुरु गरिएको बताउनु भयो ।…
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजद्वारा प्रकाशित भित्तोपात्रो विमोचन सम्पन्न
कााठमाण्डौं , बैशाख ६,२०७९ । सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजले नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन तथा संस्था परिचय कार्यक्रम सम्पन्न गरेको छ ।बागमती प्रदेश सभाका सदस्य माननीय सरल सहयात्रीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्व रहेको सो कार्यक्रम सान ब्याङ्क्वेट खहरे, काठमाण्डौ र भर्चुअल माध्यमबाट बैशाख ६ गते बुधवार आयोजना गरिएको हो ।कार्यक्रमको उद्घाटन गर्दै बाग्मती प्रदेश सभाका सदस्य सरल सहयात्रीले राहत भन्दा पनि दिर्घकालिन काम गर्न सुझाब दिए । उनले केही ब्यक्तिले काठमाण्डौंबाट पजेरो चढेर २ बोरा चामल राहत लिएको उदाहरण दिदै भने राहत भन्दा सचेतना…
स्काउटका सहायक राष्ट्रिय प्रशिक्षकमा चौताराकी मिना श्रेष्ठ
स्काउटका सहायक राष्ट्रिय प्रशिक्षकमा चौताराकी मिना श्रेष्ठचौतारा । नेपाल स्काउट सहायक राष्ट्रिय प्रशिक्षकमा मिना श्रेष्ठ नियुक्ति हुनु भएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ कि श्रेष्ठलाई बैशाख ५ गतेबाट नियुक्त गरेको हो ।नेपाल स्काउटको गतिविधिलाई जिल्लामा लामो समयदेखि सञ्चालन गर्दै आएकी श्रेष्ठले सहायक राष्ट्रिय प्रशिक्षकको तालिममा सहभागी भइ आवश्यक प्रक्रिया पूरा गरेकीले सो पदमा नियुक्ति गरेको हो ।नुवाकोटको काकनीस्थित अन्तरास्ट्रिय स्काउट केन्द्रमा सञ्चालित ७ औं सर्टिफिकेट र काठमाडौस्थित पार्क भिलेज रिसोर्टमा सञ्चालित ८ औं सर्टिफिकेट तालिममा उहाँ सहभागी हुनु भएको थियो । नेपाल स्काउट तालिम २०७२ को पद्धति अनुसार…
मुख्य मन्त्रीको कार्यालय तोडफोड
English कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालय तोडफोड, आन्दोलनकारी र प्रहरीबीच झडपसुर्खेत । सुर्खेतस्थित कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालय तोडफोड भएको छ । कार्यालयमा धर्ना दिएका प्रदेशका दलित समुदायले माग पूरा नगरेको भन्दै तोडफोड गरेको बताइएको छ । झडपमा आठ जना प्रहरी र दुई दर्जन आन्दोलनकारी घाइते भएका छन् । धर्नाकारीले कार्यालय तोडफोड गर्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीको भनाइ छ । मुख्यमन्त्री कार्यालयले माग सम्बोध गर्न सचिव सन्तबहादुर सुनारको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । तर आफ्ना ८४ बुँदे माग सम्बोधन नगरेको आन्दोलनकारीको आरोप छ । वार्तामा प्रगति नभएपछि धर्नाकारीहरुले कार्यालयको…
मानव आवागमनका लागि अध्यागमन कार्यालय व्यबस्थापन गर्न सांसद सापकोटाको ध्यानाकर्षण ।
तातोपानी नाका : अध्यागमन कार्यालय व्यबस्थापन गर्न सांसद सापकोटाको ध्यानाकर्षण ।काठमाडौ । आफू निर्वाचनमा विजयी भएपश्चात तातोपानी नाका खुलाउन अहोरात्र खट्दै आउनु भएका प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नाकाबाट मानव आवतजावतका लागि व्यवस्था मिलाउन सरकारलाई ध्यानाकर्षण गर्नु भएको छ ।नेपाली र चिनियाँ अधिकारीबीच हिजो सोमबार लिपिङमा बसेको बैठले आयात निर्यातकालागी बैशाख १८ गतेबाट दुईतर्फी नै नाका खुल्ला गर्ने निर्णय गरेको थियो । बैठकमा नेपालतर्फको अध्यागमन कार्यालय भवन नभएको र सडक संरचना असुरक्षित भएको कारण मानव आवागमनको विषयमा निर्णय नभएको भन्दै सांसद सापकोटाले मानव आवागमन खुला गर्नका लागि अध्यागमन कार्यालय, कर्मचारी…
गायक घमेश दुलालसँगै पूर्व घुम्न जाने हैन त ? ( भिडियोसहित)
कुनै समय नेपाली लोक र दोहोरी गीतमा आफ्नै छुट्टै पहिचान बनाउन सफल गायक दुलाल पछिल्लो समय सांगितिक बाटोबाट केही विराए, हराए जस्तो देखिन थाल्नु भएको थियो । त्यही अनुभूतिलाई आत्मसा गर्दै गायक दुलालले पूर्व घुम्न जाऊ गीतलाई सार्वजनि गर्दै गीत संगीतलाई पहिले जस्तै निरन्तरता दिने प्रतिवद्धता जाहेर गर्नु भएको छ । चौतारा । यतिखेर गायक घमेश दुलाल पूर्वतिर घुम्न व्यस्त हुनुहुन्छ । पूर्वको पाँचथर, इलाम, झापा, खोटाङ लगायतका सुन्दर ठाउँहरु घुम्न व्यस्त गायक दुलालले आफू मात्र हैन तपाई हामीलाई पनि घुम्न आग्रह गर्नु भएको छ ।गायक दुलालसँग पूर्व घुम्नका लागि…
सभापति लामिछानेका सवारी चालक थापाको स्वास्थ्य अवस्था बुझ्दै सांसद बस्नेत
उपचारको क्रममा कुनै अभाव हुन नदिन र आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिवद्धता पनि सांसद बस्नेतले जाहेर गरेको महोनबहादुर बस्नेत सचिवालयले जनाएको छ । चितवन । सोमबार राति चितवनमा घाइते भएका सिन्धुपाल्चोक बाह्रविसेका दिलबहादुर थापाको पछिल्लो स्वास्थ्यस्थिति बुझ्न र आवश्यक सहयोग गर्न प्रतिििधसभा सदस्य मोहनबहादुर बस्नेत आज चितवन पुग्नु भएको छ ।चितवनस्थित पुरानो मेडिकल कलेजमा पुगेर उपचाररत थापाको स्वास्थ्यस्थिति बुझ्नका साथै साँसद बस्नेतले उपचारमा संलग्न चिकित्सकहरुसँग छलफल गरेका छन् । सांसद बस्नेतका अनुसार घाइते थापाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेकोेछ । उपचारको क्रममा कुनै अभाव हुन नदिन र आवश्यक सहयोग…
