टुकीको सहयोगमा किसानको तरकी : सुख्खा डाँडामा पनि तरकारी खेती


सिंगै गाउँका किसानले आफ्ना बारीमा टनेल निर्माण गर्न थालेपछि स्वाराथोक गाउँ टनेल गाउँको रुपमा परिचित भएको मात्र छैन सुख्खग्रस्त क्षेत्रमा पनि तरकारी खेति संभव छ भनेर उदाहरण प्रस्तुत गर्न पनि यहाँ किसानहरु सफल भएका छन् ।

चौतारा । खानेपानीकै चरम समस्या झेलिरहेको ठाउँमा पनि व्यवसायिक तरकारी खेति संभव छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् सिन्धुपाल्चोकका किसानहरुले ।
सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका वडा न ११ र १२ का किसानहरु सुख्खाग्रस्त क्षेत्रमा तरकारी खेती गर्न कम्मर कसेर लागेका हुन् ।
परम्परागत खेति मकै कोदो लगायत अन्न बालीबाट जीवन धान्न मुश्किल हुन थालेपछि वडा न १२ स्वाराथोकका किसानहरु तरकारी खेतितर्फ आकर्षित भएका छन् ।
स्थानीय गैरसरकारी संस्था टुकी संघ सुनकोसीले टनेल निर्माणका लागि आवश्यक सामाग्री, बीउविजन र प्राविधिक सहयोगसमेत उपलव्ध गराएपछि अहिले स्वाराथोकमा एक घर एक टनेल निर्माण भएको छ ।


सिंगै गाउँका किसानले आफ्ना बारीमा टनेल निर्माण गर्न थालेपछि स्वाराथोक गाउँ टनेल गाउँको रुपमा परिचित भएको मात्र छैन सुख्खग्रस्त क्षेत्रमा पनि तरकारी खेति संभव छ भनेर उदाहरण प्रस्तुत गर्न पनि यहाँ किसानहरु सफल भएका छन् ।
२३ घरधुरी रहेको यस गाउँमा २३ वटा नै टनेल निर्माण भई प्रारम्भमा गोलभेडा खेती भइरहेको टुुकी संघ सुनकोसीका प्रमुख ज्ञानेन्द्र पौडेलले जानकारी दिनुभयो । किसानहरुको मागको आधारमा नै जापानी संस्था जाईकाको सहयोगमा आफूहरुले किसानहरुसँग समन्वय र सहजिकरण गर्दै तरकारी खेतिका लागि वातावरण सिर्जना गरेको उहाँको भनाई छ ।
मकै, कोदो बाली लगाउन छोडेर पहिलोपटक तरकारी खेति गर्दा आम्दानीको बारेमा थाह नभए पनि मकै र कोदोबाट भन्दा पनि राम्रौ आम्दानी हुनेमा किसान राजु पुरी विश्वस्त हुनुहुन्छ । घरमा प्रयोग गरिसकेपछि खेर गएका पानीलाई संकलन गर्दै गोलभेडा खेतिमा लगाउने गरेको उहाँ बताउनु हुन्छ ।
हुन त बस्तीभन्दा अलिमाथि सानो मूल छ । त्यही मूलको पानी घरायसी कामकाजका लागि प्रयोग गर्दै आएका किसानहरु मूलको पानी घरमा प्रयोग गर्न पनि नपुग्ने बताउछन् । स्थानीय सरकारले ट्याँकी निर्माण गरिदिए आफूहरुलाई पिउन मात्र हैन, तरकारी खेति गर्न पनि सहज हुने किसान देवकी गिरी बताउनु हुन्छ ।


चौतारा साँगाचोकगढी नगरपालिका वडा न ११ मा पर्ने काभ्रे वस्ती पनि सुख्खाग्रस्त क्षेत्र हो । सुख्खाग्रस्त क्षेत्र भए पनि यहाँका किसाहरु यतिखेर टनेल निर्माण गर्दै गोलभेडा खेति गर्न व्यस्त छन् । गाउँस्तरिय खानेपानी उपभोक्ता समितिले जडान गरिदिएको धारोबाट पन्ध्र मिनेट जति पानी आउछ । त्यही पानीलाई जोह गर्दै यहाँका किसानहरुले गोलभेडा खेति गर्दै आएका छन् । सिंचाइको लागि स्थानीय तहले प्रवन्ध मिलाई दिए तरकारी खेतिबाट आफ्नो जीवन नै फेरिने किसान अस्मिता लामा बताउनु हुन्छ । अहिलेलाई त एउटा टनेलमा मात्र गोलभेडा लगाएछौं सिंचाईको राम्रो प्रवन्ध हुने हो भने हामी तरकारी खेतिलाई नै प्राथमिकतामा राखेर अगाडी बढ्नै छौं किसान लामाले भन्नु भयो । यो गाउँमा पनि १९घर परिवारले टनेलभित्र तरकारी खेति गर्दै आएका छन् ।
सुख्खाग्रस्त क्षेत्र घोषणा समेत भएको सिन्धुपाल्चोकको साँगाचोक क्षेत्रका अधिकांश वस्तीहरुमा यतिखेर टनेलहरु देख्न सकिन्छ । टनेलभित्र खासगरि गोलभेडाका हरिया बोटहरु लोभ लाग्दो भएर लहलाउँदा छन् । किरा नियन्त्रका लागि ठाउँठाउँमा इन्सेक ट्रापरको पनि व्यवस्था गरिएको छ भने थोपा सिंचाईले गोलभेडाको बोटलाई बढ्न र हुर्कन मदत पु¥याइरहेको छ ।


पहिलोपटक तरकारी खेती गर्दै गरेका यहाँका किसानहरु खेतीबाट आशावादी भएका त छन् तर जंगली जनावरले आफ्ना मेहनत र आशामाथि कुठाराघात गर्ने हो कि भन्न्े चिन्ता पनि बढ्न थालेको यहाँका किसानहरु बताउँछन् । त्यसैले कतैबाट घेराबारको प्रवन्ध गर्न सकिन्छ, त्यो उपायको खोजीमा पनि छन्–यहाँका किसानहरु ।
जापानी संस्था जाइकाले भूकम्पपछि भौतिक संरचना निर्माणमा फड्को मारे पनि स्थानीयको जिविकोपार्जनमा सुधार नआएको भन्दै चौतारा साँगाचेकगढी नगरपालिकाभित्र सामाजिक उत्थाशिल कार्यक्रममार्फत ४ वटा वडा छनौट गर्दै किसानहरुलाई टेवा पु¥याउदै आएको जाइका नेपालका प्रतिनिधि प्रकाश नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका वडा न ५, ७, ११ र १२ मा गरि यो कार्यक्रमबाट १६३ किसानहरु प्रत्यक्ष लावान्वित हुँदै आएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्