आठ बर्षपछि तातोपानी नाकाबाट नेपाली सामान निर्यात

आठ बर्षपछि उत्तरी नाका तातोपानीबाट नेपाली सामान निर्यात ! व्यावसायी उत्साह ! मानवीय आगमन भने निषेध ! नेपाल–चीन प्रमुख व्यापारिक उत्तरी नाका तातोपानीबाट नेपाली सामान निर्यात भएको छ। सोमबार नेपाली पक्ष र चिनियाँ अधिकारी मितेरी पुलमा उपस्थिति भइ नेपाली समान निर्यात गरिएको हो। बिहान् ९ बजे नेपाली सामन लिएर गएको कन्टेनरलाई चीनिया पक्षले स्वागत गर्दै कन्टेनर भित्र्याएको हो। २०७२ को भुकम्प र भोटेकोसी बाढीबाट क्षति पुगेपछि निर्यात रोकिएको आठ बर्षपछि नेपाली सामान निर्यात भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आएको छ। तर मानवीय…

एकीकृत समाजवदी बलेफीको अध्यक्षमा श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) बलेफीको अध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ चयन हुनु भएको छ ।एकीकृत समाजवादी बलेफी गाउँपालिकाद्वारा आयोजित भेला तथा बैठकले श्रेष्ठलाई चयन गरेको हो ।शनिबार बलेफीमा आयोजित भेलाले उपाध्यक्षमा सिरुपाते तामाङ्ग र इच्छाराम तामाङ्गलाई चयन गरेको छ भने सचिबमा गोविन्दकाजि नेपाल चयन भएका छन् ।भेलाले २१ सदस्यीय कार्यसमिति चयन गरेको बागमती प्रदेश सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिकाकि उपमेयर सीता थापाले जानकारी दिनु भयो । बिसौनीbisouni.com

मैत्रीपूर्ण फूटबलको उपाधी लायन्सलाई

चौतारा । लायन्स क्लब अफ काठमाडू सिन्धु चौतारा सिटीले मैत्रीपूर्ण फूटबल प्रतियोगिताको उपाधी जित्न सफल भएको छ ।शुक्रबारबाट जारी मैत्रीपूर्ण फूटबल प्रतियोगिताको फिनालेमा शिक्षक महासंघ र लायन्स क्लब भिडेको थियो ।लायन्सका जर्सी न १० का खेलाडी गणेश कटुवालले गरेको १ गोल नै अन्तत निर्णायक गोलको रुपमा परिणत भयो । शिक्षक महासंघले गोल गर्ने प्रयत्न गरे पनि क्लबका गोलरक्षकले हरेक प्रहारलाई असफल बनाइ दिएका थिए ।विजयी खेलाडीलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले ट्रफी, प्रमाणपत्र र नगद हस्तान्तरण गर्नु भएको थियो । आपसी सम्बन्धलाई प्रगाढ बनाउदै नयाँ पुस्तालाई खेलप्रती आकर्षण गर्ने…

लायन्स क्लबद्वारा आयोजित फूटबल प्रतियोगिताको समापन भोलि हुने

चौतारा । आज विहान चौतारा टुँडिखेलमा भएको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा नेपाल पत्रकार महासंघ बाहिरिएका छन् ।प्रतियोगितामा चौतारा स्पोर्टिङ क्लबले सात गोल गरेका थिए भने महासंघकातर्फबाट अध्यक्ष जीवन श्रेष्ठले एक गोल गरेका थिए ।त्यस्तै लायन्स क्लब अफ सिन्धु काठमाण्डौ सीटी र कर्मचारी मिलन केन्द्रबीच भएको प्रतियोगितामा क्लब विजयी भए । क्लबले ३ गोल गरे भने कर्मचारीकोतर्फबाट कसैले गोल हान्न सकेनन् । दिउँसो शिक्षक महासंघ र चौतारा भेट्रानबीच भएको खेलमा निर्धारित समयमा दुबैपक्षले गोल हान्न नसकेपछि टाइब्रेकरमा महासंघले ५ गोल गेरेर विजयी भए भने कर्मचारीले ४ गोल मात्र गरे । चौतारा साँगाचोकगढी…

डिजिटल पत्रकारिता तालिम सुरु

डिजिटल पत्रकारिता तालिम सुरुसिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको आयोजनामा दुईदिने डिजिटल पत्रमकारिता तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।पछिल्ला समय अनलाईन पत्रकारिताको प्रभाव बढ्दै गएपछि डिजिटल पत्रकारितामा सञ्चारकर्मीहरुलाई सक्षम बनाउने उदेश्यले शुक्रबारबाट डिजटल पत्रकारिता।सञ्चालन भएको हो ।तालिमको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले समयसापेक्ष पत्रकारिताको स्वरुपमा परिवर्तन भएसँगै पत्रकारको क्षमतमा पनि अभिवृद्धि हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा बागमति प्रदेश सञ्चार रजिष्टार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य बविन सापकोटा र नेपाल पत्रकार महासंघ, दोलखाका अध्यक्ष दीपशंकर चौलागाईले शुभकामनासहित आआफ्ना धारणा राख्नु भएको थियो ।सचिव विदुर आचार्य सञ्चालन…

चौतारा टुँडिखेलमा मैत्रीपूर्ण फूटबल हुँदै ।

।चौतारा । भोलि बिहान ७.३० बजे नेपाल पत्रकार महासंघ र चौतारा स्पोर्ट क्लबबीच मैत्रीपूर्ण फूटबल हुँदैछ ।लायन्स क्लब अफ काठमाण्डू सिन्धु चौतारा सिटीको आयोजनामा हुने मैत्रीपूर्ण खेलमा कर्मचारी मिलन केन्द्र र लायन्स क्लब भने विहन ९ बजे भिड्ने छ ।त्यस्तै दिउँसो २ बजे शिक्षक महासंघ र चौतारा भेट्रानबीच भिडन्त हुनेछ भने चौतारा साँगाचोकगढी नगरपालिकाका कर्मचारी र बैंकर्स तथा वित्तिय संस्थाका कर्मचारी बीच भने दिउँसो ३.३० बजे महाभिडन्त हुनेछ ।एकआपसको सम्वन्धलाई प्रगाढ बनाउने र खेलप्रति नयाँ पुस्तालाई आकर्षित गराउने उदेश्यले लायन्स क्लब अफ सिन्धु चौतारा सिटीले विगत वर्षदेखि मैत्रीपूर्ण फुटबल प्रतियोगिताको…

सही सूचनाले मूलुक सही दिशामा अगाडी बढ्ने – आयुक्त ओली

सिन्धुपाल्चोक । मौलिक हकको रुपमा सूचनाको हकलाई संविधानमा उल्लेख गरेपनि कार्यान्वयनको पक्षमा फितलो भएको भन्दै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले सूचनाको हक विषयक अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।बिहीबार चौतारामा आयोजित कार्यक्रमको राष्ट्रिय सूचनाा आयोगकी आयुक्त कमला ओली थापाले उद्घाटन गर्दै सञ्चारकर्मीले दिएको सही सूचनाले मूलुकमा सकारात्मक परिवर्तन आउने बताउनु भयो ।आयुक्त ओलीले सही सूचनालाई राज्यले पनि सही ढंगबाट सम्वोधन गर्ने र मुलुक पनि परिवर्तनको मार्गमा अगाडी बढ्ने विश्वास व्यक्त गर्दै गलत सूचनाले समाजमा विग्रह र विध्वंस हुने भएकाले सही सूचना संप्रेषणका लागि सञ्चारकर्मीहरु प्रतिवद्ध भएर लाग्न पनि अनुरोध गर्नु भयो…

सार्वजनिक विदामा पनि प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट सेवा प्रवाह हुने

सार्वजनिक विदाको दिनमा पनि नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्र वितरण तथा पञ्जिकरण सम्वन्धि सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोक । सार्वजनिक विदाको दिनमा पनि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवाग्राहीका लागि नियमितरुमा सेवा प्रवाह गरिने भएको छ ।सेवाग्राहीको हितलाई ध्यानमा राखी प्रशासन कार्यालयले विभिन्न चाड, पर्व र दिवसमा दिंदै आएको विदामा पनि सेवा प्रवाह हुने जनाएको हो ।नेपाल सरकारले २०८० बैशाखदेखि चैत्र मसान्तसम्म विदाको दिनमा पनि सार्वजनिक सेवा नियमिति रुपमा प्रवाह गर्ने व्यवस्था गरे अनुरुप सार्वजनिक विदाको दिनमा पनि सेवाग्राहीका लागि प्रशासन कार्यालय खुल्ला रहने सहायक प्रमुख…

बारामा यादवकै बर्चस्व !

उपनिर्वचन अन्तर्गत बारामा जारी मत गणना अनुसार आज मंगलबार साँझ ८.३० बजेसम्म जसपाका उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रतालाई कायम राखेका छन । मत परिणाम यस्तो छ : उपेन्द्र यादव ९जसपा ( गठबन्धन ) – २२०९६शिवचन्द्र कुशवाहा (जनमत पार्टी) –१९२७९ मतपुरूषोत्तम पौडेल ( नेकपा एमाले ) – ६३५४ मतरमेश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी ) – २६०० मतअरूण ज्ञवाली (आम जनता पार्टी ) – २३०८उपेन्द्र यादव शिवचन्द्र कुसवाहा भन्दा २८१७ मतले अगाडी बिसौनीbisouni.com

गोरु प्रयोगमा नै फर्कन थाले सिन्धुपाल्चोकका किसानहरु

सिन्धुपाल्चोक । आफ्ना खेतबारी जोत्नका लागि पछिल्लो समय ट्याक्टरप्रति किसानको मोह बढ्दै गइरहेको छ । तर सिन्धुपाल्चोकका किसानहरु भने ट्याक्टरको प्रयोग भन्दा पनि गोरुकै प्रयोगमा फर्केका छन् ।भौगोलिक विकटताका कारण सबै ठाउँमा ट्याक्टर लैजान झन्झटिलो हुने भएपछि आफ्ना खेतबारी जोत्नका लागि सिन्धुपाल्चोकका किसानहरुले गोरुकै प्रयोग गर्न थालेका हुन् ।गोरुप्रति किसानको आकर्षण बढ्न थालेसँगै स्थानीय सरकारले पनि ट्याक्टरको साटो गोरु नै अनुदानमा दिन थालेका छन् ।बाह्रविसे नगरपालिकाले मात्र ७ सय जना किसनालाई गोरु अनुदान दिएको जनाएको छ । गोरु अनुदानसँगै गोरुको विमासमेत को व्यवस्था गरिएको नगर प्रमख बालकृष्ण बस्नेतले जानकारी दिनु…