चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा सहिद परिवार भेटघाट तथा इडक्सन चुलो बितरण कार्यक्रम नगरपालिकाको वडा न ४ बाट शुरु भएको छ ।
नगरपालिका भित्रका नेपाल सरकारले घोषणा गरेका सहिदहरुलाइ राहत स्वरुप विद्युतिय चुलो र त्यसमा प्रयोग हुने अन्य ६ थरी भाडाकुडा ( कुकर , कराइ, पानी तताउने भाडो, चिया पकाउने भाडो , चपिङ बोर्ड , चक्कु ) बितरण गरिएको हो ।
सामाग्री वितरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले ब्यबस्था परिवर्तनको आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गरे , उहाँहरुको परिवारलाई सम्झना र भेटघाटको लागि यो कार्यक्रम शुरु गरिएको बताउनु भयो । कार्यक्रमको प्रमुख अतिथी सापकोटाले आन्दोलनमा सबैभन्दा बढी ज्यान उत्सर्ग गर्ने वडा न ४ भएको र सबै वडाबासिले यो आन्दोलनको महत्त्व बुझेको बताउनु भयो । नगर प्रमुख सापकोटाले २६ सहिद परिवालाइ हस्तान्तरण गर्नु भएको थियो ।
वडा भरिका सहिद परिवारलाइ भेला गरि आयोजनाको औपचारिक कार्यक्रम शुरु गरिएको थियो । कार्यक्रममा सहिद परिवारकोतर्फबाट सहिदको बिषय संसदमा आवाज उठाउदै बेपत्ताका परिवारलाई पनि सरकारले सहिदकै सुचिमा सूचीमा राख्नु पर्ने धारणा राख्नु भयो ।
मेयर सापकोटाद्वारा २६ सहिद परिवारलाई इण्डक्सन चुलो वितरण
