(जनआस्था ) बिसौनीbisouni.com
Author: बिसौनी
सांसद नेपालद्वारा प्रसुती केन्द्र उद्घाटन
निर्मल बस्नेत(२०८० बैशाख ४ ) बागमती प्रदेशसभा सदस्य अमृता नेपाल प्रभाले आईतबारर एक कार्यक्रमका बीच बलेफी गाउँपालिका वडा नम्बर ६ मांखा जालबारीमा प्रसुति सेवा केन्द्रकाे उद्घाटन गरेकी छिन् ।कार्यक्रममा सांसद नेपालले महिलाहरुकाे प्रजनन क्षमता र स्वास्थ्यमा गाउँपालिकाले चालेकाे कदम अनुशरणीय र औचित्यपूर्ण रहेकाे बताइन । उनले स्थानीय रुपमै सेवा लिन पाउने अवसर दिलाउन आफु र आफू सम्बद्ध पार्टी सदैव लागिपरेकोले सम्भव भएकाे जिकिर गरिन् ।बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले स्थानीयलाई गाउँघरमै सेवाप्रवाह गर्ने प्रतिबद्धता अनुरुप कार्यक्रम अगाडि बढाईएकाे जानकारी गराए ।गाउँपालिकाले अाधारभुत स्वास्थ्य केन्द्र जालबारीमा प्रसुती सेवा केन्द्रको उद्घाटन…
सिन्धु हेलम्बु यातायातको अनियमितता बारे प्रशासनले बढायो चासो
पछिल्लो समय हेलम्बु यातायातले तोकेको भाडादरभन्दा बढी अशुल्ने गरेको जनगुनासो बढ्न थालेपछि बढ्दो जनगुनोसोलाई सम्वोधन गर्न सोमबार बैठक बसेको हो । यो बैठकले सकारात्मक सुधार आउने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । चाैतारा । जिल्लाको उत्तर पश्चिमी भेगमा सञ्चालित सिन्धु हेलम्बु यातायातले भडादर असुलीमा अनियमिता गरेको जनगुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चासो बढाएको छ ।प्रशासनले सोमबार यातायात प्रालिका पदाधिकारी, उपभोक्ता, स्थानीय सरकारको प्रतिनिधि, सञ्चारकर्मी र सरोकारवालाहरुको संयुक्त भेला गराई मापदण्ड विपरित भाडा अशुली गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।सहायक प्रमुख जिल्ला अधिकारी निराजन…
विद्यार्थी विहीन बन्दै विद्यालय !
भूकम्पपछि अधिकांश विद्यालयका भवन भव्य बनेका छन् । ठूला कक्षा कोठा, पर्याप्त शिक्षक तर कुनै कक्षा कोठामा एक जना विद्यार्थीलाई एकै जना शिक्षकले पढाइरहेका छन् भने कतै विद्यार्थी नभएपछि कक्षा नै बन्द गर्नुपर्ने अवस्था विद्यालयहरूमा रहेको छ । सिन्धुपाल्चोक । रिसोर्ट जस्ता चिटिक्क र आकर्षक छन् विद्यालय भवनहरु । शिक्षकको अभाव पनि देखिँदैनन् । फेरि विद्यार्थीको संख्या गणना गर्ने हो भने सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाका अधिकाँश विद्यालयमा विद्यार्थीका संख्या अत्यन्तै न्यून देखिन्छ । कतै एकजना विद्यार्थीलाई चारजना शिक्षकले खटेका देखिन्छन् भने कतै अन्तिम परीक्षामा १५ जना मात्र सहभागी भएको पाइन्छ ।सुनकोशी…
रवि लामिछानेका गाडी चालक बाह्रविसेका थापा गम्भीर घाइते
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक घरको तेस्रो तलाबाट खसेर गम्भीर घाईते भएका छन्। आज साेमबार बिहान करिब ४ बजेको समयमा भरतपुर महानगरपालिका–११ स्थित लामिछानेको घरको छतबाट खसेर उनी घाइते भएका हुन्। चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षिय शम्भु भन्ने दिल बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। थापाको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ। बेलुकी थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका कोषाध्यक्ष मुकुल ढकालसँगै सुतेका थिए । उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए। उनको…
जगदुल्ला जलविद्युतको प्रमुख कार्यकारी अधिकृतमा सुकुटेका सञ्जय सापकोटा
जगदुल्ला जलविद्युतको प्रमुख कार्यकारी अधिकृतमा सुकुटेका सञ्जय सापकोटा काठमाडौं। १०६ मेगावाट क्षमताका जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चौतारा साँगाचोकगढी वडा न १०, सुकुटेका सञ्जय सापकोटा नियुक्त भएका छ्न्। आज आइतबार बसेको सञ्चालक समितिले आगामी ४ बर्षका लागि सापकोटालाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको हो। कम्पनीले फागुन १४ गते निकालेको विज्ञापनमा ५ जनाले आवेदन दिएका थिए, जसमध्ये चार जना सर्टलिष्टमा परेका थिए । सापकोटा जगदुल्लामा नै कार्यरत छन्। उनी जगदुल्ला जलविद्युत आयोजना प्रमुख समेत हुन्। उनले यस अघि निमित्त सीइओको रुपमा काम गरिसकेका छन्। बिसौनीbisouni.com
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजको भित्तेपात्रो विमोचन ६ गते
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजद्वारा प्रकाशित भित्तेपात्रो विमोचन ६ गते ।चौतारा । सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजद्वारा प्रकाशित २०८० सालको भित्तेपात्रो यही बैशाख ६ गते विमोचन हुँदैछ ।नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रोको विमोचन कार्यक्रम रहेको समाजले जनाएको छ ।केही दिन अघि मात्र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा विधिवत दर्ता भएको यो गैर सरकारी संस्थाले प्रारम्भमै नयाँवर्ष २०८० सालको शुभकामना आदान-प्रदान तथा प्रकाशित क्यालेन्डरको सार्वजनिक गर्ने योजना अघि सारेको समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।अध्यक्ष न्यौपानेका अनुसार शुभकामना आदानप्रदान तथा भित्तेपात्रो सार्वजनिकीकरण कार्यक्रम यहि बैशाख ६ गते बुधबारको दिन काठमाडौ, पेप्सिकोला, खहरेस्थित सान…
हिमालको फेदैमा स्वास्थ्य शिविर सञ्चालन
हेलम्बु । सिन्धुपाल्चाेक जिल्लाकाे पर्यटकिय हेलम्बुमा आमायाङ्री गुम्बाको नवर्निमित गुम्बा उद्घाटन तथा विशेष पुजा मेलामा निशुल्क स्वास्थ्य शिविर सचालन गरेको छ । सो मेलामा उपस्थित सम्पुर्ण लामा गुरु लगायत श्रदालु भक्तजनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखि हेलम्बु गाउँपालिकाले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । ३७ सय ७२ मिटर उचाईमा रहेको आमायाङ्रीमा यहि वैशाख १ गतेबाट सञ्चालन भएको स्वास्थ्य शिविर ४ गते सम्म सञ्चालनहुने हेलम्बु १ का वडा अध्यक्ष दावा ग्याल्जेन शेर्पाले बताउनुभयो । शिविरमा विशेष गरेर अक्शिजनको लेभलजाँच सुगर, प्रेसर जाँच गर्नुका साथै…
रजिष्टार सापकोटाले लिए पद तथा गोपनियताको सपथ
उनले कानून निर्माण, व्यवस्थित र व्यवसायिक पत्रकारिता, सञ्चार रजिष्टारको कार्यालय मार्फत पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाईन दर्ता, प्रेसपास वितरण लगायतका कार्य गरे । ३ वैशाख, हेटौंडा । बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित समारोहमा उनले आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठसँग सथप लिएका हुन् । सापकोटाले चार बर्षको अवधिमा हासिल भएको ज्ञान र अनुभवका आधारमा आगामी दिनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीको कार्यान्वयनलाई निरन्तरता दिने, संस्थागत गर्ने र अन्य सिर्जनात्मक काममा आफूलाई केन्द्रित…
यो हो पृथ्वीको अन्तिम सडक ! जहाँबाट अन्त्य हुन्छ दुनियाँ !
यो हो विश्वको अन्तिम सडक, जहाँबाट दुनियाँको नै अन्त्य हुन्छ… एजेन्सी । तपाईंले विश्वका धेरै ठाउँहरू भ्रमण गर्नुभएको हुनुपर्छ । के तपाईको मनमा यस्तो प्रश्न आएको छ कि संसार कहाँ समाप्त हुन्छ र संसारको अन्त्य के हो ? यो प्रश्न तपाईको दिमागमा नआएको हुन सक्छ, तर एउटा यस्तो ठाउँ छ जहाँ संसारको अन्त्य हुने विश्वास गरिन्छ । यो ठाउँ संसारको अन्तिम सडक मानिने सडक हो । यो बाटोपछि संसारको अन्त्य हुन्छ भन्ने मान्यता छ । विश्वको अन्तिम सडक मानिने यस सडकको नाम ई–६९ हाइवे हो । यो राजमार्ग युरोपेली देश…
