सिन्धुपाल्चोक । मौलिक हकको रुपमा सूचनाको हकलाई संविधानमा उल्लेख गरेपनि कार्यान्वयनको पक्षमा फितलो भएको भन्दै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले सूचनाको हक विषयक अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।
बिहीबार चौतारामा आयोजित कार्यक्रमको राष्ट्रिय सूचनाा आयोगकी आयुक्त कमला ओली थापाले उद्घाटन गर्दै सञ्चारकर्मीले दिएको सही सूचनाले मूलुकमा सकारात्मक परिवर्तन आउने बताउनु भयो ।
आयुक्त ओलीले सही सूचनालाई राज्यले पनि सही ढंगबाट सम्वोधन गर्ने र मुलुक पनि परिवर्तनको मार्गमा अगाडी बढ्ने विश्वास व्यक्त गर्दै गलत सूचनाले समाजमा विग्रह र विध्वंस हुने भएकाले सही सूचना संप्रेषणका लागि सञ्चारकर्मीहरु प्रतिवद्ध भएर लाग्न पनि अनुरोध गर्नु भयो ।
जिल्लास्थित सरकारी कार्यालय र स्थानीय तहका सूचना अधिकारी एवम् सञ्चारकर्मीहरुको उपस्थित रहेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले सूचनाको हकलाई कार्यान्वयन गर्दा गोपनीयताको पक्षलाई भूल्न नहुने बताउनु भयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र राष्ट्रिय सूचना आयोगको समन्वयमा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश थापाले स्वागत र सचिव विदुर आचार्यले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठको सभापतित्वमा भएको थियो ।
सही सूचनाले मूलुक सही दिशामा अगाडी बढ्ने – आयुक्त ओली
