सार्वजनिक विदाको दिनमा पनि नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्र वितरण तथा पञ्जिकरण सम्वन्धि सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।
सिन्धुपाल्चोक । सार्वजनिक विदाको दिनमा पनि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवाग्राहीका लागि नियमितरुमा सेवा प्रवाह गरिने भएको छ ।
सेवाग्राहीको हितलाई ध्यानमा राखी प्रशासन कार्यालयले विभिन्न चाड, पर्व र दिवसमा दिंदै आएको विदामा पनि सेवा प्रवाह हुने जनाएको हो ।
नेपाल सरकारले २०८० बैशाखदेखि चैत्र मसान्तसम्म विदाको दिनमा पनि सार्वजनिक सेवा नियमिति रुपमा प्रवाह गर्ने व्यवस्था गरे अनुरुप सार्वजनिक विदाको दिनमा पनि सेवाग्राहीका लागि प्रशासन कार्यालय खुल्ला रहने सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार २०८० सालभित्र पर्ने उभौली, चण्डि पूर्णिमा, बुद्ध जयन्ती, रक्षाबन्धन, कृष्णाष्टमी, घटस्थापना, क्रिसमस डे, उद्यौली, धान्यपूर्णिमा, योमरी पुन्ही,तमु ल्होसार, पृथ्वी जयन्ती, माघी, सोनाम ल्होसार, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महाशिवरात्री, अन्तराष्ट्रिय महिला दिवस, ग्याल्बो ल्होसार, इद उल फित्र र इद उल अजहा लगायतका चाडपर्व र दिवसहरुमा पनि प्रशासन कार्यालय खुला रहने छ ।
सो सार्वजनिक विदाको दिनमा पनि नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्र वितरण तथा पञ्जिकरण सम्वन्धि सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।