चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले दृष्टिकोण मात्रले लैंगिक हिंसाको अन्त्य नहुने बताउँनु भएको छ ।नगर महिला सञ्जालद्वारा आयोजित लैंगिक हिंंसा न्यूनिकरणमा पुरुषको सहभागिता विषयक एक दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मेयर सापकोटाले महिला मात्रको अगुवाइमा महिला हिंसाको न्यूनिकरण हुन नसक्ने बताउँदै यसका लागि पुरुष आफै पनि लागि पर्नु पर्ने बताउँनु भयो । महिला पुरुष दुबैले गम्भीर भएर यस विषयमा सकारात्मक सोचका साथ कार्यान्वयनमा लैजान सके मात्र लैंगिक हिंसा न्यूनिकरण हुने उहाँको भनाई थियो ।कार्यक्रमलाई सम्वोधन गर्दै उपमेयर सीता थापाले हरेक खाले हिंसाको अन्त्य नभई समतामूलक र सभ्य…
Category: समाज
जुगलको दिक्षान्त समारोह सम्पन्न
दिक्षान्त समारोहमा एलकेजीमा अध्ययनरत ५८ बालबालिकाहरु दिक्षित हुनु भएको छ । चौतारा । जुगल बोर्डिङ हाइस्कूलको दिक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ ।प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । प्रमुख अतिथि थापाले समारोहको उद्घाटन गर्दै चौतारा लगायत आसपासको शैक्षिक श्रीवृद्धिका लागि जुगल वोर्डिङ हाईस्कूलले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नु भयो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले दिक्षान्त समारोहले शिक्षा आर्जनका लागि बालबालिकाहरुमा थप हौसला र प्रेरणा प्राप्त हुने बताउनु भयो । दिक्षान्त समारोहमा एलकेजीमा अध्ययनरत ५८ बालबालिकाहरु दिक्षित…
भोलि विहान ९ बजे निर्वतमान सभामुख सापकोटाद्वारा कृष्ण मन्दिर शिलान्यास हुने
अरनिको लोकमार्ग बन्नु पूर्व काठमाण्डौ भोट आवतजावत गर्ने मुख्य मार्ग चौतारा पुरानोबजार भएको र पुरानो बजारस्थित यो मन्दिरको पेटीमा ढाकारहरुले भारी विसाउने, थकाई मार्ने र साँझ बटुवाहरु यसै मन्दिरमा बास बस्ने गर्थे । राष्ट्रिय विभूति अरनिको र भृकृटी पनि यसै मार्ग भएर तिव्वत गएको बुढापाकाहरु बताउँनु हुन्छ । भोलि शुक्रबार विहान ९ बजे चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिर शिलान्यास हुने भएको छ । २०७२ सालको महाभूकम्पले ध्वस्त बनाएको कृष्ण मन्दिरको शिलान्यास विधिवत रुपमा निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले गर्नुहुनेछ ।भूकम्प गएको ८ वर्षपछि ११५ वर्ष पुरानो ऐतिहासिक एवम् पुरातत्व महत्व बोकेको…
भोलिबाट ३ दिने लट्टेश्वर धार्मिक महोत्सव हुने ।
ऐतिहासिक र धार्मिक महत्व बोकेको लट्टेश्वर महादेवको प्रचारप्रसार गर्दै लाटु क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि पहिलोपटक महोत्सवको आयोजना गर्न लागेको वडा न २ को कार्यालयले जनाएको छ । त्रिपुरासुन्दरी । त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ लाटु स्थित लट्टेश्वर महादेवमा ३ दिने धार्मिक महोत्सव हुने भएको छ । लट्टेश्वर महादेव महोत्सव मूल आयोजक समिति र त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ को सहआयोजनामा भोलि ५ गतेबाट ७ गतेसम्म महोत्सव सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष भक्तध्ज बोेहराले जानकारी दिनु भयो ।ऐतिहासिक र धार्मिक महत्व बोकेको लट्टेश्वर महादेवको प्रचारप्रसार गर्दै लाटु क्षेत्रलाई…
चिनियाँ र नेपाली अधिकारी बीच बैठक : निर्यात खुलाउन चीन सरकार सकारात्मक
चीनबाट एकतर्फीरुपमा आयात मात्र भइरहेको तातोपानी नाकाबाट निर्यात पनि खुलाउन चीन सरकार सकारात्मक रहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो । तातोपानी । चिनियाँ सीमा सुरक्षा अधिकारी र नेपाली सुरक्षा अधिकारीबीचको बैठक सम्पन्न भएको छ । नेपाल चीनबीचको सीमाना मितेरी पुलमा भएको बैठकमा नाकामा हुने अपराधिक गतिविधि नियन्त्रण र नाका सञ्चालन सम्वन्धि छलफल गर्दै बैठक सम्पन्न भएको हो ।बैठकमा बन्द नाका खुलाउने, नाकामा हुने अपराधिक गतिविधि नियन्त्रण गर्ने र नेपालबाट हुने निर्यातको विषयमा खुलेर छलफल भएको बैठकमा सहभागि सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनु भयो । एकतफी…
सुनकोसीले वितरण गर्यो फलफूलको विरुवा
स्थानीय किसानहरुको २५ प्रतिशत र गाउँपालिकाका ७५ प्रतिशत अनुदान लागत साझेदारीमा किसानहरुलाई फलफूलको विरुवा वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । खाडीचौर । सुनकोसी गाउँपालिकाले किसानहरुलाई हिउँदे फलफूलको विरुवा वितरण गरेको छ ।गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिना, उपाध्यक्ष कान्छी तामाङ र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले संयुक्तरुपमा किसानहरुलाई ओखर, नासपाति, किबि, अनार,आरु ,जापानीज हलुवाबेद र लप्सी लगायतका हिउँदे फलफूलको विरुवा वितरण गरेका हुन् । स्थानीय किसानहरुको २५ प्रतिशत र गाउँपालिकाका ७५ प्रतिशत अनुदान लागत साझेदारीमा किसानहरुलाई फलफूलको विरुवा वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । स्थानीय किसानहरुको आयआर्जनमा टेवा पु¥याउँदै समृद्ध…
सववहान प्रयोग गरे ३ हजार पाईने
चौतारा साँगाचोकगढी वडा न १२ को निर्णय ः लाश सदगतको क्रममा सववहान प्रयोग गरे मृतकको परिवारलाई ३ हजार उपलव्ध गराइने । चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा न १२ ले मृतकको लाश सदगत गर्ने क्रममा सववहानको प्रयोग गरेमा मृतकको परिवारलाई रु ३ हजार उपलव्ध गराउने भएको छ ।वडाको हालै बसेको बैठकले सो वडाभित्रका कसैको मृत्यु भएमा लाश सदगतका लागि सववहान प्रयोग गरेमा वडाबाट रु ३ हजार मृतक परिवारलाई दिने निर्णय गरेको हो । वडा अध्यक्ष दीपेन्द्र नेपालका अनुसार वडा कार्यालयमा मृत्यु दर्ता गर्न आउने क्रममा सववहान प्रयोग गरेको वील उपलव्ध…
हेलम्बुको इच्छेश्वर महादेवमा भव्य मेला लाग्ने
हेलम्बुको इच्छेश्वर महादेवमा भव्य मेला लाग्ने हेलम्बु । पर्यटकीय गन्तव्यरुपमा परिचित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा न ६ थापाटारस्थित इच्छेश्वर महादेवमा विविध धार्मिक कार्यक्रमसहित भव्य मेला लाग्ने भएको छ ।महाशिव रात्रि २०७९ को पावन अवसरमा यही फागुन ६ गते सो मन्दिरमा भव्य मेला लाग्ने भएको हो । मेलामा शिव पुराण र चर्चित कलाकारहरुद्वारा भजन किर्तन,प्रसाद वितरण लगायतको कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।समितिका नयन पण्डित क्षेत्रीका अनुसार मेलाको लागि संपूर्ण तयारी सम्पन्न भइसकेको छ । सो दिन विहानदेखि पुजाआज कार्यक्रम हुने भए पनि मेलाको औपचारिक कार्यक्रममा भने विहान १०…
चौताराको कृष्ण मन्दिर बन्ने भएपछि मूर्तिलाई स्थानान्तरण गरियो : फागुन १२ गते शिलान्यास हुने
चौताराको कृष्ण मन्दिर बन्ने भएपछि मूर्तिलाई स्थानान्तरण गरियो : फागुन १२ गते शिलान्यास हुने चौतारा । भूकम्पले ध्वस्त बनाएको सिन्धुपाल्चोक चौतारा, पूरानो बजारस्थित कृष्ण मन्दिर पुनर्निर्माण हुने भएपछि कृष्णको मूर्तिलाई स्थानान्तरण गरिएको छ ।१९६४ सालमा निर्माण भएको कृष्ण मन्दिर २०७२ सालको भूकम्पले ध्वस्त बनाएको थियो । सोही वर्षको कृष्णजन्माष्टमीको अवसर पारेर अस्थायी टहरो निर्माण गरि पुजाआजा गर्दै आइरहेकोमा पुरातत्व विभागले प्रथम चरणमा २ करोड लगानीमा मन्दिर पुनर्निर्माण गरिने भएपछि बुधबार विहान क्षमा पुजासहित स्थानीयले मूर्तिलाई स्थानान्तरण गरिएको हो । निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाको पहलमा वजेट विनियोजन भएपछि मन्दिर पुननिर्माण गर्न…
सार्वजनिक सवारी बन्दको कार्यक्रम फिर्ता
काठमाडौँ । सरकार र यातायात व्यवसायीबीच भएको वार्ताले सकारात्मक मोढ लिएपछि व्यवसायीले गरेको यातायात बन्द कार्यक्रम फिर्ता भएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र यातायात मजदुरहरुबीच सिंहदरबारमा भएको वार्ताबाट यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको हो ।तीनवटा मजदुर संगठनले आज सवारी साधन नचलाउने निर्णय गरेपछि वार्तामा बोलाएको थियो । ट्राफिक जरिवाना घटाउनु पर्नेसहित विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरले सोमबार गोङ्गबु बसपार्क क्षेत्रमा आगजनी तथा तोडफोडसहित आन्दोलन गरेका थिए ।वार्तामा मजदुरका माग सम्बोधनका लागि यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतम नेतृत्वको कार्यदलले ११…
